आर्थिक 📈

मौरीपालन : खाद्य सुरक्षा र आम्दानीकाे राम्रो स्राेत

बेलबारी, २९ फागुन । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरीविना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा ह्रास आउँछ । विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको सुनिश्चित गर्न मौरीले पनि अहम भूमिका खेल्ने गर्दछ । राम्रो बजार र लोभलाग्दो गुण भएकै कारण मौरीपालन कृषकको रोजाइमा पर्दछन् । मोरङको लेटाङ नगरपालीका भित्रबाट मात्रै व्यावसायिक किसानले उत्पादन गरेको महऔषतमा वार्षिक आठ सय क्वीन्टलभन्दा बढी पालिका बाहिर निर्यात हुने गरेको… पुरा पढौ

अमेरिकाकाे २ बैंक बन्द, राष्ट्रपति बाइडेनले सम्बाेधन गर्ने

काठमाडौं, २९ फागुन । यतिबेला अमेरिकी बैंकिङ्ग क्षेत्रमा वित्तीय संकट खडा भएकाे छ । त्यहाँ ३ दिनमा २ बैंक बन्द भएका छन्। सिलिकन भ्याली बैंक र न्यूयोर्कको सिग्नेचर बैंक बन्द भएका हुन् । पहिला सिलिकन भ्याली बैंक र पछि न्यूयोर्कको सिग्नेचर बैंक बन्द गरिएकाे अमेरिकी नियामकले जनाएकाे छ। अर्थ क्षेत्रका विज्ञहरुले याे घटना अमेरिकी इतिहासको तेस्रो ठूलो बैंकिङ्ग असफलता भएकाे टिप्पणी गरेका छन् । जहाँ ३ दिनमा २ बैंक बन्द हुनु सानाे घटना मान्न सकिदैंन । न्यूयोर्क स्टेट डिपार्टमेन्टको फाइनान्शियल… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ बढ्यो, तोलाको कति ?

काठमाडौं, २९ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आज छापावाल सुनमा ६ सय रुपैयाँ तथा चाँदीमा १० रुपैयाँले वृद्धि भएको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुनमा पनि ६ सय रुपैयाँले… पुरा पढौ

कृषि विकास बैंक र स्वरोजगार लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २९ फागुन । कृषि विकास बैंक र स्वरोजगार लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनबका लागि दुबैले मंगलबार फागुन ३० गते बुकक्लोज गर्ने जनाएका छन्। सेयरधनीहरुले आजसम्म नेप्सेमा सेयरकाे कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले दुबै कम्पनीहरुको साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका याेग्य मानिनेछन्। कृषि विकास बैंक कृषि विकास बैंकले यही चैत १४ गते बोडे, भक्तपुरमा रहेकाे केन्द्रिय कार्यालयको तालिम प्रतिष्ठानमा पूर्वान्ह ११ बजे… पुरा पढौ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २९ फागुन । नेपाल राष्ट्र बैंकले सोमबार आजका लागि विदेशी मुद्रको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली म्द्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै हुन्छ । अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । यूरो १ को खरिददर १३९ रुपैयाँ ४० पैसा र बिक्रीदर १४० रुपैयाँ ०४ पैसा रहेको छ ।… पुरा पढौ

एक हजार सात सय किलोमिटर अप्टिकल फाइबर जडान

काठमाडौं, २९ फागुन । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार छ सयभन्दा बढी किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले २ वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै सुरु गरेको योजनाअन्तर्गत माघ मसान्तसम्म एक हजार छ सय ७१ किलोमिटर क्षेत्रमा फाइबर विस्तार भएको हो । नेपाल टेलिकमले जिम्मा पाएको कोशी, मधेश र बागमती प्रदेश तथा कर्णाली र सुदूपश्चिम खण्डमा कछुवाको गतिमा फाइबर विस्तारको काम भएको छ । कोशी, मधेश र बागमती गरी… पुरा पढौ

अर्थतन्त्र सुधार सरकारको प्राथमिकतामा छ: प्रधानमन्त्री दाहाल

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताएका छन् । आज नेपाल निर्माण व्यवसायी महासङ्घको २४औँं साधारणसभामा उनले भने, “मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गम्भीर पहल लिने निर्णय गरेको छु । निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार सङ्कल्पबद्ध छ ।” उनले देशको आर्थिक स्थिति सजिलो अवस्थामा नभए पनि आत्तिइहाल्नु पर्ने अवस्था नभएको बताए । “गत वर्ष वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा थियो”, उनले भने,… पुरा पढौ

पहिलो दिन सेयर बजार राताम्मै, १ अर्ब ६६ करोडको कारोबार

काठमाडौं, २८ फागुन । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । नेप्सेमा भईरहेको गिरावटको अवश्थाले लगानीकर्ताको उत्साह घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको छ । नेप्सेमा १.३४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.६० अंकले घटेर ३७३.९० विन्दुमा रहेको छ । यसदिन कुल २६० कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ४७ लाख ७२ हजार १४० कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६६ करोड ६९… पुरा पढौ

विदेशी मुद्रा सञ्चिति लगातार बढ्यो, माघ महिनामा थपियो २० करोड डलर

काठमाडौं, २८ फागुन । लगातार ५ महिनामा मुलुकको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको छ । विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले झण्डै १० महिना आयात प्रतिबन्ध गरेको थियो । उक्त प्रतिबन्ध गत पुसदेखि खुलाए पनि डलर सञ्चिति बढ्ने क्रमले भने निरन्तरता पाएको हो । चालु आर्थिक वर्ष सुरु भए यता लगातार डलर सञ्चितिमा लगातार ओरालो यात्रा शुरु भएकोमा गत असोजदेखि भने यो यात्रा उकालिन थालेको थियो । सोही उकालिने प्रवृत्तिले गत असोजदेखि चालु आर्थिक वर्षको सात महिना अर्थात् माघ मसान्तसम्म… पुरा पढौ

७ महिनामा ६ खर्ब ८९ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं, २८ फागुन । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब… पुरा पढौ