मुख्य समाचार

बागलुङमा विपद् : ४१ परिवार विस्थापित, ७ घर उच्च जोखिममा

गलकोट, ४ असार । निरन्तरको वर्षाका कारण बागलुङमा ४१ घर परिवार विस्थापित भएका छन् । गत सोमबारदेखि निरन्तर परेको भारी वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन् । यसमा अधिकको घर पूर्ण क्षति र केहीको आशिंक क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बाढी पहिरोका कारण जिल्लामा ७ घर उच्च जोखिममा परेको र जुनसुकै बेला विस्थापित हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए… पुरा पढौ

शेयर कारोवारमा जोखिम रहेको भनी सार्वजनिक प्रतिवेदनप्रति इपानकाे आपत्ति

काठमाडौं, ४ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)ले वास्तविक अवस्थाको ख्याल नै नगरी नेपाल धितोपत्र बोर्डले विभिन्न जलविद्युत् कम्पनीको शेयर कारोवारमा जोखिम रहेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । इपानले एक विज्ञप्तिमार्फत जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि मात्रै आम्दानी विस्तारै बढेर जाने तथा प्रतिशेयर मूल्य आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ । इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकार, नेपाल राष्ट्र बैंकको सकारात्मक पहलपछि अन्य कम्पनीहरूको जस्तै जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको तथ्यलाई बोर्डले ख्याल… पुरा पढौ

‘प्रधानमन्त्रीले विश्वासको मत पाउने-नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई’(पूर्णपाठ)

काठमाडौं, ३ असार । राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई १४ बुँदे लिखित जवाफ पठाएकोे छ । महान्यायाधिवक्ता कार्यालयमार्फत् आज पेश लिखित जवाफमा नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउने वा नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई भएको उल्लेख छ । “नेपालको संविधान धारा ७६ को उपधारा (५) बमोजिम बन्ने प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार छ वा छैन भनी यकिन गरिएको छ,” लिखित जवाफमा भनिएको छ, “यस्तो कार्य राष्ट्रपति विद्यादवी भण्डारीबाट मात्र हुने हो र भएको… पुरा पढौ

पेन्सन होल्डरहरुलाई ग्लोबल आइएमई बैंकको सहज कर्जा

काठमाडौं, ३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले निवृत्तिभरण प्राप्त गर्ने अवकास प्राप्त कर्मचारीहरूलाई लक्षित गरी ग्लोबल समृद्ध अवकास मुद्दती खाता सञ्चालनमा ल्याएको छ । यस खाता अन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई निक्षेपमा उच्च प्रतिफल, कर्जामा विशेष सहुलियत र व्यक्ति विशेष सेवा उपलब्ध गराउनेछ । यो खाताले निवृत्तीभरण पाइरहनु भएका व्यक्तिहरुलाई पनि आफ्नो पेन्सन रकममध्ये भविष्यमा आइपर्ने गर्जो टार्न अनिवार्य रुपमा बचत गर्दै जाने बानी बसाल्न प्रेरित गर्ने तथा स्वास्थोपचार लगायत अत्यावश्यक खर्च धान्न तत्काल सापटी, कर्जा सुविधाको व्यवस्था समेत गरेकोले… पुरा पढौ

कोभिडबाट प्रभावित करदातालाई काठमाडौँ महानगरपालिकाले कर छुट दिने

काठमाडौं, ३ असार । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आव २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो। “यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत वा २५ हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ, यस कार्यका लागि निजी क्षेत्रसमेत परिचालन गरिनेछ”, नीतिमा भनिएको छ, “कामपालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा… पुरा पढौ

मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको हेली उद्धार

पोखरा, ३ असार । विगत ३ दिनदेखि मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको बिहीबार हेली उद्धार गरिएको छ । मौसममा आएको खराबीका कारण यसअघि त्यस क्षेत्रमा हेलिकोप्टर जान सकेको थिएन। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत सिरानतालका २४ जना र थोंचेको गुम्बामा ११ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । विघटित प्रतिनिधिसभा सदस्य पाल्तेन छोपाङ गुरुङको पहलमा सो उद्धार सम्भव भएको हो। उनीहरुलाई त्रिपाल, टेन्ट, पानी लगायत सामग्री प्रदान गरिएको छ । चामेमा खानेपानी अभाव भएपछि… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, काराेबारमा नेपाल पुनर्बीमा कम्पनी अब्बल

काठमाडौं, ३ असार । साताको पाँचौ दिन बिहिबार शेयर बजारमा निकै उतारचढाव देखियो । छिनछिनमै सूचकांकहरुमा फेरबदल भईरहने अवस्था देखिएको थियो । कुनैबेला दोहोरो अंकको गिरावट र कुनैबेला भने दोहोरै अंकको बढोत्तरी र कुनैबेला एकोहोरो रुपमा घट्ने र बढ्ने क्रम चलिरह्यो । शेयर कारोबार हुने अन्तिम दिन बिहिबारको प्रि ओपन सेसनमा शेयर बजार सकारात्मक लयमा गएको देखियो । नेप्से परिसूचक १३.२५ अंकले बढेर २९८२.९७ विन्दुमा पुग्यो । यस्तै सेन्सेटिभ इण्डेक्स ३.९७ अंकले बढेर ५४५.९७ विन्दुमा उक्लियो । बुधबार नेप्सेमा ५२.४१… पुरा पढौ

प्रदेशस्तरीय विपद् कोषमा पाँच करोड रूपैयाँ राख्ने

पाेखरा, ३ असार । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । पछिल्ला दिनमा प्रदेश अन्तर्गतका जिल्लामा अविरल वर्षासँगै ठाउँ ठाउँमा क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि सो रकम राख्ने निर्णय गरिएको हो । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा आज बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो । हिमाल पारीको जिल्ला मनाङका विभिन्न स्थानमा बाढी पहिरोले पु¥याएको क्षतिको अवलोकनका लागि मुख्यमन्त्रीसहितको टोली आजै मनाङ… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब २६ कराेड बढीको कारोबार

काठमाडौं, ३ असार । साताको पाँचौ दिन शेयर कारोबार हुने अन्तिमको प्रि ओपन सेसनमा शेयर बजार सकारात्मक लयमा गएको देखियो । नेप्से परिसूचक १३.२५ अंकले बढेर २९८२.९७ विन्दुमा पुग्यो । यस्तै सेन्सेटिभ इण्डेक्स ३.९७ अंकले बढेर ५४५.९७ विन्दुमा उक्लियो । बुधबार नेप्सेमा ५२.४१ अंकले गिरावट आई २९६९.६९ विन्दुमा पुगेको थियो । मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको शेयरमा चलखेलले मूल्य बृद्धि भएको सूचना सार्वजनिक भएपछि शेयर बजारमा नकारात्मक प्रभाव परेको थियो । आजको प्रि ओपन सेसन सकारात्मक देखिए पनि मध्यान्ह… पुरा पढौ

नेपालमा महामारी प्रतिकार्य र पुनरुत्थानका लागि विश्व बैंकबाट १७ अर्ब ५५ करोड सहयाेग

काठमाडौं, ३ असार । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ। बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम बिहिबार स्वीकृत गरेको हो। “महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो”, नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले सहायता रकम स्वीकृत भएपछि भनेका छन्।… पुरा पढौ