मुख्य समाचार

१८९७.८६ विन्दुमा झर्यो नेप्से, १ अर्ब बढीको कारोबार

काठमाडौं, २९ कार्तिक । अघिल्लो दिन हरियाली संकेत दिएर बन्द भएको भोलिपल्ट आज मंगलबार सेयर ओरालो लागेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा भएको गिरावटले पुनः लगानीकर्तालाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको छ । नेप्सेमा ०.३५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.३३ अंकले घटेर ३७३.७१ विन्दुमा पुगेको छ । कुल २२९ कम्पनीको सेयर कारोबार भएको छ । २७ लाख ४५ हजार… पुरा पढौ

बिजुली आएन, भोट हाल्ने दिन आयो : मतदाता

नवलपरासी, २९ कात्तिक । नवलपरासीको बौदीकाली गाउँपालिका-६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उनी निराश छन् । नेताहरु चुनावमा सबै समस्या समाधान गर्छौं भनेर भोट माग्छन्, जितेपछि देख्न पनि पाइँदैन', गुरुङले भने, 'सधैंभरी बिजुली ल्याउँछौँ भनेर भन्छन् तर अहिलेसम्म पोल र तारसम्म आएको छैन ।' बिजुलीको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाहरु सोलार र टुकीको भर पर्नु परेको छ । 'हरेक… पुरा पढौ

निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौं, २९ कात्तिक । सरकारले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्था/विद्यालयहरुमा आगामी मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत् यो सूचना आधिकारिक रुपमा सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार निर्वाचनकै लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुलाई भने आगामी मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ ।   यसअघि त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पसहरुका लागि आगामी मंसिर १ देखि ५ गतेसम्म सार्वजनिक… पुरा पढौ

मंसिरमा वाणिज्य बैंकहरूले ब्याजदर नबढाउने

काठमाडौं, २९ कात्तिक । मंसिरमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज मंगलबार बिहान बसेको बैंकर्स संघको बैठकले अर्थतन्त्रको सूचकहरु स्थिर रहेकोले ब्याजदर हेरफेर गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको संघले जनाएको छ । संघका अनुसार मुख्य आर्थिक सूचकहरु  तथा मुद्रास्फिर्ति पनि पहिलेकै अवस्थामा रहेको छ । यसैले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तल-माथि गर्न सकिने अवस्था भए पनि हाललाई यथावत राख्ने निर्णय गरिएको हो । यसबाहेक ब्याज दरसम्बन्धी कुनै औपचारिक सहमति भने नगरिएको संघको… पुरा पढौ

चुनावी नारामा मात्र सीमित बन्याे धनकुटा विमानस्थल

धनकुटा, २९ कात्तिक । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सेका छैनन्। तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उनले भने, “म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओर्लेर विमानस्थल बनाउन भनेर दूरबीनले हेरेँ । ”तत्कालीन समयदेखि साविक बेलहारा गाविस हाल धनकुटा नगरपालिका वडा नं ९ को बेलहारा डाँडामा विमानस्थल बन्ने कुरा आजसम्म पनि चर्चामा नै छ । सर्वेक्षण भएको ६० वर्ष पुग्न लाग्दा… पुरा पढौ

राष्ट्रिय बीमा कम्पनीको नाफा घट्यो

काठमाडौं, २९ कात्तिक । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय बीमा कम्पनी को नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म कम्पनीले ५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो आँकडा गत आर्थिक वर्षको सोही अवधिको तुलानामा १३.२५ प्रतिशतले कम हो । तुलनात्मक रुपमा हेर्दा कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । आँकडाका हिसाबले ८२ लाख रुपैयाँले यव आर्थिक वर्षको नाफामा कमी आएको… पुरा पढौ

प्रि ओपन सेसनमा नेप्से ०.७६ अंकले बढ्यो

काठमाडौं, २९ कात्तिक । आज मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक लगभग १ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार २१।२९ अंक बढेर १९०४.४५ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा ०.७६ अंक बढेर १९०५.२१ विन्दुमा पुगेको हो । आजको यो सेसनमा सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेको छ । आजको प्रि-ओपन सेसनमा ७ स्टकको ६ लाख २६ हजार २५ रुपैयाँ १९ पैसा बराबरको ९५६ कित्ता सेयर खरिदबिक्री भएको छ । यीमध्ये ३ वटा स्टकको मूल्य बढेको पाइएको छ… पुरा पढौ

सुन र चाँदी दुवैको भाउ बढ्यो, तोलाको कति?

काठमाडौं, २९ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ ३० ले बृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहेलो धातु छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भई कारोबार भएको थियो । तेजाबी सुनमा पनि आज रुपैयाँ १ हजारले… पुरा पढौ

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमईले डाके साधारणसभा

काठमाडौं, २९ कार्तिक । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले मंसिर २३ गते साधारणसभा आव्हान गरेका छन् । दुबै बैंकले लाभांश वितरणकाे प्रस्ताव तथा मर्जरकाे प्रस्तावलाई पारित गर्नका लागि साधारण सभा बाेलाएका हुन्। बैंक अफ काठमाण्डूले २८औँ वार्षिक साधारणसभा मंसिर २३ गते काठमाडौँ टुडिखेलमा रहेकाे त्रिभुवन आर्मी अफिसर्स क्लबमा पूर्वान्ह १० बजे बाेलाएकाे छ। सभाबाट ६ प्रतिशत बोनस सेयर तथा करकाे प्रयोजनसहित १४.९५ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित हुनेछ। उता ग्लोबल आइएमई बैंकले १६औँ साधारण सभा काठमाडौँ गैह्रीधारामा… पुरा पढौ

पिपुल्स हाइड्रोपावरकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ कार्तिक । पिपुल्स हाइड्रोपावर कम्पनीकाे सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेपछि सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो। आयोजन प्रभावित क्षेत्रका जनतालाई सेयर बाँडफाँड गर्दा बिक्री नभएकाे ८ लाख ६ हजार ३९० कित्तासहित ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरिएकाे हो। उक्त सेयरबाट २… पुरा पढौ