मुख्य समाचार

वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा

पोखरा, ९ फागुन । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेकी छन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले आज वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेकी हुन । पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएकी उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गरेकाे सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए। उनका अनुसार पोलिटले आज साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा… पुरा पढौ

गुडविल फाइनान्स र नेपाल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, ९ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार गुडविल फाइनान्स कम्पनी र नेपाल बैंकको बोनस सेयरबाफतको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुुसार गुडविल फाइनान्सको ९.१ प्रतिशत बोनस बापतको ७ लाख ८९ हजार १५२ कित्ता सेयर सूचीकृत भएको छ भने नेपाल बैंकको १४ प्रतिशत बोनस बापतको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता सेयर सूचीकृत भएको हो । गुडविलले गत आर्थिक… पुरा पढौ

बढ्यो नेप्से, घट्यो कारोबार

काठमाडौं, ८ फागुन । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार आएको छ । पहिलो दिन आइतबार ३९.४ अंकले घटेको नेप्से आज भने २५ अंकले बढेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक २५.४१ अंकले बढेर २ हजार ७१८.५१ अंकमा पुगेको हो । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.१५ अंकले बढेको छ । आज नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । आइतबार ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा सोमबार… पुरा पढौ

ग्लोबल आइएमई लघुवित्तले सीतालाई बनायाे उद्यमी

गाेर्खा, ९ फागुन । गोरखाको गोरखा नगरपालिका–५ काफलघारकी सीता थापामगरको १७ वर्षको उमेरमै विहे भयो । १० कक्षामा अध्ययन गरिरहेकै बेलामा विहे भएपछि दोहोरो जिम्मेवारी सम्हाल्नुपर्‍यो । एकातिर सानै उमेरमा विहे र अर्कोतिर बुवा गुमाउँदा उनलाई सानै उमेरमा जिम्मेवारीको बोझ थपियो । माइतीघरमा आमाले पनि अर्को विहे गरेपछि स–साना भाइबहिनीहरुको जिम्मेवारी पनि सम्हानुपर्ने भयो । आफ्नो परिवार र भाइबहिनीहरुको हेरचाहमै जुटेकी उनलाई गाउँमा कसैले ऋण सहयोगसम्म पत्याएनन् । कसैले ऋण पत्याइहाले पनि चर्को ब्याज लिने भएपछि उनी वित्तीय संस्थाको दैलोमा… पुरा पढौ

माथिल्लो मनाङमा पुनः भारी हिमपात, यातायात अवरुद्ध

मनाङ, ९ फागुन । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ । आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो । करिब १५ दिनअघि भएको हिमपातपछि अवरुद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ । आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन । यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार मनाङको चामे र यस वरपरको तापक्रम माइनस ७ डिग्री सेल्सियस पुगेको छ । “यहाँ पुनःहिमपात भएपछि सवारीसाधन… पुरा पढौ

भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

काठमाडौं, ९ फागुन । सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर अगाडि बढाएको दीर्घकालीन महत्वको योजनालाई कार्यान्वयन गर्न पनि भरपर्दो प्रसारण प्रणाली निर्माण गर्नु जरुरी छ । खनिज इन्धनमा लगातार भइरहेको मूल्यवृद्धिका कारण नेपाल जस्ता कमजोर अर्थतन्त्र भएको देशले विप्रेषणबाट आएको डलर खर्च गरेर तेल खरिद गर्ने विषय अब क्रमशः अप्ठ्यारो बाध्यता बन्न थालेको छ । यो अवस्थामा नेपाल विद्युत् प्राधिकरणले नै काठमाडौँ उपत्यकालगायत प्रमुख सहरी क्षेत्रमा बिजुलीको सघन पहुँच स्थापित गर्ने लक्ष्यका साथ गुरुयोजना बनायो… पुरा पढौ

क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

काठमाडौं, ९ फागुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८१ करोड रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए । उनका अनुसार रोयल्टी नतिर्ने क्यासिनोले पनि रोयल्टी तिर्न थालेका छन् । ‘अहिलेसम्म हाम्रो खातामा ८१ करोड रुपैयाँ जम्मा भयो, अरु केही कम्पनीले रोयल्टी तिर्नका लागि कागजपत्र लगेका छन्, केही दिनमा अरु पनि रकम आउँछ ।’ मन्त्री… पुरा पढौ

म्याग्दीकाे तातोपानीमा बढ्यो पर्यटकको चहलपहल

म्याग्दी, ९ फागुन । म्याग्दीका धार्मिक पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । कोभिड संक्रमण घट्दै गएपछि जिल्ला प्रशासन कार्यालयले धार्मिकस्थल फागुन १ गतेबाट खुला गरेसँगै धर्मावलम्बीहरुको चहलपहल बढेको हो । त्यसैगरी प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा डुबेर उपचार लिनका लागि पनि बिरामी आउन थालेका छन् । कोरोना संक्रमण कम भएकाले सबै धार्मिकस्थलमा भक्तजनको लागि पूजा गर्न खुला गरिनुका साथै स्वास्थ्य मापदण्ड पालना गरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलमा आउजाउ गर्न थालेपछि चहलपहल बढेको हो । म्याग्दीको गलेश्वर… पुरा पढौ

८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आज अपराह्न ३ बजेसम्म आवेदन दिन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब २३ करोड रुपैयाँ माथिको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन र १८२ दिन गरी दुई किसिममा ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै बिल खरिदका लागि सार्वजनिक आह्वान गरेको छ । इच्छुक लगानीकर्ता बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले सोमबार अपराह्न ३ बजेसम्म आवेदन दिन सक्ने छन् । बैंकका अनुसार ट्रेजरी बिल भने भोलि… पुरा पढौ

फेरि घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं, फागुन ९ । आज फेरि अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७६ पैसा पुगेको छ । युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ९२ पैसामा कारोबार भइरहेको छ । यसको बिक्रीदर १३५ रुपैयाँ ६० पैसा पुगेको छ । अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ४९ पैसा पुगेको छ । यसको बिक्रीदर ८५ रुपैयाँ ९२ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९३ रुपैयाँ… पुरा पढौ