आर्थिक 📈

पाँचखालमा पहिलो पटक महिला औद्योगिक ग्राम निर्माण गरिँदै

धुलिखेल, ११ माघ । काभ्रेपलाञ्चोकको पाँचखालमा महिला औद्योगिक ग्राम निर्माण गरिँदै छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलका अनुसार मुलुकमै पहिलो पटक पाँचखाल नगरपालिका–७ मा महिला तथा कृषिलाई केन्द्रित गरी औद्योगिक ग्राम सञ्चालन गर्न लागिएको हो । “मुलुकको आर्थिक क्षेत्रमा महिला उद्यमीको ठूलो भूमिका छ”, उनले भने। हरित औद्योगिक ग्राम स्थापना गर्न स्थानीय तहले दक्षिण एसियाली महिला विकास मञ्चसँग सहकार्य गरेको छ । स्थानिय उत्पादन र कच्चा पदार्थको प्रयोगमा जोड… पुरा पढौ

जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवर्धन गर्न प्रयासरत : मन्त्री लिङ्देन

काठमाडौं, ११ माघ । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवद्र्धन गर्न आफू प्रयासरत रहेको बताएका छन् । दूधकोसी, माथिल्लो अरुण, बूढीगण्डकीजस्ता आयोजना स्वदेशी लगानीमै निर्माणका लागि सरकारले योजना अघि बढाएको मन्त्री लिङ्देनको भनाइ छ । नेपालको विद्युत् निर्यातका लागि भारत, बङ्गलादेशसहित त्रिदेशीय सम्झौताको तयारी भइरहेको र छिट्टै परिणाम आउने मन्त्री लिङ्देनले उल्लेख गरे। सरकारले विद्युत् खपत बढाउने नीतिसमेत अख्तियार गरेको उनले जानकारी दिए। नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले मन्त्री लिङ्देनसँग सिंहदरबारमा भेटवार्ता… पुरा पढौ

नेप्से परिसूचक ८.१४ अंकले बढ्यो, ३ अर्बको कारोबार

काठमाडौं, १० माघ। साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजार सकारात्मक लयमा गएको छ। अन्य दिनको तुलनामा कारोबार सन्तोषजनक मानिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३८ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स २.५३ अंकले बढेर ४१५.५४ विन्दुमा पुगेको छ । यसदिन कुल २४८ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ८३ लाख १८७ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँ ४४ पैसा… पुरा पढौ

योजना अलपत्र पार्ने ७ कम्पनीसँग मागियो स्पष्टीकरण

काठमाडौं, १० माघ । विभिन्न सार्वजनिक निकायअन्तर्गत कार्यान्वयनमा रहेका योजना तथा कार्यक्रम अलपत्र पार्ने ७ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । 'यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायबाट लेखी आएकाले कालोसूचीमा राख्न नपर्ने आधार वा प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र स्पष्टीकरण पेस गर्नु भनी निजहरुको ठेगानामा सूचना पठाइएको थियो । तर हालसम्म पनि लिखित स्पष्टीकरण पेस हुन नआएकाले थप सात दिनको समय दिइएको छ”, खरिद अनुगमन… पुरा पढौ

तरकारी खेतीले फेरियाे महिलाको दैनिकी

रामपुर (पाल्पा), १० माघ । घरायसी कामकाजमा सीमित रहने महिलाहरू आयआर्जनका लागि तरकारी खेतीमा आकर्षित हँुदै गएका छन् । बिहान–साँझ घरको कामधन्दा सकाएर दिउँसो फुर्सदको समय घरका करेसाबारी, आँगनका डिल, छेउछाउ र खेतबारीमा तरकारी लगाएर आयस्रोत जुटाउन थालेका छन् । तरकारी खेतीमा संलग्न हुन थालेपछि जिल्लाका महिलाहरूको दैनिकी नै बदलिएको छ । तरकारीका बिरुवा उमार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, बजारमा बिक्री गर्ने कार्यमा महिलाको दिनचर्या बित्ने गरेको छ । पाल्पा रामपुरकी सीता देवकोटाको घर वरिपरिका जग्गा तरकारीले भरिएका छन् ।… पुरा पढौ

प्रि-ओपन सेसनमा कति बढ्यो नेप्से?

काठमाडौं १० माघ । साताको तेस्रो कारोबार हुने दिन आज मंगलबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले उकालिएको छ । अघिल्लो कारोबार दिन अर्थात गत सोमबार नेप्से १३.७१ अंक घटेर २१६५.१० विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा नेप्से परिसूचक ०.९५ अंक बढेर २१६६.०५ विन्दुमा पुगेको छ । यसैगरी सेन्सेटिभ इण्डेक्समा पनि ०.०४ अंकको बढोत्तरी भएको छ । आज मंगलबारको प्रि-ओपन सेसनमा १२ वटा स्टकको ६ लाख ६४ हजार २५२ रुपैयाँ १० पैसा बराबरको २ हजार ५३३ कित्ता… पुरा पढौ

सुनको भाउ ह्वात्तै बढ्यो, चाँदीमा गिरावट

काठमाडौं, १० माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा रुपैयाँ १ हजारले बढेको छ । चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ । छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो… पुरा पढौ

६ महिनामा १ खर्ब ४३ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, १० माघ । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ६ महिनामा १ खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आायात भएको छ । हालै भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको शुरुवाती ६ महिना अर्थात् साउनदेखि पुस मसान्तसम्म आधारित वित्तीय तथ्याङ्कमा यस्तो आँकडा देखिएको हो । यो अवधिमा नेपालमा १ खर्ब ४३ अर्ब ७८ करोड ४० लाख ८३ हजार बराबरको ३ लाख ३४ हजार ३१५ किलोलिटर पेट्रोल, ५ लाख ५० हजार ९०२ किलोलिटर डिजेल, ८७ हजार ८८५ किलोलिटर हवाई ईन्धन, ५… पुरा पढौ

विर्तामोडमा ५१ करोड लागत रहेकाे आधुनिक सडक बन्दै

झापा, १० माघ । विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको रु ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो । दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सिर १६ गते बिर्तामोडको आरपी साप समता जेभीले ठेक्का सम्झौता गरेको नगरका पूर्वाधार विकास तथा भवन नियमन शाखाका इञ्जीनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुई लेनको सडकको… पुरा पढौ

शुभम पावरले माघ १८ देखि आईपीओ निष्काशन गर्दै

काठमाडौं, १० माघ । शुभम पावरले माघ १८ गतेदेखि सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि सेयर जारी गरेपछि सर्वसाधारणका लागि सेयर बिक्रीमा ल्याउने भएकाे हाे । कम्पनीले रुपैयाँ ४ लाख ८१ हजार ८२२ कित्ता सेयर निष्काशन गर्न लागेको छ । आयोजना प्रभावित क्षेत्रका जनताले पूरा आवेदन नदिएर बाँकी रहेको थियाे । ५८ हजार ५८ कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि र २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा लागि… पुरा पढौ