पोखरा, ११ पुस । चर्चित कांग्रेसी नेता गगन थापा काठमाडौंमा जन्मिए, काठमाडौंकै हावापानीमा हुर्किए। लेखक बुद्धिसागर कर्णालीमा जन्मिएँ, त्यहीँको माटोमा पढे बढे। यस्तो पृष्ठभूमिले काठमाडौंलाई हेर्ने यी दुईको नजर फरक हुने नै भयो। नेता थापा र लेखक बुद्धिसागरले नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन साँझ काठमाडौंसँगको यस्तै फरक अनुभूति साटे। कथा काठमाडौं शीर्षकमा भएको कुराकानीमा बुद्धिसागरले आफू पहिलो पटक काठमाडौं सहर प्रवेश गर्दाको समय सम्झिँदै भने, मेरो एसएलसीको मार्कसिटमा एउटा अक्षर छुटेछ। अनि म त्यो चापागाइंमा छुटेको एउटा पि थप्न आएको…
पुरा पढौ