मुख्य समाचार

पोखराको पर्यटनमा कोरोना प्रभाव

पोखरा, १० माघ । कोरोना भाइरस महामारीका कारण पर्यटकीय नगरी पोखरामा अघिल्लो वर्षकाे तुलनामा सन् २०२० मा विदेशी पर्यटक आवागमनमा भारी गिरावट आएको छ । सन् २०१९ काे तुलनामा २०२० मा पोखरा घुम्ने विदेशी पर्यटकको संख्या ८६ प्रतिशतले घटेको हो। पोखरा नागरिक उड्डयन कार्यालय पोखराका सूचना अधिकारी देवराज सुवेदीका अनुसार सन् २०२० मा हवाई उडानमार्फत २५ हजार ५ सय ८५ विदेश पर्यटक पोखरा भित्रिएका थिए । अघिल्लो वर्ष भने ८२ हजार ३ सय १ जना आएका थिए। यस्तै सन् २०२०… पुरा पढौ

दोर्दीखोला आयोजनाबाट चैतसम्ममा बत्ती बल्ने, ९६ प्रतिशत निर्माण सम्पन्न

लमजुङ, १० माघ। लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको चार प्रतिशत मात्र काम बाँकी रहेको र आगामी चैत महिनामा बिजुली उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्धक मुन्ना शाक्यका अनुसार मेकानिकल, इलेट्रो–मेकानिकल, पाइप बिच्छाउने, सुरुङको केही काम बाँकी छ । यीमध्ये पाइप बिच्छाउने र सुरुङको काम फागुनभित्रै सकिन्छ । तीन हजार २०० मिटर पाइप बिच्छाउनमध्ये तीन हजार १०० मिटर बिच्छाउने काम… पुरा पढौ

ग्रीनलाईफ हाइड्राेपावरको शेयर निष्काशन माघको तेश्रो सातामा हुने

काठमाडौं, १० माघ । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले माघको तेश्राे सातामा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी गरेको छ । यसका बारेमा ग्रीनलाईफ र सानिमा क्यापिटलबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ग्रीनलाईफका अध्यक्ष याङचेन डोमा लामा तथा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । ग्रीनलाईफले १९.४२ प्रतिशत शेयर निष्काशन गर्ने स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले रुपैयाँ १०० अंकित ३४ लाख ९६ हजार ४०० कित्ता शेयर निष्काशनको अनुमति दिएको हो । बोर्डले दिएको… पुरा पढौ

एनसीसी बैंकको लाभांश पारित, अध्यक्ष बने उपेन्द्रकेशरी न्याैपाने

काठमाठौं, १० माघ । एनसीसी बैंकको २३ औं साधारण सभाले १०.२६९५ प्रतिशत बोनस शेयर तथा ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । बैंकको बागबजारस्थित केन्द्रीय कार्यालयमा आयोजित साधारण सभाबाट संस्थापक समूह क बाट ३ र सर्वसाधारण समूह ख बाट १ महिला र २ पुरुष सहित ३ जनासहित ६ जना सञ्चालकहरु निर्विरोध चयन गरिएको छ । साधारण सभा लगत्तै बसेको सञ्चालक समितिको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । सञ्चालकहरुमा मोहन बहादुर बस्नेत, ईमानसिंह लामा,… पुरा पढौ

महासंघको पूँजी बजार समिति विस्तार, कसले गर्यो नेतृत्व ?

काठमाडाैं, १० माघ । नेपाल उद्योग वाणिज्य महासंघले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पूँजीबजार समिति विस्तार गरेको छ । महासंघका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित समितिको उपसभापतिमा रामशरण थपलिया छन् । यस्तै सदस्यहरुमा निर्माण श्रेष्ठ, मेखबहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णुप्रसाद बस्याल, राजन लम्साल र ज्योति दाहाल रहेका छन्। यस्तै आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्तकुमार पौडेल छन् । उक्त समितिले पूँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय… पुरा पढौ

ग्लोबल आइएमईको साझेदारीमा नख्खु क्षेत्रका तरकारी बजारमा क्यूआर कोड भुक्तानी प्रणाली शुरू

काठमाडौं, १० माघ । नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि शुरु गरेको क्यू आरकोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ चलाएको अभियान जारी छ । केही दिन पहिले सानिमा बैंकको सहकार्यमा नक्सालस्थित तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकसँग साझेदारी गरेको छ । सोही क्रममा केन्द्रीय बैंकले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको शुरुआत गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा… पुरा पढौ

जागरणमुखी अभियान सञ्चालन गर्न कृषिमन्त्री अर्यालकाे आग्रह

काठमाडाैं, ९ माघ । कृषि तथा पशपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले पशु स्वास्थ्यसम्वन्धी जागरणमुखी अभियान सञ्चालन गर्न नेपाल पशुचिकित्सा परिषद्लाई सुझाव दिएकी छन । नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई बधाई दिन आज आयोजित कार्यक्रममा उनले शुभकामना तथा बधाई व्यक्त गर्दै पशु स्वास्थ्यसम्बन्धी जागरणमुखी अभियान सञ्चालनका बारेमा कार्यक्रम बनाउन निर्देशन दिएकी हुन । पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसङ्ग जोड्दै पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको… पुरा पढौ

सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न अपिल

काठमाडौं, ९ माघ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निकायलाई अपिल गरेको छ । आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारका सार्वजनिक निकायकाे हकमा नेपाल सरकारका मुख्य सचिव, प्रदेश सरकारका सार्वजनिक निकायका हकमा प्रदेश सरकारका प्रमुख सचिव र स्थानीयतहका सार्वजनिक निकायका हकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवमार्फत अनुरोध गर्ने भएको छ । आयोगको हालै सम्पन्न बैठकका निर्णय आज सार्वजनिक गर्दै स्थानीय तहमा सञ्चालन हुने कार्यक्रममा सहभागी छनोट गर्दा सबै समूहको सहभागिता हुने गरी थप… पुरा पढौ

नेपाली उत्पादन अलैँची, चिया र अदुवाको मूल्य निर्धारण किन भारतीयको हातमा ?

इलाम, ९ माघ । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो । किसानले सो मूल्य पाएपछि बिक्री पनि गरे । सीमित किसानसँग भएको अलैँची बेचेर कतिले राम्रै प्रगति गरे तर स्थिति त्यही रहेन । समायान्तरमा अलैँचीको मूल्य घट्दै गयो । लाखबाट घटेर रु ७५ हजार, रु ५० हजार हुँदै अहिले करिब रु २५ हजारको सेरोफेरोमा मूल्य छ । अलैँचीको मूल्य अझै घट्दो क्रममा छ । कुन बेला मूल्य घट्छ वा बढ्छ भन्न सक्ने… पुरा पढौ

महिला सहयात्रा लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं, ९ माघ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्रको दोश्रो बजार कारोबार रोक्का गरेको जनाएको छ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने भएपछि संस्थाको कारोबार रोक्का गरिएको हो । दुवै संस्थाहरुबीच माघ ८ गते प्राप्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति एक्विजिशन सम्बन्धी नियमावली २०७३ को विनियम ६ १ बमोजिम महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको… पुरा पढौ