मुख्य समाचार

गण्डकी प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको आह्वान

पोखरा, २८ जेठ । गण्डकी प्रदेश प्रमुखद्वारा २४ घण्टाभित्र प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउँसो ३ बजे संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रयोजनको लागि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा संविधानको धारा १६८ (२) बमोजिमको प्रदेशसभाका सदस्यहरुलाई आह्वान गरेकी हुन् । साथै अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै कार्य गर्ने उल्लेख छ । पुरा पढौ

नर्भिकको ओपिडी आइतबारदेखि सञ्चालनमा आउने

काठमाडौं, २८ जेठ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपिडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । कोभिड-१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो । पछिल्लो समय कोभिड सङ्क्रमण निरन्तर घटिरहेको छ । कोभिड सङ्क्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने कोभिड बाहेकका बिरामीको चाप ह्वात्तै बढेको छ । कोभिडका बिरामीको सङ्ख्या घट्नु र कोभिड बाहेकका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको… पुरा पढौ

७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन

काठमाडौं, २८ जेठ । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी गर्दै कोभिड–१९ नियन्त्रणमा सक्रियतापूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षास्थितिलाई मजबुत बनाउन निर्देश गरेको हो । गृहप्रवक्ता जनकराज दाहालले मन्त्री अधिकारीबाट प्राप्त निर्देशनअनुसार परिपत्र जारी… पुरा पढौ

राष्ट्रिय जनमोर्चाका सांसद थापा फेरि हटाइए

पोखरा, २८ जेठ । संसदीय दलको ह्वीपविपरीत तटस्थ बसेको भन्दै राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई फेरि कारबाही गरिएको छ । राष्ट्रिय जनमोर्चाले कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दता भएको छ । साथै सोबारेको पत्र शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले कारबाहीसम्बन्धी पत्र पढेर सुनाए । यसअघि पनि कारबाहीमा परेका थापा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि थमौती भएको थियो। पुरा पढौ

यसरी हुँदैछ, गण्डकीमा नयाँ सरकार गठन

पोखरा, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संसदमा विश्वासको मत लिन नसकेकाे भोलिपल्ट आज शुक्रबार सोबारेको जानकारी प्रदेश प्रमुखसमक्ष गराइँदै छ । पोखरा सभागृहमा डाकिएको प्रदेशसभाको आठौं अधिवेशनअन्तर्गत आठौं बैठकमा पृथ्वीसुव्वाको प्रस्तावमा विश्वासको मत सम्बन्धी प्रस्ताव अस्वीकृत भएको प्रदेश प्रमुखसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएको जानकारी पनि संसदमा गराइने भएको छ । उनले संसदीय दलको ह्वीप विपरीत हिजोको मत विभाजनमा विपक्षीमा मतदान नगरी तटस्थ बसेका थिए । गण्डकीमा मुख्यमन्त्री… पुरा पढौ

निषेधाज्ञामा ११ अर्बको औषधी र कच्चा पदार्थ आयात

काठमाडौं, २८ जेठ। सरकारले निषेधाज्ञाको अवधिमा ११ अर्ब रुपैयाँ बराबरको तयारी औषधीसहितको कच्चा पदार्थ आयात भएको जनाएको छ। वैशाख १६ गतेदेखि जेठ २३ गतेसम्ममा ६ अर्ब ४५ करोड २२ लाख ५८ हजार रुपैयाँको औषधीजन्य पदार्थ, ४ अर्ब ९६ करोड १७ लाख रुपैयाँको तयारी औषधी र १ अर्ब ४९ करोड ५ लाख रुपैयाँको औषधीको कच्चा पदार्थ आयात भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि बजारमा औषधीको माग बढेकाले सबै भन्दा धेरै औषधी आयात भएको हो।… पुरा पढौ

वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं, २८ जेठ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६ वर्षे अवधिको ‘८.५० प्रतिशत आरबिबिएल, डिबेञ्चर, २०८३’ को लागि आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । बैंकले जेठ २५ गते प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीमा ल्याएको थियो । उक्त ऋणपत्रबाट सर्वसाधारणका लागि १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता बाँडफाँड हुने भएको छ । बाँकी रहेको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बैंकले… पुरा पढौ

संसद् विघटनपछि सभामुखको सक्रियता : पूर्वप्रधानमन्त्रीसहित प्रमुख दलका नेतासँग छलफल गर्दै

काठमाडौं, २८ जेठ। संसद् विघटनपछि सभामुख अग्निप्रसाद सापकोटाको सक्रियता बढेको छ। उनले आज संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीसँग छलफल गर्ने भएका छन्। दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सभामुख सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन्। सभामुख सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न लागेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटाले छलफललाई तिब्रता दिएका… पुरा पढौ

काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, २८ जेठ । काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ। गत मंगलबारदेखि सुरु खोप कार्यक्रम स्थगित भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप खोप उपलब्ध गराउन नसक्ने बताएपछि कार्यक्रम स्थगित गर्नुपरेको बताए। महानगरपालिकाले तीन दिनमा २८ हजारलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाएको उनले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले महानगरलाई ६५ हजार डोज खोप उपलब्ध गराउने भनेपनि २८ हजारमात्र उपलब्ध गराउँदा समस्या भएको उनको भनाइ छ। महानगरपालिकाले पाँच दिन खोप लगाउने भन्दै… पुरा पढौ

मनाङ्गेले दिए युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार रातिदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।विहीबार मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिँदा उनी अनुपस्थित थिए । उनले आफू अनुपस्थित हुनुपरेको कारण खुलाएका छन् ।मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको प्रष्ट पारेका छन् ।संसदबाट मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि बिहीबारदेखि नै पदमुक्त भएका छन् ।गण्डकीमा अब संविधानको… पुरा पढौ