मुख्य समाचार

भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने

नयाँदिल्ली, १३ जेठ । भारतमा आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने दावी गरिएको छ । भारतको चर्चित तथा प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने पनि दावी गरे । उनले भने, “भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ, खोपको उत्पादन र खोप लगाउने अभियान तीव्ररुपमा भइरहेको छ ।” वरिष्ठ चिकित्सक त्रेहानले भारतलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गर्ने “हब”समेतको संज्ञा दिए । भारतको जनसङ्ख्या पनि अति धेरै… पुरा पढौ

६ हजार ७१६ जनाले जिते कोरोनालाई

काठमाडौं, १२ जेठ । गत २४ घण्टामा छ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला आज सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको हो । यस अवधिमा छ हजार ७१४ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या दुई जना बढी रहेको मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पिसिआर परीक्षण गर्दा छ हजार… पुरा पढौ

चीनले नेपाललाई १० लाख डोज खोप उपलव्ध गराउने

काठमाडौं, १२ जेठ । छिमेकी देश चीनले नेपालको कोरोना भाइरस विरुद्धको रोकथाम तथा नियन्त्रणको अभियानमा सघाउन १० लाख डोज खोप अनुदान दिने भएकाे छ । खोपका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपलव्धताका लागि चिनिया समकक्षि राष्ट्रपति सी जीनपिङसंग टेलिफाेनमा कुराकानी गरेपछि राष्ट्रपति सी ले नेपालको लागि १० लाख डोज खोप उपलव्ध गराउने घोषणा गरेका हुन । यसका बारेमा नेपालका लागि चिनिया राजदूत होउ यान्छीले ट्वीट गर्दै राष्ट्राध्यक्ष सी ले खोप उपलव्ध गराउने घोषणा गरेको जानकारी दिएकी हुन । पहिले पनि चीनले… पुरा पढौ

व्यक्तिगत वा संस्थागत रूपमा लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न मन्त्रालयकाे आग्रह

काठमाडौं, १२ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै व्यक्तिगत, संस्थागत, आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गरेका छन् । उनले अक्जिसनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको बताए । ‘एउटा उद्योगका अक्सिजन सिलिण्डर अन्यत्र जाने क्रम पनि अत्यधिक… पुरा पढौ

राष्ट्र बैंकद्वारा ५० करोडको “वैदेशिक रोजगार बचतपत्र” जारी, वार्षिक १० प्रतिशत ब्याज पाइने

काठमाडौं, १२ जेठ। नेपाल राष्ट्र बैंकले ५० करोडको वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ। सरकारका लागि आन्तरिक ऋण उठाइरहेको केन्द्रीय बैंकले यसैअन्तर्गत वैदेशिक रोजगार बचतपत्र जारी गरेको बताएकाे छ । राष्ट्र बैंकले जारी गरेकाे ५ वर्षे अवधिको बचतपत्रको ब्याजदर वार्षिक १० प्रतिशत छ। हाल बैंक तथा वित्तीय संस्थाले दिइरहेको ब्याज भन्दा याे ब्याज आकर्षक र धेरै छ। राष्ट्र बैंकले अन्य बचतपत्रमा दिएकोभन्दा यो वैदेशिक रोजगार बचतपत्रकाे ब्याज धेरै भएकाे केन्द्रीय बैंकले जनाएकाे छ। बैदेशिक रोजगारीमा भएका वा रोजगारीबाट फर्केको ६… पुरा पढौ

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो : भारत

काठमाडौं, १२ जेठ । भारतले नेपालको पछिल्लो घटनाक्रमलाई आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ । दोस्रो पटक प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणापछिको राजनीतिक घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको हो । बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले विज्ञप्ति निकालेरले नेपालको पछिल्लो घटनाक्रमलाई नियालिरहेको र यो नेपालको आन्तरिक मामिला भएको उल्लेख गरेका हुन् । यो नेपालको घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान हुने भारतको विश्वास छ । नेपाल आफ्नै लोकतान्त्रिक प्रक्रियाभित्रबाट समस्या समाधान गर्न सक्षम रहेको विज्ञप्तिमा… पुरा पढौ

साढे दुई करोड जनसङ्ख्याको पहुँचमा पुग्याे इन्टरनेट

नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुुगेकोे छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुगेको हो । प्रा धिकरणको तथ्याङ्कअनुसार गत माघको तुलनामा फागुनमा नौ लाख ३६ हजारभन्दा बढी प्रयोगकर्ता थपिएका छन् । गत माघमा कूल दुई करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो । नेपालमा कूल जनसङ्ख्यामध्ये… पुरा पढौ

महामारीकै समयमा पोखरामा सुरू भएकाे अक्सिजन प्लान्ट स्थापना महाअभियान

पोखरा, १२ जेठ । कोरोना भाइरसको दोस्रो लहर सुरुसँगै नयाँ भेरियन्टले कैंयौंँ मानिस संक्रमित बनेका छन् । तीमध्ये नेपालमा झण्डै ६ हजार जनाको ज्यान गइसकेको छ । विश्वभर महामारीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रभावले पर्यटकीय नगरी पोखरा पनि आक्रान्त बन्यो । दिनैपिच्छे आफन्तको निधन भएको दुःखद खबरसँगै सामाजिक सञ्जाल श्रद्धाञ्जलीले भरिए । पहिलो लहर सामान्य रुपमा टारेको पोखराले दोस्रो लहरमा भने अक्सिजन अभावमै मृत्यु गन्न थालेपछि यहाँका गन्यमान्य मानिसहरुलाई पिरोल्न थाल्यो । पोखराका स्थापित व्यवसायी एवं समाजसेवी आनन्दराज बतासले सामाजिक… पुरा पढौ

विश्वभर कोरोना जित्नेको संख्या १५ करोड नाघ्यो

विश्वभर कोरोना भाइरस (कोभिड १९)को संक्रमण जित्नेको संख्या १५ करोड नाघेको छ । अहिलेसम्म १६ करोड ८५ लाखमा कोरोना पुष्टि हुँदा निको हुनेको संख्या १५ करोड ४० हजार नाघेको हो । अझैपनि १ करोड ४९ लाख सक्रिय संक्रमित रहेकामा ९९ दशमलव ४ प्रतिशत अर्थात १ करोड ४८ लाखको अवस्था सामान्य रहेको र बाँकी शून्य दशमलव ६ प्रतिशत अर्थात ९६ हजारको अवस्था जटिल रहेको वल्डोमिटरले जनाएको छ । ३४ लाख ९९ हजारको भने कोरोनाका कारण मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा… पुरा पढौ

सेयर बजारको उछाल रोक्न बैंक तथा वित्तीय संस्थामाथि केन्द्रीय बैंकको नीतिगत कडाइ

काठमाडौं, १२ जेठ। सेयर बजारमा हुने बैंक तथा वित्तीय संस्थाको लगानीमाथि केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले थप कडाइ गरेेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले सेयरको दोस्रो बजारमा गर्ने लगानीमाथि कडाइ गरेको हो। यो परिपत्रसँगै बैंक तथा वित्तीय संस्थाले कुनै पनि कम्पनी दोस्रो बजारमा सूचिकृत भएको एक वर्षभन्दा अगाडि लगानी गर्न पाउने छैनन्। राष्ट्र बैंकको परिपत्रमा सर्वसाधारणमा सेयर विक्री गरेर धितोपत्र विनिमय बजारमा सूचीकृत भएको संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको… पुरा पढौ