मुख्य समाचार

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रमका साथ मनाइयो वार्षिकोत्सव

काठमाडौं, १९ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले १५औं वर्ष पार गरी १६औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । यसै अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै समुद्घाटन गरेको छ । बैंकले प्रदेश नम्बर १ मा ४ वटा, प्रदेश नम्बर २ मा तीन वटा, बागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा ५ वटा र सुदूरपश्चिम प्रदेशमा २ वटा शाखा कार्यालयहरुको औपचारिक रुपमा शाखा समुद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका… पुरा पढौ

स्थानीय तहमा मौज्दात रकमको ८० प्रतिशत उत्पादनशील क्षेत्रमा परिचालन गर्न निर्देशन

काठमाडौं, १९ पुस । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा मौज्दात रहेको रकमको ८० प्रतिशत उत्पादनशील क्षेत्रमा परिचालन गर्न निर्देशन दिएको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्म कुल मौज्दात रकमको ८० प्रतिशत उत्पादन क्षेत्रमा लगानीका लागि निर्देशन दिएको हो । सोमबार अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सूचना जारी गर्दै स्थानीय तहको सञ्चित कोषमा भएको मौज्दात रकमको २० प्रतिशतबाहेक सबै रकम आयात र व्यापारिक क्षेत्रमा नभई उत्पादनशील क्षेत्रमा परिचालन गर्न निर्देशन दिएको हो । वाणिज्य बैंकहरुले निक्षेपको… पुरा पढौ

३२ अंकले बढ्यो नेप्से, ४ अर्ब ५३ करोड बढीको कारोबार

काठमाडौं, १९ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार सेयर बजार सकारात्मक लयमा गएको छ । एउटा उपसमूहबाहेक सबैमा हरियो लागेको छ । कारोबारमा पनि सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२४ प्रतिशतले बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ५.८६ अंकले बढेर ४८७.८७ विन्दुमा पुगेको छ । कुल २३० कम्पनीहरुको सेयर कारोबार भएको छ । ८२ लाख ५ हजार ५२ कित्ता सेयरको खरिदबिक्री हुँदा… पुरा पढौ

बेष्ट फाइनान्सले गर्यो चावहिल शाखा स्थानान्तरण

काठमाडौं, १९ पुस । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चावहिलमा रहेको आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ । फाइनान्सले पुस १८ गते आईतवारदेखी काठमाडौ महानगरपालिका वडा न.७, हस्पिटल मार्गमा रहेको चावहिल शाखा चावहिलचोक स्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको बताइएकाे छ । फाइनान्सका संचालक समिति अध्यक्ष खिमलाल पौडेलले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवं ग्राहक महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियाे । कमलादी, काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल… पुरा पढौ

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट

काठमाडौं, १९ पुस । सत्ता गठबन्धन (साझेदार दल) ले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गरेका छन् । सोमबार बसेको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५-५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने भएका छन् । खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरु निर्वाचित भएका थिए । उनीहरुको कार्यकाल सकिन लागेको छ । आगामी… पुरा पढौ

धादिङमा ‘लायन्स नमूना उद्यमी गाउँ’ शुभारम्भ, ८ लाख बराबरको सामग्री हस्तान्तरण

धादिङ, १९ पुष । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ वि १ नेपालको यो वर्षको मुख्य कार्यक्रम १४ जिल्लामा लायन्स नमुना उद्यमी गाउँ बनाउने अभियान अन्तरगत अाइतबार धादिङको निलकन्ठ नगरपालिका ९ को हटिया गाउँलाई लायन्स नमुना उद्यमी गाउँका रुपमा शुभारम्भ गरिएको छ । निलकन्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुगांनाको प्रमुख आतिथ्यतामा उक्त हटिया गाँउलाई लायन्स उद्यमी नमुना गाँउ घोषणा गर्दै सुभारम्भ गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी निलकन्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुगांनाले सामाजिक संस्था लायन्सले गरेकाे सेवा कार्यहरुको प्रसंसा गर्दै याे गाँउलाइ नमुना उद्यमी… पुरा पढौ

नेप्सेमा सेञ्चुरी बैंकसहित ६ वटा कम्पनीको मूल्य समायोजन

काठमाडौं, १९ पुस । सेञ्चुरी कमर्सियल बैंकसहित ६ कम्पनीको सेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । कम्पनीहरुको बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । सेञ्चुरी कमर्सियल बैंकको ५.७५ प्रतिशत सेयर मूल्य समायोजन भएको छ । समायोजनपछि मूल्य प्रति कित्ता २२६ रुपैयाँ रहेको कायम भएको छ । त्यस्तै हिमालयन बैंकको २१.३८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको मूल्य प्रति कित्ता ३९८.७५ पैसा रहेको छ । प्रोगेसिभ फाइनान्सको ७.०१ प्रतिशत बोनस सेयर र मूल्य समायोजनपछि… पुरा पढौ

सोमबार ३०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं, १९ पुस । सोमबार सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । गएको शुक्रबारदेखि उकालो लागेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य ६०० रुपैयाँ र आइतबार ७०० रुपैयाँले बढेर छापावाला सुन ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज भने तीन सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको छ । साताको पहिलो दिन आइतबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको तेजावी सुनको मूल्य… पुरा पढौ

सोमबार घट्यो अमेरिकी डलरको भाउ, अन्य मुलुकको विनिमयदर कति ?

काठमाडौं, १९ पुस । सोमबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलरको एकको खरिददर ११८.६४ रुपैयाँ र विक्रीदर ११९.२४ रुपैयाँमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरोको खरिददर १३४.८९ रुपैयाँ र बिक्रीदर १३५.५८ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज युके पाउण्ड स्टलिङको एकको खरिददर १६०.५३ र बिक्रीदर १६१.२४ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज अष्ट्रेलियन डलरको एकको ८६.१४ रुपैयाँ खरिददर र ८६.५८ रुपैयाँ बिक्रीदर कायम भएको छ । त्यस्तै आज क्यानडियन डलरको एकको… पुरा पढौ

आपूर्ति व्यवस्थामा व्यवधान आउन नदिन मूल्य स्थिरीकरण कोष खर्चदै निगम

काठमाडौं, १९ पुस । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोर्दै आएको नेपाल आयल निगम वित्तीयरूपमा अप्ठ्यारो अवस्थामा पुगेको छ । कुनै समय मासिक रु पाँच अर्ब नोक्सानी बेहोर्दै आएको निगमले पछिल्लो समय विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सामान्य गिरावट हुँदा केही राहत महसुस गरे पनि सञ्चित नोक्सानी पूर्ति नहुँदा वित्तीय सङ्कटको अवस्थामा पुगेको हो । यद्यपि अहिले पनि निगम मासिक रु तीन अर्ब ७० करोड बढी घाटामा छ । डिसेम्बर १६ मा प्राप्त मूल्य सूचीअनुसार निगमलाई अहिले पनि पेट्रोलमा ५ रुपैयाँ… पुरा पढौ