स्वास्थ्य

अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

वाशिङ्टन, २२ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसिरहेका बाइडेनको शनिबार गरिएको स्वास्थ्य परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएको ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले नकारी दिएका हुन् । कनरका अनुसार राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेका तर उनलाई धेरै ठिक भइसकेको छ । उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाइसकेका छन् । गत जुलाई २१ मा पहिलो पटक कोभिड सङ्क्रमण देखिएका बाइडेनलाई त्यसपछि एक हप्तासम्म… पुरा पढौ

थपिए ९१२ कोरोना सङ्क्रमित

काठमाडौं, २० साउन । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ९४१ को पीसीआर र ३ हजार ५५० जनाको एन्टिजेन गरी ६ हजार ४९१ जनाको नमूना परीक्षण गरिएकोमा ९१२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पीसीआर विधिबाट ५२९ तथा एन्टिजेन विधिबाट ३८३ सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । सो अवधिमा ३ सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् भने घण्टामा कोरोना सङ्क्रमणका कारण १ जनाको… पुरा पढौ

सन् २०५० सम्म मुलुकमा क्षयरोग निर्मुल बनाइने

काठमाडौं, २० साउन । सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग निर्मल बनाइन कार्ययोजना बनाइएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको क्षयरोगमुक्त नेपाल अभियान कार्यक्रम पुनरावलोकन तथा विस्तार कार्यशाला गोष्ठी शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले यस कार्यका लागि गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका साथै अन्तर्राष्ट्रिय साझेदार संस्थाको सहयोगको खाँचो औँल्याए। हाल २५ स्थानीय तहमा क्षयरोगमुक्त अभियान सञ्चालन भइरहेको जानकारी दिँदै उनले आगामी चार वर्षभित्र सबै स्थानीय तहमा अभियान गरिने बताए । मन्त्रालयका निमित्त सचिव श्यामसुन्दर यादवले स्थानीय तहले… पुरा पढौ

कोरियामा एकैदिन १ लाखभन्दा बढी कोरोना सङ्क्रमित थपिए

सोल, १९ साउन । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा १ लाख ७ हजार ८ सय ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।  योसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या २ करोड ६० लाख १ सय ५४ पुगेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । स्थानीय कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले अघिल्लो दिनको तुलना कोभिड सङ्क्रमण केही घटेको जानकारी दिएको छ । नयाँ बिरामीमध्ये, ४ सय ३५ जना आयातित रहेको जनाइएको छ । यो अवधिमा ४६ हजार ३ सय २९ जना कोरोनामुक्त… पुरा पढौ

एकैदिन थपिए ७६० कोरोना सङ्क्रमित

काठमाडौं, १९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ५८९ को पीसीआर र ३ हजार ३३७ जनाको एन्टिजेन गरी ५ हजार ९२६ जनाको नमूना परीक्षण गरिएकोमा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा ३ सय २४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय… पुरा पढौ

क्यानडामा मङ्कीपक्सका सङ्क्रमित ८९० पुगे

क्यानडा, १९ साउन । क्यानडमा बुधबारसम्म ८९० जना मङ्कीपक्सका सङ्क्रमित पाइएका जनाइएको छ । यहाँका स्वास्थ्य संस्थाहरुका अनुसार तीमध्ये ४ सय २३ जना ओन्टारियोमा शहरमा मातेर पाइएको जनाएका छन् । यो सहरमा सुरुदेखि नै मङ्कीपक्सको सङ्क्रमण बढेको पाइएको खबर समाचार संस्थाहरुले खबर प्रकाशन गर्दै आएका थिए । क्यानडाको नेसनल माइक्रोबायोलोजी ल्याबोरेटोरीले यस मङ्कीपक्सको सङ्क्रमणको लगत राखेको र यस सम्बन्धमा अनुसन्धान पनि गरिरहेको जनाएको छ । यहाँको सरकारले मङ्कीपक्सका विरुद्धको कम्तीमा पनि ७० हजार खोप लगाउन तयार रहेको र ठूलो सङ्ख्यामा… पुरा पढौ

कोरोना सङ्क्रमण बढ्दै, थपिए ९१५ सङ्क्रमित

काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय १५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त अवधिमा  पीसीआर र एन्टिजेन गरी ६ हजार २ जनाको नमूना परीक्षण गरिएकोमा ९१५ जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा ३ सय १ जना कोरोना सङ्क्रमित निको भएका पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको मन्त्रालयले जनाएको छ । आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित ५ हजार ४ सय ३३ पुगेका छन् ।… पुरा पढौ

मकवानपुरमा २८ जनामा डेङ्गुको सङ्क्रमण

काठमाडौं, १८ साउन । मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको सङ्क्रमणबाट बिरामी भएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । हेटौँडा उपमहानगरपालिका–४ र ५ मा सो रोगको बिरामी देखिएको बताइएको छ । मकवानपुरको १० स्थानीय तहमध्ये हेटौँडा उपमहानगरपालिकामा बढी सो रोगका बिरामी रहेको जनाइएको छ । अन्य स्थानीय तहमा छिटपुट रुपमा… पुरा पढौ

अब जुम्लामै हुने भयाे डायलासिस

खलङ्गा, १८ साउन । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलासिस उपकरण उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो । प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गाैलारोगीको उपचार डायलायसिस सेवा दिने गरेको थिएन । मन्त्रालयले प्रतिष्ठानलाई ५ सेट डायलायसिस उपकरण उपलब्ध गराएपछि सेवा सञ्चालन गर्न लागिएको हो । उनले भने, “अस्पतालमा मिर्गाैलारोगी आउने गरेका थिए तर उपकरण नहुँदा सेवा दिन सकेका… पुरा पढौ

२४ घण्टामा थप ८९५ मा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं, १६ साउन । देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा पाँच हजार नौ सय नौ जनाको नमूना परीक्षण गरिएको थियो । तीन हजार छ सय ८५ जनाले पिसिआर र दुई हजार दुई सय २४ सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको… पुरा पढौ