मुख्य समाचार

वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाए

काठमाडौं, ३१ भदौ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएका छन् । वाणिज्य बैंकहरुले आज बढेको ब्याजदरसहितको नयाँ सूचना प्रकाशित गरेका छन् । प्रकाशित सूचना अनुसार पछिल्लो ६ महिनादेखि स्थिर ब्याजदरमा काम गरिरहेका वाणिज्य बैंकहरुले असोज महिनाका लागि भने ब्याजदर बढाउने निर्णय गरेका हुन् । यसरी बढेको ब्याजदर अनुसार वाणिज्य बैंकहरुको अधिकतम दर १२.१३ प्रतिशत पुगेको छ । यो निर्णयसँगै अब ती बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा १२.१३ प्रतिशतसम्मको दरले ब्याज दिने बुझिएको छ । यस हिसाबले हेर्दा संस्थागत मुद्दति… पुरा पढौ

टेलिकमले आजदेखि निःशुल्क इ–सिम वितरण गर्ने

काठमाडौं, ३१ भदाै । नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ । टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो । इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ । नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइने छ । नयाँ प्रिपेड लिन चाहने… पुरा पढौ

माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब लगानी

काठमाडौं, ३१ भदौ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ३४ करोड बराबर को लगानी गर्ने भएका छन् । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कूल लागत २ खर्ब १४ अर्ब ८६ करोड बराबर रहेको छ । आन्तरिक ऋण लगानीसम्बन्धी सम्झौतामा समेत हस्ताक्षर भएको छ । लगानीसम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोषका… पुरा पढौ

लालपुर्जा वितरण र वैदेशिक भ्रमण नगराउन आयोगको निर्देशन

काठमाडौं, ३१ भदाै । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपुर्जा वितरण गर्नेलगायतका सम्पूर्ण कार्य स्थगित गर्न र तीन तहका सरकारलाई वैदेशिक भ्रमण नगर्न नगराउन निर्देशन दिएको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तय भई तयारीका कार्यहरू भइरहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फ आगामी असोज २ र ३ गते उम्मेदवार मनोनयनको बन्दसूची पेश गर्ने कार्यक्रम रहेको सन्दर्भमा आयोगले सो निर्देशन दिएको हो । आयोगले निर्वाचनका अन्य कार्यक्रम पनि सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशत गरिसकेको छ… पुरा पढौ

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ भदाै। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।साथै  भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जनाएकाे छ। देशभर सामान्यतया बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। भदौ ३१ गते (शुक्रबार) दिउँसो : देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का… पुरा पढौ

काठमाडौंमा अवैध संरचना हटाउन नागरिककै सहयोग

काठमाडौं, ३१ भदाै । पछिल्लो समय काठमाडौं महानगरपालिकाको गतिविधि र जारी सार्वजनिक सूचनाका आधारमा नागरिक आफैँले अवैध संरचना हटाउन थालेका छन् । कामपाको भित्री वडाका नागरिकले यसअघि आफूले भोग चलन गर्दै आएका तर कानूनी आधार नभएका संरचना हटाउन थालेका हुन् । विशेषगरी असन, इन्द्रचोक, बाङ्गेमुढा, भेडासिंहलगायत स्थानका नागरिकले कानूनी आधार नभएका संरचना हटाएर कामपालाई सहयोग गर्न थालेका हुन् । “पहिले जस्तो अटेर गर्ने बानीमा केही परिवर्तन आएको छ, अहिले केही स्थानमा नागरिकले नै कानूनविपरीतका संरचना हटाउन थालेका छन्, हाम्रो चाहना… पुरा पढौ

चालु आर्थिक वर्षकाे साउनमा ९२ अर्ब रेमिट्यान्स भित्रियाे

काठमाडौं, ३० भदाै । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको जनाएकाे छ। राष्ट्र बैंकको मासिक तथ्यांकले साउन महिनामा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको देखाएकाे हाे। समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।… पुरा पढौ

सिक्लेस हाइड्रोपावरकाे सेयरमा पर्यो ७.६२ गुणा बढी आवेदन

काठमाडौं, ३० भदाै‌ । सिक्लेस हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा ७ लाख ६ हजार ६४३ वटा आवेदन परेको हो । बिहिबार बेलुका ५ वजेसम्म ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता सेयर माग गरिएकाे छ । यो माग सर्वसाधारणका लागि बिक्री गिरने १० लाख ५८ हजार कित्ता सेयरकाे ७.६२ गुणा बढी हाे । कम्पनीले… पुरा पढौ

उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकमध्ये वर्ल्डलिंक शीर्ष स्थानमा

काठमाडौं, ३० भदौ । ग्राहक सङ्ख्याका आधारमा जेठ महिनासम्ममा वर्ल्डलिंक कम्युनिकेशन पहिलो नम्बरको इन्टरनेट सेवा प्रदायक (आईएसपी) का रुपमा यथावत् रहन सफल भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ जेठ मसान्तसम्मको एमआईएस प्रतिवेदनले यो आँकडा देखाएको छ । उक्त प्रतिवेदनमा सधैं झैं दूरसञ्चार सेवा प्रदायकका प्रगति विवरणसहित नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ६० प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक सङ्ख्या उल्लेख गरिएको छ । आँकडा अनुसार २०७९ जेठ महिनामा उत्कृष्ट १०… पुरा पढौ

ली भ्रमणको सन्देश : नेपाल चीनको प्राथमिकतामा छ

काठमाडौं, ३० भदौ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन् । भ्रमणको सन्देश कस्तो रह्याे भन्ने बारेमा चासो र चर्चा भने कायमै छ । पछिल्ला दिनमा चीनका उच्चस्तरीय राजनीतिक नेतृत्वले नेपाललाई प्राथमिकतामा राखेको पनि भ्रमणका श्रृंखलाहरुले पुष्टि गरेको छ । दुई देशबीच सदिऔंदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । कुटनीतिक सम्बन्ध स्थापनापछि पनि नेपाल र चीनबीचको सम्बन्ध थप विस्तार भइरहेको छ । पछिल्ला… पुरा पढौ