मुख्य समाचार

लगातार सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

काठमाडौं, ४ असार । लगातार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन बिहिबार छापावाला सुनमा रुपैयाँ ११०० ले घटेको छापावाला सुनको मूल्यमा शुक्रबार पनि रुपैयाँ १२०० ले घटेको छ । बिहिबार रुपैयाँ २० ले घटेको चाँदीमा शुक्रबार ३५ रुपैयाँ घटेको छ । असार लागेपछि नेपाली बजारमा सुनको मूल्यमा गिरावट भईरहेको छ । सुनमा २४०० रुपैयाँले घटेको पाईएको छ भने चाँदीमा ६० रुपैयाँ घटेको पाईएको छ । शुक्रबार १२०० रुपैयाँले घटेर सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पोखरेलले संसदमा विश्वासको मत लिँदै (लाइभ)

पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त पोखरेलले सदनमा विश्वासको मत लिन लागेका हुन् । नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । प्रदेशसभामा हाल कायम ५९ सदस्य रहेकोले उनलाई विश्वासको मतका लागि बहुमत पुर्‍याउन ३० मत चाहिन्छ । हेर्नोस् लाइभः https://www.youtube.com/watch?v=i4nDphxSP9U पुरा पढौ

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

दार्चुला, ४ असार  । लगातारको वर्षाका कारण महाकाली नदीको सतह बढ्दै गएको छ । महाकालीमा पानीको सतह बढेसँगै जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सजकता अपनाउन सबैमा आग्रह गरेको छ । आज बिहान महाकाली नदीको बहाव ५ मिटर ८० सेन्टिमिटर पुगेको छ । प्रहरी चौकी दत्तुका अनुसार छ मिटर नाघ्यो भने खतरा हुन्छ । नदीमा ढुङ्गा तथा ठूला काठ बगिरहेका छन् । नदी बढेर सदरमुकाम खलङ्गाको बङ्गाबगड क्षेत्रमा तटबन्ध माथि चढेको छ । पत्रकार भोजराज जोशीका अनुसार निर्माणाधीन तटबन्धभन्दा माथि… पुरा पढौ

कामपाको नीति तथा कार्यक्रममा सम्पदा संरक्षणमा जोड

काठमाडौं, ४ असार । विगतको वर्षमा जस्तै यस वर्ष पनि काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सम्पदा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । कामपाले आगामी आव २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । जसमा कामपा क्षेत्रभित्रका अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि परम्परागत बाजा सिकाउने गुरु, सामुदायिक गुम्बाको सञ्चालनमा संलग्न प्रमुख लामालाई सम्मान गर्ने कार्यलाई निरन्तर दिइने उल्लेख छ । त्यसैगरी सांस्कृतिक पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण योगदान गर्दै आइरहेका गुठी, बाजा खलः, भजन… पुरा पढौ

रिलायबल लाइफकाे साधारण सभा आज, आइपीओ निष्काशनको प्रस्ताव पारित हुँदै

काठमाडौं, ४ असार । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तेश्रो साधारण सभा आज हुँदैछ । काठमाडौं ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ वजे बालाईएको साधारण सभा अनलाइन माध्यमबाट हुँदैछ । साधारण सभामा कम्पनीको संचालक समितिले प्रस्ताव गरेको आइपीओ निष्काशन लगायतका विषयमा छलफल गरी पारित गरिने भएको छ । साधारण सभामा आर्थिक वर्ष २०७५/०७६ को प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह तथा वित्तीय विवरण लगायतका एजेण्डामाथि छलफल गरी पारित गरिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख… पुरा पढौ

प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

पोखरा, ४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा सोको लागि २ दिनअघि नै प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसकेका थिए । प्रदेशसभा बैठक बिहान ११ बजे पोखरा सभागृहमा बस्दैछ । बजेट पास हुनुअघि नै प्रदेशसभामा विश्वासको मत लिएर अघि बढ्ने उनको तयारी छ । बिहीबार मनाङमा राहत सामग्री लिएर पुगेका उनी मौसम खराबीले उतै अड्किएकोमा… पुरा पढौ

बाढीले सिक्लेस हाइड्रोमा झन्डै ३० करोडको क्षति

पोखरा, ४ असार । मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको छ । मादी–१, मदक्यू खोलामा १३ मेगावाट क्षमताको सो आयोजनामा मंगलबार आएको बाढीले सो बराबरको क्षति पुगेको हो । आयोजनाका सञ्चालक किरण केसीका अनुसार १४ किलोमिटर ट्रान्समिसन लाइन लगायत अन्य संरचनामा क्षति पुग्दा विद्युत उत्पादनसमेत बन्द भएको छ । अविरल वर्षापछि आएको बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको छ भने बाँधमा व्यापक क्षति पुगेकोछ । आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना,… पुरा पढौ

भर्चुअल कक्षाको विकल्प खोजिनुपर्छ : शिक्षक महासङ्घ

नवलपुर, ४ असार । असार १ देखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र शुरु गरेको हो । नयाँ शैक्षिक सत्र शुरु भए पनि सबै विद्यार्थी भर्चुअल माध्यमबाट पढ्न नसक्ने भन्दै नेपाल शिक्षक महासङ्घले यसको विकल्प खोज्न सरकारसँग माग गरेको छ । नेपाल शिक्षक महासङ्घले भर्चुअल माध्यमबाट पत्रकार भेटघाट कार्यक्रम राख्दै ग्रामीण क्षेत्रका विद्यार्थीले भर्चुअल कक्षा लिन नसक्ने बताएको हो । महासङ्घका केन्द्रीय सहअध्यक्ष पूर्णप्रसाद दबाडीले सामुदायिक विद्यालयका २५ प्रतिशत विद्यार्थीको पनि… पुरा पढौ

पूर्वमन्त्री बस्नेतले पठाए मेलम्चीमा २० लाख बढीको राहत

भक्तपुर, ४ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाएका छन् । विपद्मा पीडित बनेका यहाँका बासिन्दालाई सहयोग गर्ने हेतुले सङ्कलित राहत रकम तथा सामग्रीका साथ एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ नेपालको टोलीलाई सङ्घका इन्चार्जसमेत रहेका भक्तपुरका निवर्तमान सांसद बस्नेतले सामग्री पठाएका हुन । सङ्घको टोलीले राहत सामग्री, विभिन्न स्वास्थ्य सामग्री तथा बन्दोबस्तीका सामग्रीसहित मेलम्ची, हेलम्बुमा… पुरा पढौ

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा, ४ असार । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण इन्द्रावती र भोटेकोशी नदीमा आएको बाढीका कारण नदीमा पानीको बहाव बढेर ती घर डुबानमा परेको हो । घर डुबानमा परेपछि जनप्रतिनिधि, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा डुबानमा परेका घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुका साथै सामानसमेत निकालेर अन्यत्र सारिएको छ । डुबान क्षेत्रमा परेका बजार क्षेत्रको बिहीबार पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल,… पुरा पढौ