आर्थिक 📈

घट्याे सनराइज र सांग्रिला बैंककाे खुद नाफा

काठमाडौं, ८ माघ । सनराइज बैंकको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा १२.२८ प्रतिशतले घटेर रुपैयाँ ६५ करोड ३९ लाख रहेकाे छ । गएकाे वर्षमा बैंककाे नाफा रुपैयाँ ७४ करोड ५५ लाख रहेकाे थियाे । पुसकाे अन्त्यसम्म बैंकको वितरण योग्य नाफा रुपैयाँ २२ करोड १८ ऋणात्मक देखिएकाे छ । अघिल्लाे वर्ष याे नाफा रुपैयाँ १० करोड ११ लाख रहेकाे थियो ।  बैंकको खुद ब्याज आम्दानी ५९.३ प्रतिशतले बढेकाे छ । सञ्चालन नाफा भने… पुरा पढौ

रेमिट्यान्स वैध प्रणालीबाट भित्र्याउन जरुरी छ: अर्थमन्त्री

पकाठमाडौं, ८ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपालीमञ्च अमेरिकाले शनिबार राति आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले रेमिट्यान्सलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानीको अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तयार रहेको बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, “विप्रेषणको ठूलो हिस्सा बैधानिक प्रणालीबाट भित्र्याउन सकेका छैनौँ, यसका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, ८ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउमा गिरावट भएको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे भाउ रुपैयाँ २ सयले घटेको छ । चाँदीकाे भाउ शुक्रबारकै यथावत रहेकाे छ । छापावाल सुन यसदिन रुपैयाँ २ सयले घटेर तोलाको १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यससअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी… पुरा पढौ

पहिलो ‘प्याकेजिङ’ प्रशोधित धनकुटा कफी बजारमा

धनकुटा, ८ माघ। डिएस एग्रो इन्डष्ट्रिजले धनकुटा कफी बजारमा ल्याएको छ । धनकुटामा जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सवमा सो इन्डस्ट्रिजले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । यो उत्पादन जिल्लाकै पहिलो ‘प्याकेजिङ’ प्रशोधित कफी हो । विसं २०७२ बाट धनकुटा नगरपालिका–२ गणेशटार भिरगाउँमा कफीखेती सुरु गरेको यस एग्रो इन्डस्ट्रिजले आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । रु एक करोड ५० लाखको लागतमा एक सय २० रोपनीमा कफीखेती सुरु गरेको इन्डस्ट्रिजले यो हप्ताबाट क्याकेजिङ कफीको सुरुआत गरिएको… पुरा पढौ

महासङ्घद्वारा साेमबार साना तथा मझौला उद्यमी सम्मेलन हुँदै

काठमाडौं, ८ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले यही माघ ९ गते साना तथा मझौला उद्यमी (एसएमई)सम्मेलन आयोजना गर्ने भएको छ । महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा यस क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँंच, बजार प्रवर्द्धन, निर्यात प्रवर्द्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभावलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुति तथा सामूहिक छलफल हुनेछ । अर्थतन्त्रको महत्वपूर्ण हिस्सा लघु, घरेलु, साना तथा… पुरा पढौ

प्रभावकारी बन्दैछ पशु बीमा कार्यक्रम

सिन्धुपाल्चोक, ७ माघ । किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ । नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी भइ पशु बीमा गराइएका दुई किसानको भैँसी मरेपछि मूल्याङ्कन बराबरको बीमा रकम वडा नं ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा नं ४ निवासी मैया सापकोटाले जनही रु ९० हजार प्राप्त गरे। नगरपालिकाको २०७९÷८० को नीति तथा कार्यक्रम अन्र्तगत कृषि तथा पशु कार्यक्रममा विषेश जोड दिँदै आएको… पुरा पढौ

कृषि व्यवसायले बदलियाे समाज,भगवती अब्बल कृषक

रामपुर (पाल्पा), ७ माघ । समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन । समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे । आफ्नै खेतबारीमा तरकारी, फलफूल उत्पादन गरेर बजारमा बिक्री गर्न पुग्यो कि हेला गर्ने र नराम्रो मान्ने भाषा यहीँ समाजकै व्यक्तिबाट सुनिन्थे समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएकी छन्, भगवती देवकोटा । रामपुर नगरपालिका– ६ स्थित कौवा बस्ने देवकोटाले आफ्नो खेतबारीमा दुःख गरेर लगाएको तरकारी खेतीबाट दुई… पुरा पढौ

महोत्सवले बढाएको व्यापार सम्झदा…

नुवाकोट, ७ माघ । म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहेकी छन् । विसं २०७२ देखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहेकी उनले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिएकाे पाइन्छ। महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउछिन्। “उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक रु एकलाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको थियो । अहिले रु ५० हजार आम्दानी हुन मुस्किल छ”, उनले भनिन्, “जिल्लामा सञ्चालित महोत्सवले… पुरा पढौ

कामपाको २ अर्ब ७२ करोड बढीकाे संशोधन बजेट पारित

काठमाडौं ७ माघ । काठमाडौं महानगरपालिकाको नगरसभाको १२औँ अधिवेशन २ अर्ब ७२ करोड ६९ लाख ६३ हजार बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गर्दै सकिएको छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको बैठक संशोधन बजेट पारित गर्दै सकिएको हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले अधिवेशनको पहिलो बैठकमा संशोधन बजेट प्रस्ताव पेश गरेकी थिइन। गत ११औँ नगरसभाबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये रु चार अर्ब ३६ करोड ७१ लाख सात हजार बजेटका कार्यक्रमलाई संशोधनका लागि प्रस्ताव गरिएको थियो ।… पुरा पढौ

ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क

काठमाडौं, ७ माघ । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३ गतेभित्र राय उपलब्ध गराइसक्न भनेको हो । कर्जा प्रवाह शुरु भएको मितिदेखि कर्जाको किस्ता भुक्तानी गर्न शुरु हुने मितिसम्मको समय ‘ग्रेस अवधि’ हो । बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको लागि परियोजनाको प्रकृतिअनुसार विभिन्न शर्त तोकिएको हुन्छ । भौतिक निर्माणकार्य गर्नुपर्ने ठूला परियोजना सञ्चालनमा आउन केही समय… पुरा पढौ