मुख्य समाचार

गण्डकीमा सत्ताको खेलः पृथ्वीसुव्वा गुरुङको पनि दाबी

पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेस गरेका छन् । प्रदेश प्रमुखले वैकल्पिक सरकार बनाउन २४ घण्टाको समयसीमा शनिबार दिउँसो ३ बजे सकिँदा गण्डकीमा नयाँ ट्वीष्ट सुरु भएको हो । विघटित सरकारका मुख्यमन्त्री गुरुङले राष्ट्रिय जनमोर्चा नेपालका कृष्ण थापा पक्ष र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको समर्थन रहेको पत्रका आधारमा दाबी पेस गरेका हुन् । यसअघि शुक्रबार नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सहितका गठबन्धनले सशरीर उपस्थित भइ कृष्णचन्द्र नेपालीलाई अघि… पुरा पढौ

वैद्यले ओलीविरुद्धको अभिव्यक्तिमा आत्मालोचना गर्दै माफी मागे

काठमाडौं, २९ जेठ। नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा उनले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका हुन्। वैद्यले शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन आफु नाथुराम गोड्से बन्न तयार भएको बताएका थिए। नाथुराम गोड्सेले भारतमा महात्मा गान्धीको गोली हानेर हत्या गरेका थिए। यो अभिव्यक्तिले प्रधानमन्त्री ओलीलाई मार्ने षडयन्त्र भएको भन्दै चौतर्फी आलोचना भएपछि वैद्यले आत्मालोचना गर्दै माफी मागेका हुन्। उनले आत्मालोचना गर्दै… पुरा पढौ

विदेशबाट फर्किएका युवाले राष्ट्र बैंकबाट लिए ६५ करोड कर्जा

काठमाडौँ, २९ जेठ । विदेशबाट फर्किएका झण्डै ८ सय युवाले ६५ करोडभन्दा धेरै कर्जा लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । सरकारले विदेशबाट फर्किएका युवालाई दिँदै आएको ‘वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा’बाट ७ सय ८२ जनाले लाभ लिएका बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । उनका अनुसार अहिलेसम्म ६५ करोड २५ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । मापदण्ड पूरा गरेका सबैले कर्जा लिन सक्ने ढकालले बताए । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार व्यवसाय… पुरा पढौ

३० दिनमा ४० प्रतिशतले रोजगारी गुमाए : अध्ययन

काठमाडौँ, २९ जेठ । ३० दिनमा ४० प्रतिशतले रोजगार तथा नियमित आम्दानी दुवै गुमाएको एक अध्ययनले देखाएको छ। युनिसेफ नेपालको सहकार्यमा शेयरकाष्ट इनिसियटिभ नेपालले गरेको अध्ययनले निषेधाज्ञामा ४० प्रतिशतले रोजगार तथा नियमित नियमित आम्दानी दुवै गुमाएको देखाएको हो। ४० प्रतिशतले पसल, भाडा, रेमिटेन्स आदीबाट हुने आमदानी गुमाएको प्रतिवेदनमा उल्लेख छ। यस्तै कर्णाली र बागमती प्रदेशमा बसोबास गर्ने धेरैले पछिल्लो ३० दिनमा आम्दानी गुमाएका छन्। यस्तै अध्ययनले रोजगार वा नियमित आम्दानी मध्ये एक गुमाउने झण्डै ७१ प्रतिशत रहेको उल्लेख गरेको छ।… पुरा पढौ

गण्डकीमा नयाँ सरकार छिनोफानो आज

पोखरा, २९ जेठ । विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेपछि गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको छिनोफानो हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गरेकोमा विपक्षी गठबन्धनले ३१ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरिसकेका छन् । जसमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेशसभा सदस्यले काँग्रेस संसदीय दलका नेता कृष्ष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका… पुरा पढौ

मनसुन नेपाल भित्रियो : धेरै ठाउँमा पानी पर्ने

काठमाडौं, २९ जेठ । यो वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालको पूर्वी भूभागबाट यो वर्षको मनसुन नेपाल प्रवेश गरेको मौसमविद्ले बताएका छन् । सामान्यतया नेपालमा जुन १० तारिखमा प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ । तर यो वर्ष एक दिन ढिला गरि मनसुन नेपाल प्रवेश गरेको हो । प्रदेश १, २ र बागमती प्रदेशमा प्रवेश गरेको मनसुन एकदुई दिनमै अरु प्रदेशमा फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले आउँदो हप्ता मनसुन सक्रिय भई देशभरी… पुरा पढौ

१० खेलाडीमा सीमित नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित

विश्वकप छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित भएको छ। पहिलो हाफको अन्तिम मिनेटमा नेपालका डिफेन्डर रोहित चन्द रातो कार्ड खाँदै मैदान छोड्न बाध्य भएका थिए। रोहितले मैदान छोड्नु अघि नै २ गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको हो। खेलको छैटौँ मिनेटमा अग्रता लिएको अष्ट्रेलियाले ३८ औँ मिनेटमा दोस्रो गोल गरेको थियो। पहिलो हाफको अन्तिम मिनेटमा बल लिएर अगाडि बढिरहेका अष्ट्रेलियाका खेलाडीलाई डिफेन्डर चन्द्रले तानेपछि सोझै रातो कार्ड पाएका हुन्। अष्ट्रेलियाका थुप्रै प्रहारलाई नेपालका गोलकिपर किरणकुमार… पुरा पढौ

महामारीले अर्थतन्त्रका सबै क्षेत्रमा समस्या बढ्यो, साझा सहकार्य जरुरी

काठमाडौं, २९ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने स्पष्ट पारेको छ । महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र सङ्घईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औँ बैठकलाई नेपालको रोजगारदाताका तर्फबाट सम्बोधन गर्दै कोरोनाका कारण आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुकबीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गरे । नेपालमा कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशव्यापी रूपमा… पुरा पढौ

राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाउन सभामुखको आग्रह

काठमाडौं, २९ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले दलहरुलाई राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाएर सहमति, सहकार्यका साथ अगाडि बढ्न आग्रह गरेका छन् । विघटित प्रतिनिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित छलफलमा सभामुख सापकोटाले संविधानले नै अर्को निर्वाचन नभएसम्म सभामुख रहने व्यवस्था गरेकाले आफू संविधानको परिधिमा रहेर काम गर्ने बताए । उनले संसारभरको मान्यता, सिद्धान्तअनुसार अर्को निर्वाचन नहुँदासम्म सभामुख रहने तथा जनताका प्रतिनिधिका आवाज संसद्मा आउने र सभामुखमा केन्द्रित रहने तथ्यलाई सभामुखले उल्लेख गरेकाे… पुरा पढौ

निषेधाज्ञाले हाेटल तथा मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक मर्कामा

काठमाडौं, २८ जेठ । कोरोनाका कारण जारी निषेधाज्ञाले हाेटल तथा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल,रेष्टुरेन्ट,क्लब,दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हकहितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको सहभागीले बताए। संस्थाको तथ्याङ्कअनुसार निषेधाज्ञामा २५ श्रमिकले रोजगारी गुमाएर खाने, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको उल्लेख छ । यस क्षेत्रमा ८ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो… पुरा पढौ