मुख्य समाचार

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं, ९ चैत । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ गर्नेछ । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड्Þका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । गत शुक्रबार संवैधानिक इजलासबाट आजका लागि पेशी तोक्ने आदेश भएको थियो । संवैधानिक इजलासले दुवै पक्षलाई १/१ घण्टा समय दिएको छ । अपुग भए… पुरा पढौ

आज कति पुग्यो विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १२१.५९ रुपैयाँ र बिक्रीदर १२२.१९ रुपैयाँ कायम गरिएको छ । आज युरोििपयन युरो एकको खरिददर १३३.७२ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ छ भने यूके पाउण्ड स्टलिङको एकको खरिददर १६०.५२ रुपैयाँ र बिक्रीदर १६१.३१ रुपैयाँ कायम गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९०.३१ र बिक्रीदर ९०.७६ रुपैयाँमा कारोबार भएको छ । आज… पुरा पढौ

प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, ६ लाखको कारोबार

काठमाडौं, ९ चैत । साताको चौथो कारोबारको प्रि-ओपन सेसनमा सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से सूचक ०.७१ अंकले बढेर २ हजार ६५१ अंकमा प्रवेश गरेको हो । नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि बढेको छ । सो सेसनमा सेन्सेटिभ परिसूचक ०.०६ अंकले बढेर ४९९.३८ अंकमा पुगेको छ । यस सेसनमा ८ कम्पनीको ८६९ कित्ता सेयर ६ लाख ३ हजार ८१६ रुपैयाँमा किनबेच भएको छ । प्रि-ओपन सेसनमा कारोबार भएका ८ उपसमूहमध्ये ४… पुरा पढौ

घट्यो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, ९ चैत । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छपावाला सुनमा रुपैयाँ १,१०० तथा चाँदीमा रुपैयाँ २५ ले घटेकाे हाे । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ यसदिन रुपैयाँ १,१०० ले घटेर प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ तोलाको रुपैयाँ १ लाख ३०० तोकिएको थियो । तेजाबी सुनको भाउ यसदिन तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार… पुरा पढौ

अपि पावरले चैत २५ गतेदेखि १ अर्ब ८ करोड ६० लाख बराबरको हकप्रद सेयर निष्काशन गर्दै

काठमाडौं, ९ चैत । अपि पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले चैतको २५ गते हकप्रद सेयर बिक्रीमा ल्याउन लागेको हो । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ ०.३९३६ कित्ता सेयरको रेसियोमा हकप्रद सेयर निष्काशन गर्न लागेको जनाईएको छ । इन्स्योरेन्सले १०० रुपैयाँ मूल्य अंकित दरको १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबर रहने १ करोड ८ लाख ६० हजार कित्ता सेयर बिक्रीमा ल्याउने भएको हो । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि चैत १४… पुरा पढौ

अध्यादेश जारी भएसँगै खुल्याे रेल सेवा सञ्चालनको बाटाे

जनकपुर, ९ चैत । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलबार पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो… पुरा पढौ

एमाले केन्द्रीय कमिटी बैठक सुरु, के छ कार्यसूचीमा ?

काठमाडौं, ९ चैत स्थानीय तहको आसन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि काठमाडौंमा बस्दैछ । बबरमहलस्थित एक ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठकले हालै पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिलाई जिम्मेवारी दिने बताइएको छ । बैठक बिहीबारसम्म चल्नेछ । यही चैत ७ गते सम्पन्न पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटीका लागि कार्यसूची… पुरा पढौ

माथिल्लो अरुणमा लगानी गर्न स्वदेशी लगानीकर्ता तयार

काठमाडौं, ९ चैत । समय र लागत नबढाउने विषयमा सरकार र प्रवद्र्धक कम्पनी स्पष्ट भए माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्न स्वदेशी लगानीकर्ता तत्पर भएका छन् । जलाशयुक्त आयोजना देशको ऊर्जा सुरक्षाका लागि पनि अत्यावश्यक भएकाले यसलाई तत्काल अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनीहरुले लगानीको ढाँचा, लागतको प्रक्रिया तथा समयमै आयोजना सकिने प्रत्याभूति सरकारको तर्फबाट आउनुपर्नेमा जोड दिए । अर्धजलाशय प्रकृतिको सो आयोजनाको क्षमता एक हजार ६१ मेगावाट बराबर छ । यस्तै प्राविधिकरूपमा केही तलमाथि गर्दा आयोजनाको क्षमता एक हजार ५००… पुरा पढौ

पहाडीभेगका केही स्थानमा मेघ गर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं, ९ चैत । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। चैत्र ९ गते    दिउँसो : प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। राती : देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा… पुरा पढौ

आज नहुने भयाे पर्वतारोहण सङ्घको वार्षिक साधारणसभा

काठमाडाैं, ९ चैत । नेपाल पर्वतारोहण सङ्घको २१ औँ वार्षिक साधारणसभा स्थगन भएको छ । आज बुधबारका लागि तय गरिएको साधारणसभा उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका महासचिव कुलबहादुर गुरुङले साधारणसभाको सम्पूर्ण तयारी भइसकेको अवस्थामा स्थगन गर्नु दुःखद विषय भएको बताए। उनले केही व्यक्तिहरुको स्वार्थका कारण संस्थाविरुद्ध मुद्दा मामिला गरेर संस्थाको साख गिराउने कार्य आपत्तिजनक भएको टिप्पणी गरे। महासचिव गुरुङले सम्मानित अदालतको निर्णयलाई दृष्टिगत गरी तत्कालका… पुरा पढौ