मुख्य समाचार

सरकार र उखु किसानबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं, १३ पुस । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ । मङ्सिर २८ गतेदेखि आन्दोलन गर्दै आएका किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीबीच आज मन्त्रालयमा भएको बार्तामा चार बुँदे समझदारी भएको जनाइएको छ । एक्काइस दिनभित्र सबै चिनी उद्योगको बक्यौता रकम उपलब्ध गराउन सहमति भएको मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले जानकारी दिए। उनका अनुसार १६ दिनदेखि आन्दोलनरत किसानले मङ्गलबारबाट आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर जिल्ला फर्कने सहमति भएको… पुरा पढौ

नेपाल बैंकर्स संघको उपाध्यक्षमा उपाध्याय,सदस्यमा कोइराला र डे निर्विरोध निर्वाचित

काठमाडौं, १३ पुस । नेपाल बैंकर्स संघको रिक्त रहेको उपाध्यक्ष पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय निर्विरोध चयन भएका छन् । नेपाल एसबीआई बैंकबाट अनुकुल भटनागर बाहिरिएपछि उपाध्यक्षकाे पद खालि रहेको थियो । संघका कार्यरत बैैंकर मात्र रहन पाउने संघको विधान बमोजिम खालि रहेको स्थानमा उपाध्यायलाई निर्विरोध चयन गरिएको हो । संघमा खाली रहेका अन्य दुई सदस्य पनि चयन भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीप… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघमा कोइराला नेतृत्वको प्यानल

पोखरा, १३ पुस । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिवेशनका लागि नारायण कोइराला नेतृत्वको प्यानल घोषणा गरिएको छ । प्यानलमा वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, उपाध्यक्ष (वाणिज्य) अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग) चीनुकुमारी गुरुङ, महासचिव सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्ष बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् । कार्यकारिणी सदस्य पदमा कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लव त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला छन् । यस्तै, एशोसिएट सदस्यमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी… पुरा पढौ

८.५७ अंकले सुधारियाे शेयर बजार

काठमाडौं, १३ पुस। शेयर बजारमा हिजो ४० अंकले घटेको भए पनि आज करेक्सन हुँदै ८.५७ अंकले बढेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।  नेपाल स्टक एक्चसञ्ज लिमिटेड(नेप्से)का अनुसार आज ०.४३ अंकले बजार बढ्दा परिसूचक पुनः २ हजार माथि उक्लिदै २००७.२९ अंकमा पुगेको छ । आज २१४ कम्पनीका ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपियाँको कारोबार भएको छ । हिजो शेयर बजारमा… पुरा पढौ

बेलायतबाट फर्किएका १९३ निगरानीमा

काठमाडाैं, १३ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ । ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए। महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा… पुरा पढौ

नेपालको राजनीतिक स्थिरताबारे चिनियाँ टाेलीकाे चासाे

काठमाडाैं, १३ पुस । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा नेपालको राजनीतिक स्थिरताबारे चिन्ता जाहेर गरेको राष्ट्रपतिका एक विज्ञले बताएका छन्। राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टिका ढकालले भने: नेपालभित्रको राजनीतिक स्थिरता र स्थायित्वप्रति चीनको चिन्ता छ भन्ने वहाँहरूको छलफलमा देखिएको थियो। सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका आन्तरिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै असर नपार्ने कुरामा आश्वस्त पार्न खोजेको ढकालले बताए। राष्ट्रपति भण्डारीसँग झन्डै आधा घण्टा भेटेपछि चिनियाँ टोलीले बालुवाटार पुगेर… पुरा पढौ

सेन्ट्रल फाइनान्सले १० प्रतिशत लाभांश दिने, वोनस कति ?

काठमाडौं, १३ पुस । सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस १२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यस अनुसार फाइनान्सले ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ १३ पैसा बराबरको बोनस शेयर र २ करोड ४७ लाख… पुरा पढौ

बन्दाबन्दीमा समेत निगमले कमायो नाफा

काठमाडौं, १३ पुस । कोभिड–१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार रु १३ अर्ब नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा रु १२ अर्ब ८७ करोड नाफा कमाएको हो । प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत… पुरा पढौ

मितेरी, लुम्बिनी विकास बैंक र एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, १३ पुस । बैंक तथा वित्तीय संस्थाहरुले यतिबेला धमाधम साधारणसभा बोलाइरहेका छन् । साधारणसभा प्रयोजनका लागि शेयरधनी किताब बन्द गर्ने क्रम पनि निरन्तर छ । मुक्तिनाथ विकास बैंकले आज बुक क्लोज गरिसकेको छ भने दुई विकास बैंकहरु र एक लघुवित्तको भोलि हुनेछ । यसको लाभांश सुरक्षित गर्नका लागि आजसम्म शेयर किन्न सकिन्छ ।यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले नागरिक लगानी कोषको हकप्रद तथा लुम्बिनी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र एनएमबि लघुवित्तको लाभांश प्राप्त गर्न सक्नेछन् ।… पुरा पढौ

मुक्तिनाथको ‘बुक क्लोज’ नेप्सेले गर्यो शेयरमूल्य समायोजन

काठमाडौं, १३ पुस । मुक्तिनाथ विकास बैंकको साधारणसभा प्रयोजनका लागि ‘बुक क्लोज’ भएको छ । ‘बुक क्लोज’ भएसँगै सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले शेयरमूल्य समायोजन समेत गरेको छ। गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभाका लागि सोमबार बुकक्लोज गरेसँगै नेप्सेले बोनसलाई समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो। नेप्सेले मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता शेयरमूल्य ३४१ रुपैयाँ कायम गरेको छ। नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्यका आधारमा मुक्तिनाथको शेयरमूल्य समायोजन गरेको हो। आइतबार दोस्रो बजारमा… पुरा पढौ