मुख्य समाचार

‘बेहाल’ हुनबाट जोगिन र मूलधारमा फर्किन अध्यक्ष ओलीको आह्वान

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘बेहाल’ हुनबाट जोगिन पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे समूहलाई आग्रह गरेका छन् । नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले काेही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने बताए । कानूनीरुपमा एक भए पनि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित छ । अध्यक्ष ओलीले… पुरा पढौ

नेप्से दोहोरो अंकले बढ्यो, ८ अर्ब ६२ लाख बढीको कारोबार

काठमाडौं, १४ माघ । साताको चौथो दिन बुधबार आज शेयर बजार उकालो लागेको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ । नेप्से परिसूचक १८.७६ अंकले बढेर २४४१.८५ अंकमा पुगेर रोकिएको छ । नेप्से ०.७७ प्रतिशतले बढेको छ । सेन्सेटिभ पसिूचक ०.८६ अंकले घटेर ४४६.३८ विन्दुमा रहेको छ । आज २०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर कारोबार भएको छ । उक्त शेयर खरिदबिक्रीबाट ८ अर्ब ६२ लाख… पुरा पढौ

कोरोनाविरुद्धको खोप गण्डकीमा पनि सुरु, उपकुलपति डा. थापाले लगाए पहिलो खोप

पोखरा, १४ माघ । देशभर बुधबारदेखि सुरु कोरोना विरुद्धको खोप अभियानअन्तर्गत गण्डकीमा पनि सुरुवात भयो । गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई ‘कोभिशिल्ड’ लगाएर कोरोनाबिरुद्धको खोपको शुभारम्भ भयो । खोप लगाइसकेपछि प्रतिक्रिया दिँदै प्राडा थापाले सामान्य दुखाइबाहेक अन्य समस्या नआएको र खोप सुरक्षित भएकाले नडराउन सबैमा आग्रह गरे । खोपप्रति आश्वास्त बनाउन आफूले खोप लगाएको बताउँदै उनले भने, ‘विश्व स्वस्थ्य संगठनबाट सर्टिफाइड भएको र यो लगाएकाहरु सबै सुरक्षित रहेकाले हामी त्रसित हुनुपर्ने कारण छैन… पुरा पढौ

देशभर कोभिड–१९ खोप अभियान सुरु

काठमाडौैं, १४ माघ । ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ नाराका साथ मुलुकभर बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ गरिएको छ । नेपालमा कोभिड–१९ को सङक्रमण देखिएको १ वर्षपछि नेपालीले खोप पाएका हुन् । पहिलो चरणमा खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका,अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा… पुरा पढौ

प्रभु बैंकले गर्यो आकर्षक प्रगति, ६ महिनाकाे मूनाफा डेढ अर्ब

काठमाडौं, १४ माघ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आकर्षक प्रगति गरेको छ । बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकका अधिकांश सूचकहरुमा सुधार देखिएका छन् । बैंकले ६ महिनामा खुद नाफामात्रै ३९.८७ प्रतिशतले बढाएको छ । यस अवधीमा प्रभुले १ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधीमा बैंकले १ अर्ब ८ करोड रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । प्रभुको निक्षेप २५.८५ प्रतिशतले वृद्धि भएको छ… पुरा पढौ

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

काठमाडौं, १४ माघ । कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको छ । समूहको तर्फबाट आज जारी विज्ञप्तिमा कृषि जीवन रेखा हो, व्यापार होइन भन्दै नेपाली किसानको अस्तित्व रक्षा गर्न, खाद्य सम्प्रभूताको सम्मान गर्न, जैविक विविधता र पर्यावरण संरक्षण गर्न, आत्मनिर्भरमुखी रैथाने खेतीपाती पद्धतिको संरक्षण गर्न, कृतिम रसायन र जिएमओको… पुरा पढौ

२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १४ माघ । देशभित्र हालसम्मकै सबैभन्दा ठूलो सौर्य परियोजना अगाडि बढ्ने भएको छ । लगानी बोर्ड र प्रवद्र्धक कम्पनीबीच परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन(डिपिआर) तयार पार्ने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका उपसचिव एवं सहप्रवक्ता रमेश अधिकारीका अनुसार ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य परियोजना अगाडि बढ्ने भएको छ । सो आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पार्ने ध्येयका साथ बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र कम्पनीको तर्फबाट सो कम्पनीका… पुरा पढौ

सानिमा क्यापिटलको लार्ज क्याम्प फण्ड: कतिले गरे आवेदन ?

काठमाडौं, १४ माघ । सानिमा क्यापिटलले जारी गरेको सानिमा लार्ज क्याम्प फण्डका लागि ९१ करोड ३७ लाख १० हजार २०० रुपैयाँ बराबरको आवेदन परेको क्यापिटलले जनाएको छ । सानिमा क्यापिटलका अनुसार मंगलबार बेलुकासम्म ६३ हजार २९१ जना आवदेकबाट ९ करोड १३ लाख ७१ हजार २ इकाईमा आावेदन परेको छ । माघ ९ गतेदेखि सानिमा म्युचुअल फण्डको १० करोड इकाई बिक्री खुला गरिएको थियाे । फण्डको १५ प्रतिशत, यसले हुन आउने १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको सानिमा बैंकको… पुरा पढौ

उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिकाे सभापतिमा ढकाल

काठमाडाैं, १४ माघ । नेपाल उद्योग वाणिज्य महासंघले स्वास्थ्य तथा सीप विकास समिति विस्तार गरेको छ । कार्यकारिणी समितिका सदस्य हेमराज ढकालको सभापतित्वमा गठित समितिको सह–सभापतिद्वयमा भक्तबहादुर हमाल र लोकनाथ गैरे चुनिएका छन् । समितिका सदस्यमा हेमराज बडाल, मृगेन्द्रमेहर श्रेष्ठ, सीताराम रेग्मी, रामेश्वर पराजुली, शङ्कर खड्का र राजेन्द्र बराल रहेका छन् । यस्तै समितिको आमन्त्रित सदस्यमा नेपाल हस्तकला महासंघका उपाध्यक्ष सुनिल चित्रकार, ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष उसन बज्राचार्य, नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कार्यकारिणी समिति सदस्य सदिस श्रेष्ठ, उद्योग… पुरा पढौ

सन् २०२०: विपद्जन्य घटनाबाट पाँच हजारको मृत्यु

काठमाडाैं, १४ माघ । मुलुकमा सन् २०२० मा विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–(१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ । पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७… पुरा पढौ