मुख्य समाचार

चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने सरकारको निर्णय

काठमाडौं, १४ जेठ । सरकारले चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले आउँदो मंगलबारदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । हप्तामा एउटामात्र उडान हुनेगरी कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरिएको हो । यसबारे सरकारले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउनेछ । वैशाख २३ गते मध्यरातदेखि भारतबाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको थियो… पुरा पढौ

बजेटमा होटल संघका सात सुझाव : संरक्षण कोष स्थापनादेखि कर छुटसम्म

काठमाडौं, १४ जेठ । होटल संघ नेपाल (हान)ले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण यो क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ। महामारीका कारण थला परेको होटल उद्योगलाई पुनः सञ्चालनका लागि पहल गर्नुपर्ने भन्दै हानले सरकारलाई सात सुझाव दिएको हो। महामारीले होटल व्यवसायको अस्तित्व नै जोखिममा परेको भन्दै हानले यसमा सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएको हो। ‘महामारीबाट थला परेको होटल उद्योग पुनः संचालनमा आउन नपाउँदै नयाँ कोरोना भेरियन्टको कारण अस्तव्यस्त हुन पुगी सबैभन्दा बढी प्रभावित उद्योग… पुरा पढौ

सनराइज ब्लूचिप फन्डको साढे १२ करोड इकाईको कारोबार आजबाट

काठमाडौं, १४ जेठ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाइ (सामुहिक लगानी कोष) सनराइज ब्लूचिप फन्ड सूचीकरण गर्ने सम्झौता सम्पन्न भएपछि आजबाट धितोपत्रको दोश्रो बजारमा कारोबार शुरु हुँदैछ । कम्पनीको दोश्रो बजार कारोबारको लागि धितोपत्रको संकेत एसबिसिएफ कायम गरिएको छ । कम्पनीले सर्वसाधारण समक्ष सनराइज क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई (सामुहिक लगानी कोष) खुल्ला बिक्री आव्हान गरेको थियो । नेपाल स्टक एक्सचेन्ज धितोपत्र सूचीकरण विनियमावली,… पुरा पढौ

आर्थिक सर्वेक्षण दिउँसो २ बजे सार्वजनिक हुँदै

काठमाडौं, १४ जेठ। सरकारले आर्थिक वर्ष २०७८/७९ काे आर्थिक सर्वेक्षण शुक्रबार दिउँसो सार्वजनिक गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालयले दिउँसो २ बजे कार्यक्रम गरेर आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको हो। आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा सीमित संख्यामा मात्र पत्रकारलाई प्रवेश दिइने छ। जुमबाट हुने कार्यक्रममा फोटो र भिडियोको लागि केही पत्रकारलाई मात्र प्रवेश दिने तयारी मन्त्रालयले गरेको हो। शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गरेपछि अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दैछन्। आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार (जेठ १५ गते) दिउँसो… पुरा पढौ

आइतबारसम्मै पानी पर्ने क्रम नरोकिने : केही ठाउँमा हावाहुरीसहित भारी वर्षाको संभावना

काठमाडौं, १४ जेठ । शुक्रबार देशका केही ठाउँमा तिब्रगतिको हावाहुरीसहित भारी वर्षा हुने मौसमविद्ले पुर्वानुमान गरेका छन् । चक्रवात 'यास' पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावले शुक्रबार प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केहि ठाउँमा भारी वर्षा, उच्च बेगको हावाहुरी र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती तथा सुदुर-पश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ ठाउँमा भारी हिमपातको सम्भावना छ भने अरु ठाउँमा हल्का हिमपात… पुरा पढौ

बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध

लण्डन, १४ जेठ । संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएको छ। सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ। गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने गरी पठाईएको दूतावासले जनाएको छ । अत्यावश्यक मेडिकल सामग्रीहरु तथा खोपमा… पुरा पढौ

२३ करोड लागतकाे निर्माणाधीन पुल सुनकोशीको बाढीले बगायो

ओखलढुंगा, १४ । जेठसुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ । चम्पादेवी गाउँपालिका १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका २ नवलपुरघाट जोड्ने पुल बगेको हो । करीब रु २३ करोड लागतमा चुँदी कन्ट्रक्सन प्रालि सानेपाले पुल निर्माणको ठेक्का लिएको थियो । कुल २१० मिटर लम्बाइको पुल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लागेको थियो । बुधबार मात्रै ढलान गरिएको पुलको ४० मिटर भागमा बाढीले क्षति गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने बेलामा पुल निर्माणको काम पछिल्लो… पुरा पढौ

वितरणमुखी र पूर्ण बजेट नल्याउन आग्रह

काठमाडौं, १४ जेठ । राष्ट्रिय योजना आयोगका नौ पूर्व उपाध्यक्षले प्रतिनिधिसभा विघटन भएको अवस्थामा जेठ १५ गते नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने बाध्यता नभएको दावी गरेका छन् । उनीहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै पूर्ण एवम् वितरणमुखी बजेट नल्याउन आग्रह गरे । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको भन्दै उनीहरूले अत्यधिक सार्वजनकि ऋण लिने, राजश्वका दरमा परिवर्तन गर्ने काम समेत नगर्न अनुरोध गरे । यसरी अनुरोध गर्नेहरूमा आयोगका पूर्व उपाध्यक्षहरू पृथ्वीराज लिगल, डा जगदीशचन्द्र पोखरेल, डा शङ्कर शर्मा, डा… पुरा पढौ

कोरोनाविरुद्ध लड्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई दियो एक अर्ब ४१ करोड

काठमाडौं, १३ जेठ । सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न थप स्रोतको व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले आज देशका विभिन्न ४१ अस्पताललाई रु एक अर्ब ४१ करोड बराबरको स्रोत सुनिश्चित गरेको हो । जसमा पिडियाट्रिक आइसीयुतर्फ ताप्लेजुङ अस्पताल, सङ्खुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रङ्गेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई समान रु तीन/तीन करोड बराबरको बजेट उपलब्ध भएको छ । यस्तै बारा… पुरा पढौ

महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौं : प्रधानमन्त्री

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताए । “महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, प्रधानमन्त्री ओलीले भने, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो ।” उनले नागरिककै जीवन रक्षाका लागि रु ३००, ४०० पर्ने… पुरा पढौ