मुख्य समाचार

महानगरका १० वटा वडामा आज एन्टिजेन परीक्षण हुँदै

काठमाडौं, १५ जेठ । काठमाडौं महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय स्थरमा वृहत परीक्षण थालेको हो । शुक्रबारदेखि गरिएको परीक्षणमा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण गरेको… पुरा पढौ

सिछुवानका संस्थाद्वारा नेपाललाई पिपिइ र मास्क प्रदान

काठमाडौं, १५ जेठ । चीनको सिछुवान प्रान्तका दुई संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सो प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री संघ तथा छन्तु एआइडिआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पिपिइ छन्तुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड–१९ को महामारीविरुद्ध लड्न सहयोग पुग्ने सामग्री उपलब्ध गराएकामा धन्यवाद दिँदै भर्खर स्थापना भएको नेपाली नियोगले दुबै देशबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप प्रवद्र्धन गर्ने विश्वास दिलाए । यस्ता सहयोग आदान प्रदान कार्यले दुवै देशबीचको सम्वन्ध… पुरा पढौ

अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, १५ जेठ। मन्त्रिपरिषद् बैठक आज बस्दैछ। प्रतिनिधिसभा विघटन भइसकेकाले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको सरकारले आर्थिक वर्ष २०७८/८९को बजेट सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद् बैठक बोलाएको हो। बजेटका सबै दस्तावेजलाई अन्तिम रुप दिइसकेकाले बिहान ११ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी छ। मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ। अर्थमन्त्री पौडेलले सिंहदरबारबाट यस वर्षको बजेट भाषण गर्नेछन्। नयाँ संविधान जारी भएपछि अर्थमन्त्री पौडेलले पहिलो… पुरा पढौ

जनता सार्वभौम भएको महत्वपूर्ण दिन : प्रधानमन्त्री ओली

काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवसलाई जनता सार्वभौम भएको महत्वपूर्ण दिन भएको बताएका छन्। शनिबार १४ औं गणतन्त्र दिवसको अवसरमा आर्मी अफिसर्स क्लबमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। ओलीले सोही अवसरमा सम्पूर्ण नेपाली जनतालाई गणतन्त्र दिवसको शुभकामना दिएका छन्। ‘गणतन्त्र दिवस नेपाली जनता सार्वभौम भएको दिन हो’, प्रधानमन्त्री ओलीले भने, ‘गणतन्त्रलाई अझ सुदृढ र समृद्धि बनाउन सरकार लागि परेको छ।’ गणतन्त्र दिवसको मूल समारोह समितिका अध्यक्षसमेत रहेका ओलीले जनताको अभिमत प्रकट… पुरा पढौ

गणतान्त्रिक शासन व्यवस्था बलियो बनाए जनता बलियो हुन्छन् : मुख्यमन्त्री

पाेखरा, १५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पन्ध्रौँ गणतन्त्र दिवसको सुखद् अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना प्रकट गरेका छन्। नेपाली जनताको लामो त्याग, तपस्या र संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हाम्रो दायित्व हो। जनताका प्रतिनिधिबाट निर्वाचित जनप्रतिनिधि राष्ट्र प्रमुख हुने गणतान्त्रिक शासन व्यवस्थालाई जति बलियो बनाउन सकियो जनता त्यति नै बलियो हुन्छन् भन्ने कुरामा कुनै द्विविधा छैन, उनकाे सन्देशमा उल्लेख छ।  स्थापनाको पन्ध्रौं… पुरा पढौ

शुभकामनामा सीमित गणतन्त्र दिवस : कसले के भने ?

