मुख्य समाचार

मनाङ बन्याे कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला

मनाङ, १९ साउन । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् । अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ । उहाँका अनुसार जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए । मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड… पुरा पढौ

आत्मनिर्भर लघुवित्तले १ करोड ८० लाखको शेयर निष्काशन गर्ने

काठमाडौं, १९ साउन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । शेयर निष्काशन तथा बिक्रीका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ । दुबै संस्थाबीच सम्झौता सम्पन्न भएको छ । यसका लागि कम्पनीकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगातवीर चौधरी र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संस्थाको रजिष्ट्रार कार्यालय लुम्बिनी प्रदेश, दाङको घोराहीमा रहेको… पुरा पढौ

उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा-के गर्न पाइने, के नपाइने ?

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले साउन २१ देखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने यस्ता कार्यक्रममा रोक लगाइएको हो । यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि यस्ता भीडभाडजन्य गतिविधि रोक्न… पुरा पढौ

पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज

पोखरा, १९ साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १९ दिनको उपचारपछि डिस्चार्ज भएका छन् । मस्तिष्क पक्षघातबाट पीडित उनको काठमाडौं बाँसबारीस्थित न्यूरो सर्जन अस्पतालमा उपचार हुँदै आएकोमा मंगलबार अस्पतालले डिस्चार्ज गरेको पोखरा महानगरपालिका प्रमुखको सचिवालयले जनाएको छ । चिकित्सकका अनुसार उनी अझै २ सातासम्म चिकित्सकीय निगरानीमा रहनुपर्ने छ । हाल उनकी काठमाडौं बूढालिनकण्ठस्थित छोरीको घरमा बसेका छन् । पुरा पढौ

सङ्क्रमण बढ्दा अस्पताल भरिए, असोज १५ पछि तेस्रो लहर आउने चेतावनी

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँ बिरामी बढेका हुन् । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, पाटन अस्पताल, शिक्षण अस्पताललगायत संस्थामा बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमित बढेपछि कोभिड–१९ उपचारका लागि छुट्याइएका सघन उपचारकक्ष आइसीयु, हाइडिपेन्डेन्सी युनिट एचडीयु, भेन्टिलेटर र साधारण शय्या… पुरा पढौ

मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता

बुटवल, १९ साउन । लुम्बिनी प्रदेश सभाको विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलवार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभा सचिवालयमा विपक्षीबाट दर्ता गरिएको यो तेस्रो अविश्वासको प्रस्ताव हो । प्रदेशसभा सचिवालयका सचिव दुर्लवकुमार पुन मगरले दिउँसो ३ः४५ बजे पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको जानकारी दिए । माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको सचिव पुनले जानकारी दिए । ३४ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षीले वैशाख ६ गते पहिलो पटक… पुरा पढौ

३१११.०९ विन्दुमा पुग्दै नेप्सेले रच्यो नयाँ कीर्तिमान, कतिको भयो कारोबार ?

काठमाडौं, १९ साउन । साताको तेश्रो दिन मंगलबार पुनः शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले यसअघिको आफ्नै रेकर्डलाई ब्रेक गर्दै अहिलेसम्मकै उच्च विन्दुमा पुग्न सफल भएको हो । नेप्सेको यो रेकर्डले गर्दा लगानीकर्ताहरुमा उमंग छाएको छ भने उनीहरुको मनोवल पनि बढेको छ । नेप्से परिसूचक ३१११.०९ विन्दुमा पुगेको छ । यसअघि नेप्सेमा ३०९४.९४ विन्दुको उच्च रेकर्ड बनेको थियो । बजार बन्द हुँदाको समयसम्म आउँदा नेप्सेले उच्च रेकर्ड बनाएपछि शयर बजार गतिशिल हुने अपेक्षा गरिएको… पुरा पढौ

कास्कीमा साउन २७ सम्म थपियो निषेधाज्ञा

पोखरा, १९ साउन । कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा अवधि थप गरेको छ । जिल्लामा साउन २७ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्बाइएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डिसिएमसी) को सोमबार बसेको बैठकले पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर फेरि बढ्न थालेकाले निषेधाज्ञा कायम राख्ने निर्णय गरेबमोजिम कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलेले निषेधाज्ञाको अवधि लम्बाउने आदेश जारी गरेका हुन् । प्रशासनद्वारा जारी आदेशमा थप गरिएको निषेधाज्ञा अवधिमा यसअघिका प्रावधानलाई कायमै राख्दै यदि… पुरा पढौ

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

काठमाडौं, १९ साउन । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत असार मसान्तसम्म ४६ दशमलव १६ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ । पहिलो खण्डअन्तर्गत प्रदेश नं १, २ र बागमती प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको नेपाल टेलिकमले उक्त क्षेत्रमा फाइबर जडान सम्पन्न गरेको हो । सम्झौताअनुसार टेलिकमले तीन प्रदेशमा दुई हजार ८३ किलोमिटरमा… पुरा पढौ

लुम्बिनीमा सरकार परिवर्तनको दौडधुप

रुपन्देही, १९ साउन। लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन् । बहुमतको सरकार गठनको माग गर्दै ध्यानाकर्षण गराएका विपक्षी गठबन्धनले सोमबार पुनः संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरेका छन् । विपक्षी दलहरुले ४१ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाएका छन् । यद्यपि ४१ मध्ये बिमला वलीले भने एमालेमै रहेको… पुरा पढौ