काठमाडौं, ३ असार। केही दिनदेखिको वर्षाका कारण देशका विभिन्न १५ जिल्ला प्रभावित भएका छन्। गृहमन्त्रालयका अनुसार बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँचजी, प्यूठान, कास्की, पर्वत, म्यादी, डोटीलगायत जिल्ला प्रभावित भएका हुन्। जसमध्ये पनि सिन्धुपाल्चोक र मनाङमा धेरै क्षति भएको मन्त्रालयले जनाएको छ। गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढी र पहिरोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ। दाहालका अनुसार सिन्धुपाल्चोकमा दुई, कास्की, पाल्पा, बाबुरा र डोटीमा १–१ जना गरेर ६ जनाको मृत्यु भएको हो। त्यसैगरी…
पुरा पढौ