आर्थिक 📈

सुन र चाँदी दुवैको भाउ यथावत्

काठमाडौं, १ फागुन । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ यथावत् रहेको छ । आइतबार सुनको भाउमा ४ सय रुपैयाँ तथा चाँदीको भाउमा ५ रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत आइतबार पनि छापावाल सुन तोलाको १ लाख ४ हजार रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुनमा पनि कुनै घटबढ भएको छैन । आज… पुरा पढौ

आर्थिक राहतको व्यवस्था गर्न साना व्यवसायीकाे माग

काठमाडौं, १ फागुन । साना तथा मझौला व्यवसायीले कोरोना महामारीबाट पीडामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका छन् । उद्योगी तथा व्यवसायीको छाता सङ्गठनले संयुक्त पत्रकार सम्मेलन गरी कोरोना महामारीबाट समस्यामा परेका व्यवसायीलाई आर्थिक राहतको व्यवस्था गर्न माग गरेका हुन् । सो अवसरमा व्यवसायी नरेश कटुवालले मुलुकको अर्थतन्त्र जोगाउनका लागि देशभरबाट नयाँ आन्दोलनको जमर्को सुरु भएको बताए। उनले मुलुकको अर्थतन्त्र साना उद्योगी तथा व्यवसायीले जोगाएको जनाउँदै साना उद्योगीलाई सरकारले सहयोग गर्नुपर्ने उल्लेख गरे। नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार… पुरा पढौ

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री

काठमाडौै, २९ माघ । सरकारले चालु आर्थिक वर्षका लागि राखेको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने भएको छ । आज प्रतिनिधिसभामा चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् । “अर्थतन्त्रको विद्यमान प्रवृत्ति आकलन गर्दा ८ प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने चालु आर्थिक वर्षको लक्ष्य पूरा हुने देखिँदैन”, अर्थमन्त्री पौडेलले भने । कृषितर्फ धानको उत्पादनमा यसवर्ष केही वृद्धि हुने अनुमान रहेको र पर्यटन… पुरा पढौ

चालु आर्थिक वर्षको बजेटमा संशोधन, घट्यो २ खर्ब ४४ अर्ब

काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक वर्षको कुल बजेट रकममा २ खर्ब ४४ अर्ब रुपैयाँ घटाएको छ । आज चालु आर्थिक वर्ष २०७९/८०को बजेटको संशोधनसहितको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसद बैठकमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २ खर्ब ४४ अर्ब कम गरी १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका हुन् । चालु आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट आएको प्रस्तुत गरेको थियो । तर शुरुवाती ६ महिनासम्मको अध्ययनपछि अर्धवार्षिक समीक्षा… पुरा पढौ

लाभांश अनुमाेदन गर्न प्रभु इन्स्याेरेन्सले डाक्याे साधारण सभा

काठमाडौं, २९ माघ । प्रभु इन्स्याेरेन्सले लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्न साधारण सभा बाेलाएकाे छ । इन्स्याेरेन्सले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको हाे । साधारण सभामा गएकाे आर्थिक वर्षको मुनाफाबाट ७‍.०५ प्रतिशत लाभांशकाे प्रस्ताव पेश हुनेछ । यसमा ६.७०% बोनस सेयर र करका लागि ०.३५% नगद लाभांश रहेकाे छ । सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनकाे प्रस्ताव पेश गरिने भएकाे छ । अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग गाभ्ने वा गाभिने लगायतका विषयमा कार्य गर्ने सबै अख्तियारी सञ्चालक समितिलाई दिने… पुरा पढौ

बढेन मौद्रिक नीतिको समिक्षाले लगानीकर्ताको उत्साह, सेयर बजार राताम्मै

काठमाडौं, २९ माघ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाप्रति नीजि क्षेत्रको पूर्ण सन्तुष्टि नदेखिएपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । जसकाे कारण सेयर बजार राताम्मै भएको छ । यो सेयर बजारका लागि सुखद् सन्देश होईन । राष्ट्र बैंक सेयर बजारका समस्याहरुको बारेमा जानकार रहेको र उचित संवोधन हुने बताउँदै आए पनि भनाई अनुसारको समिक्षामा ठोस नतिजा देखिने व्यवश्था नभएपछि लगानीकर्ताहरुको मानोबल घटाएको छ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजार सकारात्मक दिशामा नगई राताम्मै… पुरा पढौ

दोल्ती पावरले फागुन ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, २९ माघ । दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि सेयर (आईपीओ) निष्काशन गर्ने बताएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि सेयर निष्काशन गर्न लागेको हो। जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतले हुने ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय जनताका लागि निष्काशन गरिने भएकाे हाे । यसमा अति प्रभावित क्षेत्र मानिने नौमुले र कालिका… पुरा पढौ

प्रि-ओपन सेसनमा नेप्से करिब साढे १ अंक घट्यो

काठमाडौं, २९ माघ । साताको पहिलो कारोबार दिन आज आइतबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचकमा करिब साढे १ अंकले गिरावट आएको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्से १२.४५ अंक बढेर २१८२.६३ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने उक्त परिसूचक १.४४ अंक घटेर २१८१.२० विन्दुमा झरेको छ । यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.८३ अंकको गिरावट आएको छ । आज आइतबारको प्रि-ओपन सेसनमा ४५ वटा स्टकको ३० लाख २६ हजार ९६९ रुपैयाँ बराबरको ६ हजार ५५६… पुरा पढौ

नेपाल टेलिकमकाे खुद नाफामा ९.१६% वृद्धि, इपीएस कति ?

काठमाडौं, २९ माघ । नेपाल टेलिकमले खुद नाफामा ९.१६% ले वृद्धि गरेको छ । टेलिकमले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब २५ करोड ४७ लाख ७७ हजार रुपैयाँ खुद नाफा गरेकाे। टेलिकका अनुसार गएकाे वर्षको यही अवधिको भन्दा नाफामा ९.१६% ले वृद्धि भएकाे हो । गएकाे वर्ष ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ नाफा गरेकाे थियो । सेवा व्यापारकाे कमाइ भने घटेकाे छ । टेलिकमले अन्य आम्दानीमा बृद्धि गरेपछि यसकाे खुद नाफामा बृद्धि भएकाे हाे । … पुरा पढौ

सुन र चाँदी दुवैको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं, २९ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउमा सामान्य बढोत्तरी भएको छ । सुनको भाउमा आज ४ सय रुपैयाँ बढेको छ । यसैगरी चाँदीको भाउमा ५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार छापावाल सुन तोलाको १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।… पुरा पढौ