मुख्य समाचार

विदेशमा अध्ययन स्वीकृति सेवाबारे छानबिन गर्न समिति

काठमाडौं, २० साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा पढ्न जाने विद्यार्थीका लागि दिइँदै आएको अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) सेवाको प्रभावकारिताबारे छानबिन समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव लक्ष्मीकुमार खड्काको संयोजकत्वमा १५ दिनको कार्यादेशसहित गठित ३ सदस्यीय समितिले मङ्गलबारदेखि कार्यारम्भ गरेको छ । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको निर्णयबाट गठित सो समितिले उक्त सेवालाई चुस्त, दुरुस्त र छिटो छरितो बनाउने विषयमा सुझाव दिने संयोजक खड्काले बताए । केशरमहलस्थित छात्रवृत्ति शाखाबाट हुने उक्त सेवा प्रभावकारी नभएको तथा सेवाग्राहीले अनावश्यक… पुरा पढौ

पनौतीमा बाह्रवर्षे ‘मकर मेला’को तयारी

काभ्रेपलाञ्चोक, २० साउन  । पाँच महिनापछि ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा एक महिना मकर मेला लाग्छ । हरेक बाह्र वर्षमा हुने ‘मकर मेला’को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रम थालिएको छ । नगरपालिकाले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो । हाल रोटरी क्लब अफ पनौतीले मेला प्रवद्र्धनार्थ मेलाको लोगोयुक्त मग सार्वजनिक गरेको छ भने मकर मेला–२०७८ र रोटरीको इन्टरनेशनल लोगो एकैसाथ प्रयोग गर्दै मेलाको प्रचार… पुरा पढौ

प्रि-ओपन सेसनः नेप्से परिसूचक १६ अंकले बढ्यो

काठमाडौं, २० साउन । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार प्रि-ओनिङ सेसनमा नेप्से परिसूचक १६ अंकले बढेको छ । सूचकांकहरु अधिकांशले सकारात्मक लय पकडेका छन् । नेप्से परिसूचक १६.२० अंकले बृद्धि भएको छ । यसरी बढेको नेप्से ३१२७.२९ विन्दुमा उक्लेको छ । नेप्सेमा ०.५२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने १.६२ अंकले बढेर ५७९.१४ विन्दुमा पुगेको छ । अघिल्लो दिन मंगलबार नेप्से २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा पुगेको थियो । आज प्रिओपनमै नेप्से १६.२० अंकले बृद्धि भएर ३१२७.२९ पुगेको… पुरा पढौ

सानिमा लाइफ इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं, २० साउन । पछिल्लो समयमा आइपीओप्रति लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । यो संख्या अहिले करबि २१ लाख पुगेको छ । कुनै पनि आइपीओ खुलाउनु अघि नै चियोचर्चाे गर्ने लगानीकर्ताहरु खुलेपछि ह्वात्तै लगानीका लागि झुम्मिने गरेका छन् । जसको कारण मागभन्दा कयौं गुणा आवेदन पर्ने र कतिको हात रित्तै हुने अवस्था पनि कायम रहेको छ । यसैमा लगानीकर्ताहरु भन्छन्, भाग्यमा भए शेयर पर्छ । पछिल्ला दिनहरुमा शेयर पर्नेहरुको हकमा साधारण शेयर कम्तिमा पनि १० कित्ता पर्ने गरेको छ । यसैबीच… पुरा पढौ

सङ्क्रमितले भरिए झापाका अस्पताल

झापा, २० साउन । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा टङ्क बाराकोटीले बताए। अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएका छन् । अक्सिजन ‘सपोर्ट’ चाहिने नयाँ बिरामीलाई अन्य अस्पतालमा पठाउन थालिएको छ । ५ वटा आइसीयु कक्षमध्ये तीनवटा कोभिडका बिरामीको उपचारका लागि छुट्याइएकामा… पुरा पढौ

बाढीपहिराले सडकमा ८० करोडको क्षति

काठमाडौं, २० साउन । वर्षाका कारण आएको बाढीपहिराले यो वर्ष सडकमा झण्डै ८० करोडको क्षति भएको छ । हालसम्म १ सय ५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जानकारी दिएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख (उपमहानिर्देशक) भीमार्जुन अधिकारीले बताए। उनका अनुसार खोलाको सतह माथिसम्म भइरहेकाले पुलमा अहिले नै क्षति देखिएको छैन । उनले भने, “वर्षा कम भएपछि मात्रै त्यसको क्षति यकिन हुनेछ… पुरा पढौ

मुस्ताङी ऊनको बजार सुनिश्चित, कृषकमा खुसियाली

म्याग्दी, २० साउन । च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले मुस्ताङको दामोदरकुण्ड लोघेकर गाउँपालिकाको चराङमा च्याङ्ग्राको भुवा सङ्कलन केन्द्र स्थापना गरेपछि ऊनले बजार पाउने सुनिश्चित भएको हो । खेर गइरहेको च्याङ्ग्राको ऊनको सदुपयोग हुने, कृषकले आम्दानी लिने र पस्मिनाको कच्चापदार्थ आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल पस्मिना उद्योग सङ्घले स्वदेशी कच्चापदार्थ (ऊन प्रशोधन) गरेर पस्मिना बनाउने धागो उत्पादन गर्न चराङमा भुवा (ऊन)… पुरा पढौ

निषेधाज्ञाको कारण सामलिङ पावरले सार्यो आइपीओमा आवेदन दिने म्याद

काठमाडौं, २० साउन । सामलिङ पावर कम्पनीले साउन २२ गतेबाट सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्रीको तयारी गरेपनि जारि निषेधाज्ञाको कारण मिति पछाडी सारेको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले साउन २२ गतेबाट आइपीओ निष्काशन खुल्ला गर्ने बताएको थियो । आयोजना रहेको जिल्ला इलाममा साउन १८ देखि साउनको २५ गतेसम्म निषेधाज्ञा लागू गरिएको कारण कम्पनीले आइपीओमा आवेदन दिने म्याद पछि सारेको जनाएको छ । कम्पनीका अनुसार छिटट्टै अर्को नयाँ सूचना जारि गरेर आवेदन खुल्ला गरिने भएको छ । नेपाल धितोपत्र… पुरा पढौ

भूकम्पबाट प्रभावित ३७५ विद्यालय भवनको पुनर्निर्माण

वाग्मती, २० साउन । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) हेटौँडाका अनुसार गत आर्थिक वर्ष ०७७/७८ सम्म जिल्लाभित्र कूल ३७५ विद्यालयको कूल एक हजार ६६५ कक्षाकोठा निर्माण सम्पन्न भएको हो । मकवानपुरका तत्कालीन अवस्थामा रहेको कूल ५१६ विद्यालयमध्ये ४०९ विद्यालयका दुई हजार ३१० कक्षाकोठालाई भूकम्पले… पुरा पढौ

उच्च जोखिमका घरमा बस्ने तयारी नगर्न मेलम्ची नगरपालिकाको अपिल

सिन्धुपाल्चोक, २० साउन । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पु¥याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मङ्गलबार जारी अपिलमा भनिएको छ । बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी… पुरा पढौ