मुख्य समाचार

नबिल बैंकको साधारण सभा आज, युनाइटेड फाइनान्स गाभ्ने निर्णय अनुमोदन हुने

काठमाडौं, ५ असार । नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने निर्णय साधारणसभाबाट शनिबार अनुमोदन गराउने भएको छ । बैंकको आज शनिबार बस्ने साधारण सभाले युनाइटेडलाई प्राप्ति गर्ने निर्णय अनुमोदन गर्ने भएको हो । बैंकको विशेष साधारणले फाइनान्सलाई सम्पत्ति तथा दायित्वमूल्याङ्कन प्रतिवेदन अनुसार कायम हुन आएका फाइनान्सको १०० कित्ता शेयर बराबर बैंकको ३५ कित्ता शेयर अनुपातमा प्राप्ती गर्दैछ । सभामा मर्जर तथा पप्तीका लागि भए गरेका सम्पूर्ण कामकारवाहीहरुको अनुमोदन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, र अन्य थप संस्थाहरुसँग… पुरा पढौ

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाडौं, ५ असार । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो । मन्त्रालयका अनुसार ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् । यस्तै, नेशनल मेडिकल कलेज,… पुरा पढौ

सिएमसिमा पोष्ट कोभिडको परामर्श र उपचार शुरु

चितवन, ५ असार । कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज (सिएमसि)ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालको महत्वपूर्ण विभागका प्रमुखहरुको नेतृत्वमा सेवा शुरु गरिएको हो । वरिष्ठ छाती रोग विशेषज्ञ तथा सघन उपचारका प्रमुख डा.शितल अधिकारी, डा. वसन्त गौली, मनोरोग विभागका प्रमुख डा.शैलेन्द्र अधिकारी र फिजियोथेरापीका प्रमुख ऋषिकेश साहको विशिष्ट टोलीद्वारा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म परामर्श तथा… पुरा पढौ

विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडौं, ५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताएकि छन् । मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे गृह मन्त्रालय‚ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकि हुन ।… पुरा पढौ

मेलम्चीमा फेरि आयो बाढी, सुरक्षित रहन आग्रह

काठमाडौं, ४ असार । मेलम्चीमा फेरि भीषण बाढी आएको छ । गत असार १ गतेको भन्दा ठूलो बाढी आएपछि नदी नटिय क्षेत्रका स्थानीय भागभाग गरेका छन् । शुक्रबार राति करिब ९ बजेतिर एक्कासि नदीको सतह बढेको हो। मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । शुक्रबार दिउँसो केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर असार १ को जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ। मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन्… पुरा पढौ

चरक मेमोरियल हस्पिटलले क्याथ ल्याब सेवा विस्तार गर्दै

पोखरा, ४ असार । पोखराको चरक मेमोरियल हस्पिटलले क्याथ ल्याब सेवा विस्तार गर्ने भएकाे छ । हस्पिटलले यही असार ६ गतेबाट क्याथ ल्याब सेवा सुरु गर्ने भएको हाे । साे सेवा शुरू भएपछि चरकले एन्जियोग्राफी, पीटीसीए, स्टेन्टिङ, पेसमेकर प्रत्यारोपण सहित मुटुरोग सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्नेछ । हस्पिटलले निकट भविश्यमा बाइपास सर्जरी सेवासमेत सुरु गर्ने तयारी गरेको हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए। हस्पिटलको पहिलो प्राथमिकता भनेकाे बिरामी बचाउनु हो। बिरामीको रोगको प्रकृति र आवश्यकताको आधारमा उपचार अगाडि बढाउँछौं… पुरा पढौ

शताब्दी पुरुष जोशी अस्पतालबाट घर फिर्ता

ललितपुर, ४ असार । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी दशौँ दिनमा अस्पतालबाट घर फर्किएका छन् । उनलाई श्वासप्रश्वास, छाति, मुटुकाे चालमा समस्या तथा रक्तचापमा समेत कमी देखिएपछि ग्वार्काेस्थित किष्ट शिक्षण अस्पतालमा गत जेठ २६ गते भर्ना गरी उपचार शुरुआत गरिएको थियो । उनको स्वास्थ्यमा पूर्ण सुधार भएपछि आज दिउँसो घर पठाइएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए । उनले भने, “शताब्दी पुरुषका छातिमा समस्या देखिएपछि हामीले अस्पतालमा भर्ना गरेका थियौँ । उनमा कोरोना सङक्रमणको पनि परीक्षण भयो । सङ्क्रमण देखिएन… पुरा पढौ

गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच शेयर लगानी /स्वामित्व खरिद सम्झौता

काठमाडौं, ४ असार । गरिमा विकास बैंक लिमिटेड र केसीएल अस्ट्युट क्यापिटल लिमिटेडबिच शेयर स्वामित्व खरिद गर्नेसम्वन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रवार आयोजित कार्यक्रममा सोसम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटल लिमिटेडतर्फबाट अध्यक्ष दीपक पाण्डेयले हस्ताक्षर गरेका हुन्। सम्झौतापश्चात केसीएल अस्ट्युट क्यापिटल लिमिटेडमा गरिमाको ५१.२० प्रतिशत शेयर स्वामित्व कायम भई केसीएल अस्ट्युट क्यापिटल लिमिटेड गरिमाको सहायक कम्पनीको रुपमा स्थापित हुने जनाईएको छ। साथै गरिमाले शेयर लगानी गरेपश्चात केसीएल अस्ट्युट क्यापिटल लिमिटेडको… पुरा पढौ

१८ कम्पनीको ५ अर्ब ७१ करोड बढीको आइपीओ निष्काशन हुँदै

काठमाडौं, ४ असार । शेयर बजारमा पुराना लगानीकर्ताहरुको सुजबुझकासाथ भईरहेको निरन्तरता र नयाँ लगानीकर्ताहरुको आकर्षण कायम भईरहेको सन्दर्भमा सर्वसाधारणका लागि प्रारम्भिक शेयर निष्काशन गर्न कम्पनीहरु अग्रसर भईरहेका छन् । कम्पनीहरु केहिले आइपीओ निष्काशन गरिसकेका छन् भने केहि निष्काशनको तयारी र प्रक्रियामा रहेका छन् । यस्तैमा नेपाल धितोपत्र बोर्डले १८ वटा कम्पनीहरु आईपीओ निष्काशनको लागि पाईप लाईनमा रहेकाे जनाएको छ । उनीहरुले ५ करोड ७१ लाख ५० हजार ३३४ कित्ता आइपीओ निष्काशन गर्न लागेका छन् । जस्ले ५ अर्ब ७१ करोड… पुरा पढौ

सरकारलाई विश्वासको मत दिने बेला भएको छैन: निवर्तमान मुख्यमन्त्री गुरुङ

पोखरा, ४ असार । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासकाे मत लिन गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दलको हैशियतमा संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् । प्रदेशमा ७ बटा बढाएर ११ वटासम्म मन्त्रालय बिस्तार गरेकोमा तत्कालीन विपक्षी दलबाट टीकाटिप्पणी खेपेको स्मरण गर्दै उनले अहिले भने आफ्नो कार्यबाट पोखरेल नेतृत्वको सरकारलाई सजिलो भएका बताए । उनले भने, ‘प्रदेशमा सबैभन्दा मुर्ख… पुरा पढौ