मुख्य समाचार

काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, २८ जेठ । काठमाडौँ महानगरपालिकाले कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ। गत मंगलबारदेखि सुरु खोप कार्यक्रम स्थगित भएको महानगरपालिकाले जनाएको छ। महानगरपालिकाको शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप खोप उपलब्ध गराउन नसक्ने बताएपछि कार्यक्रम स्थगित गर्नुपरेको बताए। महानगरपालिकाले तीन दिनमा २८ हजारलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाएको उनले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले महानगरलाई ६५ हजार डोज खोप उपलब्ध गराउने भनेपनि २८ हजारमात्र उपलब्ध गराउँदा समस्या भएको उनको भनाइ छ। महानगरपालिकाले पाँच दिन खोप लगाउने भन्दै… पुरा पढौ

मनाङ्गेले दिए युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार रातिदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका हुन् ।विहीबार मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिँदा उनी अनुपस्थित थिए । उनले आफू अनुपस्थित हुनुपरेको कारण खुलाएका छन् ।मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको प्रष्ट पारेका छन् ।संसदबाट मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेपछि बिहीबारदेखि नै पदमुक्त भएका छन् ।गण्डकीमा अब संविधानको… पुरा पढौ

उपत्यकामा २ महिना मेलम्चीको पानी नआउने

काठमाडौँ,२७ जेठ । उपत्यकावासीले झण्डै २ महिना मेलम्चीको पानी नपाउने भएकाे छ । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ । ती नदी किनारमा नजाने र जानै परेमा विशेष साबधानी अपनाएर जान भनिएको छ । सुरुङ खाली गर्न झण्डै… पुरा पढौ

मुख्यमन्त्री गुरुङले गुमाए विश्वासको मत, ढल्यो प्रदेश सरकार

पोखरा, २७ जेठ । संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले स्वतः पदमुक्त भएका छन् । मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा २७ मत मात्रै परेकाले उनी पदमुक्त भएका हुन् । दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीका रूपमा निरन्तरताका लागि उनलाई प्रदेशसभामा कायम कुल ६० सांसदको बहुमत अर्थात ३१ मत आवश्यक थियो । ५८ जना सांसद उपस्थित प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २७ मत प¥यो भने ३० जना सांसदले विपक्षमा मतदान गरेको… पुरा पढौ

“मैनाचरी जस्तो नबनौं, सत्य बोलौं” : मुख्यमन्त्री गुरुङ

पोखरा, २७ जेठ । हँसिलो मुहारका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ आज भने अलि भावुक बनेका थिए । तर आफ्नो कुरा, सरकारको कार्यदिशा र योजनाको फेहरिस्त बताउँदा भने स्पष्ट अडान र दृष्टिकोणकासाथ उपस्थित भएका थिए । विश्वासको मत लिदैं गर्दा उनले कर्याकालभरी सहयात्री पार्टीका साथीहरुसंग खण्डीत भएर जानुपर्ने स्थिति आउनु स्वभनिय नभएको बताए । उनले भने, तर अहिले सबै पार्टीहरु खण्डित भईरहेका छन्, कमजोर भईरहेका छन् र एउटाले अर्कोको विरोध गरिरहेको अवस्था छ । यतातिर कसैको ध्यान नै गएको छैन… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले संसदमा विश्वासको मत लिँदै (लाइभ)

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संसदमा आज विश्वासको मत लिँदै छन्। विश्वासको मतका लागि प्रस्तुत गरेको प्रस्तावमाथि दलका नेताले छलफलमा भाग लिएपछि पुनः बैठक सुरु भएको छ। गण्डकीमा कुल ६० सांसद छन् । उनले विश्वासको मत पाउन ३१ सदस्यको समर्थन आवश्यक पर्छ। हेर्नुहोस् लाइभ । https://www.youtube.com/watch?v=08oG0SKXYLQ पुरा पढौ

नेप्सेमा सामान्य गिरावट, विकास बैंक, फाइनान्स र हाइड्रोमा लगानीकर्ताकाे मोह

काठमाडौं, २७ जेठ । साताको पाँचौं दिन शेयर बजारमा कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेका अनुसार नेप्से ०.०६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने २.५९ अंकले बृद्धि भएर ५२७.८७ विन्दुमा पुगेको छ । कुल २२० कम्पनीहरुको शेयर कारोबार भएको छ । ३ करोड ६० लाख ६ हजार ६४४ कित्ता शेयरको खरिदबिक्रीबाट १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर… पुरा पढौ

मन्त्रिपरिषद्ले पायो पूर्णता, को को बने मन्त्री ? (सूचीसहित)

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री, १ राज्यमन्त्री नियुक्त गरेका छन्भने जसपाको महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाएका छन् । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । जसमा प्रधानमन्त्रीसहित ३ उपप्रधानमन्त्री, १८ मन्त्री र ३ राज्यमन्त्री भए । ओलीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारी माओवादीसँग पार्टी एकता गर्नुअघि केही समय एमाले संसदीय दलको प्रमुख सचेतक थिए ।… पुरा पढौ

मुख्यमन्त्री गुरुङको राजीनामाको समाचार भ्रामक : प्रदेश प्रमुख कार्यालय

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिएको भन्ने समाचार भ्रामक भएको भनी प्रदेश प्रमुखको कार्यालयले खण्डन गरेको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गरी असत्य र भ्रामक सूचना सम्प्रेषण गराउनु खेदजनक भएको जनाएका छन् । यस प्रकारको गलत, भ्रामक सूचना आआफ्नो सामाजिक सञ्जालमा पोष्ट, रिपोष्ट नगर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरिएको छ । जारी विज्ञप्तिमा भनिएकोे छ, “मिति २०७८ वैशाख २६ गतेको प्रेस विज्ञप्तिलाई अन्य सूचना यथावत् राखी मिति २०७८-०२ -२६ गते… पुरा पढौ

मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विश्वासको मत लिँदै (लाइभ)

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा आज विश्वासको मत लिँदैछन् । कार्यसूची अनुरुप उनले विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् । सोसम्बन्धी प्रस्तावमाथि छलफल भइरहेको छ। विश्वासको मतसम्बन्धी प्रस्ताव आजै निर्णयार्थ प्रस्तुत हुनेछ। हेर्नोस् लाइभ । https://www.youtube.com/watch?v=ElQW-Jq7sls पुरा पढौ