आर्थिक 📈

ललितपुरबाट मौरी चराउन बागलुङ !

गलकोट, १० माघ । मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय फस्टाभएको छ । यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फस्टाउँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट समेत मौरीको चरन क्षेत्रका रूपमा समेत लिन थालिएको छ । विसं २०७२ बाट मौरीपालन थालेका म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा डिलबहादुर खत्रीले मौरीको चरन क्षेत्रका रूपमा बागलुङ –४ रमेटारलाई छाने । उनले… पुरा पढौ

अदुवाको बीउमै २ करोड भ्रष्टाचार, गल्याङका पूर्वप्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौं, १० माघ । किसानलाई आर्थिकरूपमा सबल बनाउने र कृषि उत्पादन बढाउने नाममा स्थानीय सरकार र कर्मचारीले मिलेर सरकारी स्रोतको दुरुपयोग गरेको घटना यत्रतत्र सार्वजनिक हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको एउटा मुद्दाले पनि सोही कुराको पुष्टि गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा पनि यस्तै भएको छ । अदुवाको बीउ खरिद लागत अनुमान कानूनबमोजिम नभएको भनी परेको उजुरीमाथि छानविन गर्दा नगरपालिकाका प्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीसमेत भ्रष्टाचारमा संलग्न भएको पाइएको छ । मनासिव कारणविना… पुरा पढौ

साना तथा मझौला उद्यम सम्मेलनबाट दश बुँदे घोषणापत्र जारी

काठमाडौं, ९ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले पहिलो पटक काठमाडौँमा आयोजना गरेको ‘लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन २०७९’ दश बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । आज ललितपुरमा सम्पन्न पहिलो सम्मेलनले प्रदेशमा हरेक वर्ष र सङ्घमा दुई वर्षमा यस्तो सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । महासङ्घले २०७७ चैतमा सार्वजनिक गरेको ‘राष्ट्रिय आर्थिक रुपान्तरण, २०३०’ मा राखिएका साना तथा मझौला उद्यमलक्षित कार्यक्रम कार्यान्वयनलाई निरन्तरता दिने घोषणा पनि यो सम्मेलनले गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय… पुरा पढौ

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा छ: अर्थमन्त्री

काठमाडौं, ९ माघ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । उनले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए । आज निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिने बताए । महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्न माग गरेको थियो । महासङ्घले नेपाली मौलिक उत्पादनको पहुँच विश्वबजारसम्म पुर्याउन,… पुरा पढौ

मौद्रिक नीति: अर्धवार्षिक समीक्षा हुँदै, राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक त्रैमासिक समीक्षाको तयारी सुरु गरेको छ । राष्ट्र बैंकले माघको अन्तिम साता नै मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षा गर्ने योजना बनाएर सोही अनुसार तयारी थालेको बुझिएको छ । राष्ट्र बैंकले हालै एक सूचना प्रकाशित गरी मौद्रिक नीतिको समीक्षाको लागि सरोकारवालाहरुलाई सुझाव दिन आग्रह गरेको छ । सूचना अनुसार मौद्रिक नीतिको समीक्षाको लागि सुझाव दिने म्याद आगामी माघ २० गतेसम्म तोकिएको छ । प्राप्त सुझावलाई समेत प्राथामिकतामा राखेर… पुरा पढौ

प्रि-ओपन सेसनमा ६ अंक हाराहारीले बढ्यो नेप्से

काठमाडौं‌, ९ माघ । साताको पहिलो कारोबार दिन आज सोमबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ६ अंक हाराहारीले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार नेप्से ५.७१ अंक बढेर २१७८.८१ विन्दुमा बन्द भएको थियो । आजको यो सेसनमा भने परिसूचक ५.९६ अंक बढेर २१८४.७७ विन्दुमा पुगेको हो । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्समा पनि ०.७० अंकको वृद्धि भएको छ ।आ आज सोमबारको प्रि-ओपन सेसनमा २९ वटा स्टकको २८ लाख ७२ हजार १०९ रुपैयाँ ८० पैसा बराबरको ७ हजार ६९८… पुरा पढौ

स्टार्टअप कार्यविधि कार्यान्वयनमा ल्याउनेछु : अर्थमन्त्री पौडेल

काठमाडौं, ९ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि तयार पार्न आफूले पहल गर्ने बताए । “स्टार्टअप कार्यविधि अझैसम्म पनि बन्न नसक्नु सरकारको कमजोरी हो । कार्यविधि छिट्टै पारित हुनेछ”, उनले भने, “निजी क्षेत्रले माग गरिरहेको परियोजना कर्जा पनि छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।” साना तथा मझौला… पुरा पढौ

सरकारले सुरु गर्यो ब्याजदर घटाउने पहल

काठमाडौं, ९ माघ । सरकारले बैंकको ब्याजदर घटाउन पहल सुरु गरेको बुझिएको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच ब्याजदर घटाउने विषयमा छलफल भइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना तथा मझौला उद्योग सम्मेलनमा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले ब्याजदर घटाउने पहल भइरहेको र यसलाई वाञ्छित सीमाभित्र राखिने बताएका हुन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले ब्याजदर धेरै पक्षसँग जोडिएको हुने र राष्ट्र बैंकको आफ्नै तरिका रहेको बताउँदै मन्त्रालयले हस्तक्षेप नगर्ने बरु बैंकसँग जीवन्त सम्बन्ध राख्न… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ बढ्यो

काठमाडौं, ९ माघ । साताको सुनचाँदीको कारोबार हुने दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ उकालिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे भाउ ३ रुपैयाँले बढेको छ । चाँदीकाे भाउमा पनि ५ रुपैयाले बढेको पाइएको छ । छापावाल सुन आज ३ सय रुपैयाँ बढेर तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि ३… पुरा पढौ

फर्स्ट माइक्रोफाइनान्सकाे नाफामा ३८.५३ प्रतिशतले वृद्धि

काठमाडौं, ८ माघ । फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउदा नाफा कमाउन सफल भएकाे छ । यस अवधिमा माइक्रोफाइनान्सले रुपैयाँ १४ करोड ४४ लाख खुद नाफा कमाउन सफल भएकाे हाे । गत वर्षकाेभन्दा यो नाफा ३८.५३ प्रतिशतले धेरै हाे । गएकाे वर्ष साेहि अवधिमा नाफा रुपैयाँ १० करोड ४४ लाख रुपैयाँ रहेकाे थियो । पुसकाे अन्तिमसम्म वितरणयोग्य रकम रुपैयाँ ९ करोड ८६ लाख २४ हजार रहेकाे छ । खुद ब्याज आम्दानी २६.४६ प्रतिशतले बढेर रुपैयाँ २३ करोड ५ लाख… पुरा पढौ