काठमाडौं, १५ जेठ। गणतन्त्र शब्द सुन्दा जनताको छाति फुल्छ। अझ गणतन्त्रका निम्ति परिवाकार सदस्य गुमाएका र आफ्नै ज्यानको बाजी लगाएर युद्ध लडेकाहरुका लागि यो दिन दुःख र उत्सव दुवै हो। नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा हुँदा देश नयाँ युगमा प्रवेश गरेको भन्दै आम नागरिकले खुशीयाली मनाएका थिए। गणतन्त्रका निम्ति जनताको बलिदालाई कुनै पनि शासकले बिर्सनु हुँदैन। गणतन्त्रका निम्ति भएका प्रजातान्त्रिक आन्दोलन, जनयुद्ध, १९ दिने जनआन्दोलन र विभिन्न संघर्ष आम योद्धाहरुका मनसपटलम ताजै छन्।… पुरा पढौ

दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै : वृद्धभत्ता बढ्न सक्ने

काठमाडौं, १५ जेठ। सरकारले आज आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दैछ। शनिबार दिउँसो ४ बजे बजेट सार्वजनिक गर्नेगरी अर्थमन्त्रालयले तयारी पूरा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हल सिंहदरबारबाट बजेट सार्वजनिक गर्न लागेका हुन्। प्रतिनिधिसभा विघटन भइसकेकाले सरकारले अध्यादेशमार्फत् बजेट ल्याउन लागेको हो। नयाँ संविधान जारी भएपछि अर्थमन्त्री पौडेलले पहिलो पटक अध्यादेशमार्फत् बजेट ल्याउन लागेका हुन्। कामचलाउ सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रम समावेश नगरी पुरानालाई निरन्तरता दिनुपर्नेमा विज्ञले जोड दिएका छन्। बिहीबार… पुरा पढौ

सोमबारसम्म पानी पर्ने : लगातारको वर्षाले बाढी, पहिरो र कटानको जोखिम

काठमाडौं, १५ जेठ । लगातार पानी परिरहेकाले बाढी, पहिरो र जमिन कटानको जोखिम बढेको छ । बिहीबारदेखि लगातार पानी परिरहेकाले बाढी, पहिरो र जमिन कटानको जोखिम बढेको हो । बंगालको खाडीमा बनेको चक्रवात यास पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भएर बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै केही दिन पानी पर्ने देखिएको मौसमविद्ले बताएका छन् । लगातार पानी परेर जमिन भिज्दा पहिरो जाने, सडक अवरुद्ध हुने, जमिन कटान हुन थाल्ने भएकाले भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्ले… पुरा पढौ

खोपसहित पर्यटनमैत्री नीति समेटेर कार्यक्रम ल्याउन पाेखरा पर्यटन परिषद्को माग

पोखरा, १५ जेठ । पोखरा पर्यटन परिषद्ले आर्थिक वर्ष २०७८÷२०७९ नीति तथा कार्यक्रममा कोभिड १९ विरुद्धको खोप सम्पूर्णलाई उपलब्ध गराउन र पर्यटन मैत्री नीतिलाई विशेष प्राथमिकता दिएर कार्यक्रम ल्याउन प्रदेश सरकार समक्ष माग गरेको छ । परिषद्का अध्यक्ष गोपी भट्टराईले एक विज्ञप्ति जारी गदै नेपाललाई अन्तराष्ट्रिय जगतमा सुरक्षित गन्तब्यका रुपमा सकारात्मक सन्देश दिन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर खोप व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् । कोरोना महारमारीले लामो समयदेखि मानिसको स्वास्थ्य र दिनचर्या निकै प्रभावित भएको जनाउँदै सम्पूर्णलाई खोप लगाउने व्यवस्था… पुरा पढौ

सन्दर्भ गणतन्त्र दिवस : जनताको जित भएको विशेष दिन-सभामुख सापकोटा

काठमाडाैं, १५ जेठ । सभामुख अग्निप्रसाद सापकाेटाले जनताको जित भएको विशेष दिन गणतन्त्र दिवसका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले नेपाली जनताका प्रतिनिधिमार्फत् २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल हो भनेका छन् । उनकाे सन्देशमा लेखिएकाे छ, यो महत्वपूर्ण दिनमा गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान्… पुरा पढौ