मुख्य समाचार

मजदुर अभावले देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

चितवन, १५ माघ । कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन् । कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन् । निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन गर्नेतर्फ निरुत्साहित बनेका छन् । नेपाल इँटा उद्योग महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकार इँटा उद्योगीले कोभिडकै कारण अर्बौं रकम गुमाएको बताउछन्। गत वर्ष ढिलोसम्म पानी परिरहेकाले धेरै इँटा नोक्सान भएको थियो । इँटा बन्ने समयमा कोभिडको प्रभावका कारण व्यवसायी धरासायी भएको… पुरा पढौ

काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुस्त, ४ वर्षमा ११ प्रतिशतमात्र भौतिक प्रगति

काठमाडौं, १५ माघ । काठमाडौंलाई तराईसँग छोटो दूरीमा जोड्ने भनिएको काठमाडौं–तराई द्रुतमार्गको भौतिक प्रगति सुस्त देखिएको छ । नेपाली सेनाले जिम्मा लिएर काम सुरु गरेको ४ वर्ष पुग्दा पनि सडकको प्रगति सुस्त देखिएको हो । सेनाका अनुसार हालसम्म भौतिक प्रगति ११.११ प्रतिशत छ । वित्तीयतर्फ ९.५२ प्रतिशत छ । आयोजनामा पुस मसान्तसम्म १७ अर्ब ८३ करोड रुपैयाँ खर्च भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्ग निर्माण गर्न एक खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । चालू आर्थिक… पुरा पढौ

राष्ट्र बैंकद्वारा ‘क्युआर कोड फ्रेमवर्क गाइडलाइन’ मस्यौदा तयार, के आउँदैछ नयाँ नियम ?

काठमाडाैं, १५ माघ । नेपाल राष्ट्र बैंकले क्युआर कोडमा आधारित भुक्तानी प्रणालीलाई नियमन गर्न क्वीक रेस्पोन्स (क्युआर) कोड मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रबर्धन तथा नियमन गर्न क्युआर कोडको फ्रेमवर्क तथा गाइडलाइनको मस्यौदा तयार गरेको हो । कोभिड–१९ को प्रकोपका कारण नेपालमा अनलाईन भुक्तानी तथा खरिद गर्नेको संख्या वृद्धि भइरहेको छ । कारोबारलाई नगद रहित बनाउने अभियानमा राष्ट्र बैकं लागिपरेको छ । २०७७ पुस १० गते नक्साल तरकारी बजारमा क्यूआर कोड भुक्तानीकाे… पुरा पढौ

गरिमा विकास बैंकले बढायो मूनाफा, ६ महिनामा कमायो ३९ करोड ३५ लाख

काठमाडौं, १५ माघ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले बुधबार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २०.९० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ३२ करोड ५५ लाख रुपैयाँ रहेको थियो। बैंकको वितरण योग्य मुनाफा २५ करोड २३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकले सञ्चालन मुनाफाबापत ५६ करोड २२ लाख रुपैयाँ आर्जन… पुरा पढौ

एनएमबि लघुवित्तले ६ महिनामा कमायो ७ करोड ७० लाख, अन्य सूचक कस्ता छन् ?

काठमाडौं, १५ माघ । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा लघुवित्तले ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोहि अवधिमा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले समीक्ष अवधिमा ५७ प्रतिशतले बढाएको हो । लघुवित्तले निक्षेप र कर्जा लगानी पनि बढाउदै लगेको छ। समीक्ष अवधिमा निक्षेप संकलन १ अर्ब ३१ करोड रुपैयाँबाट बढेर १ अर्ब… पुरा पढौ

४ करोडको आईपीओ जारी गर्दै महिला लघुवित्त, कहिलेदेखि खुल्छ आवेदन ?

काठमाडौं,१५ माघ । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ । बोर्डले दिएको जानकारी अनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।बोर्डबाट स्वीकृत भए पनि कहिलेदेखि निष्काशन गर्ने भन्ने संस्थाले निर्णय गरिसकेको छैन । सम्भवतः यहिँ महिनामा… पुरा पढौ

आर्थिक मुद्दामा एकता गर्ने निजी क्षेत्रको घोषणा

काठमाडाैं, १५ माघ । निजी क्षेत्रका संस्थाले आर्थिक मुद्दामा एकता गरेर अघि बढ्नसक्ने घोषणा गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘आर्थिक मुद्दामा निजी क्षेत्रको एकता र आगामी कदम’ विषयक छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसङ्घका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उक्त घोषणा गरेका हुन । उनीहरुले पछिल्लो समयमा निजी क्षेत्रले आर्थिक मुद्दामा एकताका साथ अघि बढेको बताउँदै आगामी दिनमा त्यसका लागि तयार भएको… पुरा पढौ

आइएमई र यूनिमोनीवीच के भयाे सम्झौता ?

काठमाडौं, १५ माघ । कतारमा रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी यूनिमोनी र नेपालकाे आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी भएको छ । समझदारीपछि यूनिमोनी कतार मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधैं नेपालकाे प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्नेछन । यो सम्झौतापछि यूनीमोनी कतारबाट नेपालको आइएमई पे सिधैं पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ । यो समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि अर्को महत्त्वपूर्ण फड्को हो । यसबाट कतारमा… पुरा पढौ

१ अर्ब राजस्व छली गर्ने मिश्र विरूद्ध मुद्धा दायर, कसरी गरे छली ?

काठमाडौं, १५ माघ । झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले रु एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार ७ जनाको समेत मिलेमतोमा यसरी राजस्व छली गरिएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले लामो समयको अनुसन्धानपछि रु एक अर्ब चार करोड बराबरको राजस्व छली गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी लिई उच्च अदालत… पुरा पढौ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबार बाँडफाँड हुदैं, कसले कति पाउदैछन् शेयर ?

काठमाडाैं, १४ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ शुक्रबार नै बाँडफाँड हुने भएकाे छ । निफ्राको आईपीओका लागी आबेदन दिएका सबैले ५० कित्ता सेयर पाउने भएका छन। निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले आईपीओ शुक्रबार नै बाँडफाँड गर्ने तयारी गरिएको जानकारी दिए । मर्चेन्ट बैंकर एशोसिएनसका अध्यक्ष समेत रहेका थापाले दिएकाे जानकारी अनुसार केही आबेदकले ६० कित्ता पनि सेयर पाउनेछन । यसअघि शनिबार भनिएकोमा सबै प्रक्रिया सम्पन्न भएकाले शुक्रबार… पुरा पढौ