आर्थिक 📈

निरन्तर उकालोतिर सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौं, ३ चैत । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको… पुरा पढौ

बेलायतले दियो १४ अर्ब ३१ करोड अनुदान

काठमाडौँ, ३ चैत । बेलायत सरकारले नेपाललाई १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहयोग दिएको छ । बेलायतले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम निर्माणका लागि उक्त सहयोग दिएको हो । सहयोगको सम्झौतामा अर्थसचिव तोयम राय र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् । पुरा पढौ

यी तीन कम्पनीकाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडौं, ३ चैत । आज नेपाल स्टक एक्सेचेन्जमा तीन कम्पनीकाे सेयरमूल्य समायाेजन भएकाे छ । हिमालयन एभरेष्ट इन्स्याेरेन्स, प्रुडेन्सियल इन्स्याेरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य नेप्सेमा समायोजन भएको हाे । हिमालयन एभरेष्ट इन्स्याेरेन्स हिमालयन एभरेष्ट इन्स्याेरेन्सकाे २.७५ प्रतिशत बोनस सेयर समायोजन भएकाे छ । समायाेजन पछि सेयरमूल्य ४०८ रुपैयाँ ७६ पैसा कायम भएकाे छ । बिहीबार अन्तिम कारोबार ४२० रुपैयाँमा भएकार्ला थियाे । यसैलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । प्रुडेन्सियल इन्स्याेरेन्स प्रुडेन्सियल इन्स्याेरेन्सको ३.३२५ प्रतिशत बोनस सेयर… पुरा पढौ

लगानीकर्ताहरुले आज नेपाल स्टक एक्चेन्ज घेराउ गर्दै

काठमाडौं, ३ चैत । सेयर लगानीकर्ताहरुले आज नेपाल स्टक एक्चेन्जमा घेराउ गर्दैछन् । उनीहले ५८ बुँदे माग पुरा गराउन दबाव दिनका लागि नेप्सेमा घेराउ गर्न लागेका हुन्। पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालासहितकाे टाेलीले बिहीबार संघर्षका बारेमा जानकारी गराउन नेप्सेमा गएकाे थियाे। यसअघि पुँजीबजार सुधारकाे माग गर्दै लगानीकर्ताहरुका विभिन्न संगठनहरुले आन्दाेलन गर्दै आएका थिए भने काेइराला पटक पटक अनसन बस्दै आएका थिए । पुरा पढौ

मलको अनुदान कटौती फिर्ता नभए किसानहरुले आन्दोलन गर्ने

काठमाडौं, २ चैत । मलमा दिँदै आएको अनुदान कटौती फर्ता नलिए आन्दोलनमा उत्रिने कांग्रेस–एमालेसहितका किसान संगठनले चेतावनी दिएका छन् । बुधबार ३ किसान संगठनले पत्रकार सम्मेलन गरी मलमा दिदै आईरहेको अनुदान कटौटीको निर्णय तत्कालद फिर्ता नलिए देशभरका स्थानीयस्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । निर्णय फिर्ता लिन सरकारलाई कांग्रेस निकट ‘नेपाल किसान महासंघ’, एमाले निकट ‘अखिल नेपाल किसान महासंघ’ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट ‘नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन’ले… पुरा पढौ

अनलाइन कारोबार बढ्दो, मोबाइल बैंकिङ प्रयोगकर्ता बढे

काठमाडौं, २ चैत । नेपालमा अनलाइन मार्फत हुने कारोबार संख्या र रकम बढ्दै जाने प्रवृत्ति देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको वर्तमान आर्थिक तथा वित्तीय विवरणमा मोबाइल बैंकिङका प्रयोगकर्ता तथा कारोबार रकम र संख्या बढ्दो क्रममा देखिएको हो । माघ महिनामा मोबाइल बैंकिङबाट १ खर्ब ७२ अर्ब ११ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा मोबाइल बैंकिङामार्फत् ९२ अर्ब ७६ करोड ७० लाख रुपैयाँ बराबरको… पुरा पढौ

नेप्सेको ओरालो यात्रा कायमै, १ अर्ब १२ करोडको कारोबार

काठमाडौं, २ चैत । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली सेयर बजारको ओरालोको यात्राले निरन्तरता लिएको छ । नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । बजारको नकारात्मक लयको कारण लगानीकर्ताहरु अझैं पर्ख र हेरको अवश्थामा रहेका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.१४ अंकले घटेर १९३२.४८ विन्दुमा झरेको छ । नेप्सेमा ०.३२ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ०.६३ अंकले घटेर ३६४.६७ विन्दुमा रहेको छ । यसदिन कुल २५७ कम्पनीको सेयर कारोबार उनीहरुको ३३… पुरा पढौ

प्रि-ओपन सेसनमा यस्तो छ नेप्सेको अवस्था

काठमाडौं, २ चैत । साताको अन्तिम कारोबार हुने दिन आज बिहीबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा फेरबदल भएको छैन । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार यो परिसूचक १४.४४ अंक घटेर १९३८.६२ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने नेप्सेमा कुनै घटबढ नभई स्थिर रहेको पाइएको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि स्थिर अवस्थामा नै रहेको छ । आज बिहीबारको प्रि-ओपन सेसनमा १० वटा स्टकको ६ लाख ७९० रुपैयाँ बराबरको १ हजार ६३२ कित्ता सेयर खरिदबिक्री भएको छ… पुरा पढौ

बढ्यो सुन र चाँदीको भाउ, कति पर्छ तोलाको ?

काठमाडौं, २ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर… पुरा पढौ

१५ अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकले आज १५ अर्ब रुपैयाँको रिपो जारी गर्न लागेकाे छ । बैंकले १४ दिनमा परिपक्व हुने गरी रिपो जारी गर्न लागेको जनाएकाे छ। रिपोमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म बोलकबोलका लागि समय ताेकिएकाे बैंकले जनाएको छ । जारि हुने रिपो चैतकाे १६ गते परिपक्व हुने भएकाे छ । बैंकिङ प्रणालीमा लगानीका लागि योग्य रकमकाे अभाव देखिएपछि राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्नका लागि रिपो जारी गर्ने गरेकाे छ । रिपाेकाे बोलकबोलमा ‘क’,… पुरा पढौ