आर्थिक 📈

नेप्सेमा करेक्सन जारी, कारोबार १ अर्ब ७८ करोडमा सीमित

काठमाडौं, २ फागुन । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाबाट लगानीकर्ताहरु सन्तुष्ट हुन नसकेपछि त्यसको प्रभाव सेयर बजारमा परिरहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । एउटा बाहेक सबै सूचकहरुमा रातो लागेको छ । कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ विन्दुमा झरेको छ । नेप्सेमा ०.७७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.७४ अंकले घटेर ४०१.६९ विन्दुमा रहेको छ । यसदिन कुल २५५ कम्पनीको सेयर कारोबार… पुरा पढौ

माघमा घरजग्गा कारोबारको उकालो यात्रा जारी

काठमाडौं, २ फागुन । विगत केही महिनादेखि सुस्ताएको घरजग्गा कारोबार अघिल्लो महिनादेखि बढ्ने क्रम जारी छ । गएको मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट लिखत पारित २९ हजार १८४ रहेकोमा पुसमा बढेर ३८ हजार ८७१ पुगेको थियो । यो क्रम माघमा फेरि बढेर ४१ हजार नाघेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । बैंकहरुमा तरलता सहज हुँदै गएपछि घरजग्गा कारोबारमा पनि क्रमश: सुधार देखिएको हो । माघ महिनामा मात्रै नेपालगञ्ज मालपोतबाट सबैभन्दा धेरै घरजग्गा किनबेच भएको पाइएको छ । यो एक… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, २ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ रुपैयाँ २ घटेको छ । चाँदी स्थिर भाउमा कारोबार भई रहेको छ । छापावाल सुनमा रुपैयाँ २ सयले घटेर आज तोलाको १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

आत्मनिर्भर लघुवित्तकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेकाे सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुका लागि माघ १६ गतेदेखि सेयर निष्काशन गरेकाे थियाे । जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता सेयरबाट २० हजार ३३८ कित्ता सेयर निष्काशन गरेको हो। सेयरमा इच्छुक लगानीका लागि लगानीकर्ताले घटीमा १० तथा बढीमा १ हजार… पुरा पढौ

फुल्चोकी-कुशादेवीमा प्याराग्लाइडिङको परीक्षण उडान शुरु

काभ्रेपलाञ्चोक, २ फागुन । पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ प्राधिकरणले गत माघबाट सञ्चालन गर्न पाउने गरी अनुमति प्रदान गरेको हो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप सोमबारदेखि परीक्षण उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताउनुभयो । “व्यावसायिक उडानका लागि परीक्षण… पुरा पढौ

सरकारले ६ महिनामा उठायो साढे ५६ अर्ब ऋण

काठमाडौं, १ फागुन । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य ऋण परिचालन पनि हुन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार सरकारले पुस मसान्तसम्म रू ३० अर्ब आन्तरिक र रू २६ अर्ब ४६ करोड बाह्य ऋण उठाएको छ । चालु आवका लागि सरकारले रू दुई खर्ब ५६ अर्ब बराबर आन्तरिक… पुरा पढौ

ङादी ग्रुप पावरद्वारा लाभांश घोषणा

काठमाडौं, १ फागुन । ङादी ग्रुप पावरले ५ प्रतिशत लाभांश घोषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ काे साे लाभांश घोषणा गरेको हाे।  कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले चुक्तापुँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। साे लाभांशमा ४.७५ प्रतिशत बोनस सेयर रहेकाे छ भने करकाे प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांशसहित ५ प्रतिशत लाभांश रहेकाे छ ।  लाभांश पारित गर्न ङादी ग्रुप पावरले फागुन २५ गते वार्षिक साधारणसभा डाकेकाे… पुरा पढौ

७ महिनामा जम्मा ३७ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं, १ फागुन । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ७ महिनामा सरकारी बजेट खर्च ३७.२२ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार माघ मसान्तसम्म सरकारले ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख बराबर बजेट खर्च गरेको हो । यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ४४.९२ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड विनियोजन भएकोमा माघ मसान्तसम्म ५ खर्ब ३१ अर्ब ५० करोड बराबर खर्च भएको देखिएको हो… पुरा पढौ

३ करोड लगानीमा निर्मित जीपलाइन सञ्चालनमा

काठमाडौं, १ फागुन । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् । आज जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएको कम्पनीका प्रबन्ध निर्देशक शङ्कर अधिकारीले जानकारी दिए। जीपलाइनको अनुभव लिँदै उनले भने, “जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।” करिब रू तीन करोड लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ । पुरा पढौ

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ निष्काशन हुँदै

काठमाडौं, १ फागुन । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ५४ करोड ४० लाख ५३ हजार चार सयको १० प्रतिशत अर्थात् रु पाँच करोड ४४ लाख पाँच हजार तीन सय बराबरका प्रतिशेयर रु एक सय दरका पाँच लाख ४४ हजार ५३… पुरा पढौ