मुख्य समाचार

इन्फ्रास्ट्रक्चर बैंकले पायो ८ अर्बको आइपीओ निष्काशन स्वीकृति

काठमाडौं, १२ पुस । नेपाल धितोपत्र बोर्डले नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई साधारण शेयर (आइपीओ) निष्काशनका लागि स्वीकृती दिएको छ । बैंकले अहिलेसम्मकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्रीको लागि अनुमति प्राप्त गरेको हो । आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नियुक्त भएको छ । चुक्ता पूँजी १२ रहेको बैंकको शेयर बिक्रीपछि पूँजी २० अर्ब पुग्ने भएको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १८ करोड १ लाख १३ हजार नाफा आर्जन गरेको छ । बैंकको सुरक्षित कोषमा… पुरा पढौ

शेयर बजारमा पहिरोः परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, १२ पुस । साताको पहिलो दिन आइतबार शेयर बजार घटेर राताम्मे देखिएको छ । शेयर बजारमा करिब ४० अंकको पहिरो जाँदा कारोबार रकम पनि घटेको छ । आइतबार नेप्से परिसूचक ३९.९८ अंकले घटेर एक हजार ९९१ दशमलब ६५ विन्दुमा थामिएको छ । कारोबार रकम पनि साढे ४ अर्बमै थामियो । दिनभर ४ अर्ब ५१ करोड ३१ लाख ९९ हजार ९९० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । पुरा पढौ

पर्यटन क्षेत्रलाई गतिशील बनाउन प्रभावकारी योजना अघि बढाइने

काठमाडौं, १२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई गतिशील बनाउन नीतिगत सुधारका साथ प्रभावकारी योजना अघि बढाइने बताएका छन् । शुक्रबार पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री ढकालले सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्रालयको कानूनी समस्या सुल्झाउन तत्काल गरिनुपर्ने निर्णय र मन्त्रिपरिषद्मा रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्ने विश्वास दिलाए । उनले भने, “मन्त्री फेरिँदा झस्किनु पर्दैन, अनुशासनमा रहेर काम गर्नुस् सबैको अभिभावकत्व ग्रहण गर्नेछु, म… पुरा पढौ

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता

विराटनगर, १२ पुस । प्रदेश नं १ को सरकारविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यसहित ३७ सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा ४ एवं प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को नियम १२९ बमोजिम प्रदेश सचिवालयमा आज अविश्वास प्रस्ताव दर्ता भएको हो । अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनका लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम तत्कालै प्रदेशसभा बैठक बोलाउन पनि माग गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य शेरधन… पुरा पढौ

प्रदेश १ का ३ मन्त्रीले दिए राजीनामा

काठमाडौं, १२ पुस । प्रदेश १ का ३ जना मन्त्रीहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास हुन् । आइतबार बिहान मुख्यमन्त्री समक्ष उनीहरुले वर्तमान राष्ट्रिय राजनीतिका घटेका घटनाक्रमका कारण वर्तमान प्रदेश सरकारको मन्त्री/राज्यमन्त्रीको जिम्मेवारीमा रही काम गर्न असमर्थ रहेको राजीनामापत्रमा व्यहोरा उल्लेख गरेका छन् । मुख्यमन्त्री शेरधन राईका विरुद्ध समेत अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा उनले यसअघि आर्थिक मामिला तथा… पुरा पढौ

लघुवित्तकाे श्रोतको समस्या दीर्घकालिन रुपमै समाधान हुने

काठमाडौं, १२ पुस । कर्जा लगानीका लागि श्रोतको अभाव झेलिरहेका लघुवित्त वित्तीय संस्थाहरुलाई दीर्घकालिन समस्या समाधानको प्रयास भएको छ । अर्थमन्त्रालयले लघुवित्तको श्रोतको समस्या समाधान गर्ने गरी गैरबैंकिङ संस्थाबाट पनि ऋण लिन सक्ने व्यवस्था गर्ने भएको छ । ‘कार्यविधि बनिसकेको छ, अब चाडै यो सुविधा लघुवित्तहरुले पाउनेछन्’ अर्थका एक अधिकारीले सफल आवाजसँग भने । अहिलेसम्म वाणिज्य बैंक मात्र कर्जाको स्रोत रहेको छ । यो व्यवस्था भएपछि लघुवित्त कोषका लागि वैकल्पिक व्यवस्था हुने ति अधिकारी बताउँछन् । कर्जा लगानी गर्न वैकल्पिक… पुरा पढौ

गुल्मीमा ट्रकको ठक्करबाट दुईको मृत्यु

गुल्मी, १२ पुस ।गुल्मीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए। पुरा पढौ

चिनियाँ कम्युनिष्ट पार्टीको टोली नेपाल आउँदै

काठमाडौं, १२ पुस । राजनीतिक संकट चुलिएको बेलामा नेपालप्रति छिमेकी मुलुकहरुको चासो बढ्न थालेको छ । यसैक्रममा छिमेकी मुलुक चिनबाट आइतबार एक उच्च अधिकारीहरुको चार सदस्यीय टोली नेपाल आउन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपामा आएको विभाजन, मनमुटाव, आरोप प्रत्यारोप र उत्पन्न हुन सक्ने राजनीतिक अस्थिरताका बारेमा वास्तविकता बुझ्नका लागि चाइनीज टोलि नेपाल आउन लागेको हो । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तराष्ट्रिय विभाग उपमन्त्री कुओ यचौ, अन्तराष्ट्रिय विभाग महानिर्देशक छुई यानसहितको टोली मध्यान्हमा काठमाडौं आईपुग्ने बताईएको… पुरा पढौ

प्रदेश १ सरकारमा शुरु भयो विवादः मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

विराटनगर, १२ पुस । प्रतिनिधिसभा विगठन पछि शुरु भएको सत्तारुढ दल नेकपाको कलह संघीय सरकारपछि अब प्रदेश सरकारमा पनि देखिन थालेको छ । वागमती प्रदेशमा मूख्यमन्त्री डोरमणी पौडेलका विरुद्द प्रदेशसभामा अविस्वासको प्रस्ताव दर्ता भइसकेको छ । अब प्रदेश एकका मूख्यमन्त्री शेरधन राईका विरुद्ध समेत अविस्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । नेकपा ओलीका मुख्यमन्त्री राईले प्रचण्ड–नेपाल समूहका… पुरा पढौ

महासंघ गण्डकीको अध्यक्षमा सञ्जिव कोईराला विजयी

पोखरा, १२ पुस । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको चाैथाे प्रदेश सभा तथा तेश्राे अधिवेशनबाट अध्यक्षमा सञ्जीव बहादुर कोइराला निर्वाचित भएका छन् । कोईरालाले प्रतिष्पर्धि हरिओम शर्मालाई पछाडी पार्दै विजयी भएका हुन । कोईरालाले जिल्ला, वस्तुगतबाट ४० भोट पाए भने उनका प्रतिष्पर्धि शर्माले १३ भोट मात्र ल्याएका थिए । संघको उपाध्यक्षमा ओमप्रसाद पौडेल विजयी भएका छन् । पौडेल वाणिज्यतर्फका हुन । मोतीप्रसाद पौडेल वस्तुगत तथा एसोसिएटतर्फको उपाध्यक्ष चयन भएका छन् । कोषाध्यक्षमा श्रवणकुमार जोशी विजयी भएका छन् । यस्तै… पुरा पढौ