मुख्य समाचार

सामाजिक सुरक्षा योजना परिमार्जन तयारी, आवश्यक परे झिक्न सकिने

काठमाडौं, ७ मंसिर । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढाउन योगदानकर्ताको चाहनाअनुसार केही योजना परिमार्जनको प्रस्ताव गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएको दुई वर्ष पुग्न लागे पनि योजनाप्रति सरोकारवालाको सहभागिता न्यून देखिएपछि कोषले योजना परिमार्जन गर्न लागेको हो । सामाजिक सुरक्षाको आधारभूत अवधारणासँगै योगदानकर्ताको चाहनालाई पनि सम्बोधन गर्न योजना परिमार्जनको तयारी अगाडि बढेको कोषले जनाएको छ । कोष सञ्चालक समिति सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा कार्यकारी निर्देशक, कानून मन्त्रालय, ट्रेड युनियन… पुरा पढौ

पोखरा–आँबुखैरेनी सडक चार लेन बनाउन यसै वर्षबाट काम थालिने

पोखरा, ७ मंसिर । बहुप्रतिक्षित पोखरा–आँबुखैरेनी सडक विस्तार चालु आर्थिक वर्षबाटै सुरु हुने भएको छ । सो सडकखण्ड चार लेनमा बिस्तार योजना छ । सडक विभाग आयोजना निर्देशनालयका उपआयोजना निर्देशक राकेश महर्जनका अनुसार ८० किमी लामो सो सडकखण्ड ४०/४० किमीको २ प्याकेज बनाएर विस्तार गरिनेछ । सोको लागि गत कात्तिक तेस्रो साता ठेक्का लागि बोलपत्र आहवान गरिएबमोजिम प्रस्ताव मूल्यांकन कार्य जारी रहेको छ । एशियाली बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने सो आयोजनाका लागि पोखराबाट पूर्वी खण्डमा १८ र आँबुखैरेनीदेखि पश्चिममा… पुरा पढौ

नेप्से परिसूचक ४.६९ अंकले बढ्यो, ६ अर्ब ९० करोड बढिको कारोबार

काठमाडौं, ७ मंसिर । साताको पहिलो दिन नेप्से ४.६९ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ४.६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ विन्दुमा पुगेकोे छ । नेप्सेका अनुसार आज ६ अर्ब ९० करोड ६ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये बैंकिङ क्षेत्र बाहेक अन्य घटेका छन् । पुरा पढौ

नागरिक लगानी कोषले कमायो १४ करोड ५९ लाख खुद नाफा

काठमाडौं, ७ मंसिर । नागरिक लगानी कोषले यस आर्थिक वर्षको पहिलो त्रैमासमा २०.६३ प्रतिशत खुद नाफा कमाएको छ । कोषको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १४ करोड ५९ लाख खुद नाफा गरेको छ । गएको वर्ष यही अवधिमा कोषको खुद नाफा १२ करोड १० लाख रहेको थियो । नागरिक लगानी कोषको संचित कोषमा अहिले ८ अर्ब २८ करोड रुपैयाँ रहेको छ । एक अर्ब ६४ करोड चुक्ता पूँजी रहेको कोषको हकप्रद शेयर बिक्री पछि चुक्ता पूँजी ३ अर्ब पुर्याइने भएको… पुरा पढौ

युनाईटेड इदी–मर्दी हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ७ मंसिर । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कपनीले आज बैंकिंग समय पश्चात आइपीओ बिक्री बन्द गर्न लागेको हो । कम्पनीले मंसिर २ गतेदेखि सर्वसाधारणमा ८ लाख ७३ हजार ९१० कित्ता शेयर बिक्री खुल्ला गरेको थियो। उक्त शेयरमा ५ गुणा भन्दा बढी आवेदन परिसकेको छ। कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सो मध्ये बिक्री… पुरा पढौ

खुसीको संकेतःफाइजर र वायोएनटेकले कोभिड १९ को खोप प्रयोगमा ल्याउन अनुमति मागे

काठमाडौं, ७ मंसिर । कोरोना भाइरस विरुद्धको खोप बनाईरहेको अमेरिकी औषधी कम्पनी फाइजर र कम्पनीको जर्मन साझेदार वायोएनटेकले कोभिड १९ को खोप प्रयोगमा ल्याउनका लागि अनुमति माग गर्दै निवेदन दिएका छन् । कम्पनीका अनुसार आफुले बनाएको खोप प्रभावकारी र राम्रो भएको जिकिर गर्दै सबैको प्रयोगको लागि शुक्रबार अनुमति मागेको हो । गएको एक वर्षदेखि विश्वभरका मानिसलाई कोरोना भाइरसको संक्रमणको कारण मानिसहरुले कष्टकर जीवन बिताईरहेका छन् । यही बिचमा कम्पनीले खोप प्रयोगमा ल्याउनका लागि निवदेन दिएपछि खुसिको संकेत देखिएको छ ।… पुरा पढौ

काठमाठौं महानगरमा आजदेखि निःशुल्क पीसीआर परीक्षण हुँदै

काठमाडौं, ७ मंसिर । काठमाडौं महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षण शुरु गर्दैछ । यसका लागि महानगरका वडाहरुमा स्वाब संकलन गर्न लागेको बताईएको छ । महानगरले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डमा परेका व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण फेरी शुरु गर्न लागेको काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताएका छन् । राष्ट्रिय विभूति शंखधर साख्वा तथा मानवअधिकार अभियानका अगुवा पध्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा शाक्यले आजबाट फेरी महानगरमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गर्न लागेको बताए हुन् । मेयर शाक्यका अनुसार कन्ट्याक्ट… पुरा पढौ

बिओके क्यापिटलको ४.५ प्रतिशत लाभांश पारित

काठमाडौं, ७ मंसिर । बिओके क्यापिटलको पाँचौ साधारण सभाबाट ४.५ लाभांश पारित भएकाे छ । सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०७६/२०७७ को वित्तिय विवरण पारित गरिएको छ । सभाले प्रस्तावित ४.५ प्रतिशतले हुन आउने ९४ लाख ५० हजार नगद लाभांश करसहित पारित गरेको छ । आर्थिक वर्ष २०७६/२०७७ को संचित मुनाफा, चुक्ता पूँजी २१ करोडबाट ४.५ लाभांश पारित भएको हो । यस्तै साधारण सभाले सामुहिक लगानी कोष व्यवस्थापन र रकम जम्मा लगायतका व्यवस्थापनका काम क्यापिटलले गर्ने प्रस्तावलाई पारित गरेको छ… पुरा पढौ

शाइन रेसुंगाको शेयर संरचना परिवर्तन, संस्थापकको हिस्सा ५४.८५ प्रतिशत

काठमाडौं, ७ कात्तिक । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शेयर संरचना परिमार्जन भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहको शेयर संरचना केहि फेरबदल भएको हो । बैंकको ११ लाख १९ हजार ५५६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण भएको छ । शेयर संरचना परिवर्तन भएसँगै अब संस्थापक समूहको हिस्सा ५४.८५ प्रतिशत र सर्वसाधारण समूहको ४४.१५ प्रतिशतअनुपात कायम भएको छ । हाल यस बैंकको चुक्ता पुँजी १ अर्ब १ करोड रहेको छ । पुरा पढौ

गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

काठमाडौं, ७ मङ्सिर। सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकमा छनोट भएका हुन । पार्कीले छैटौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जिते । पार्कीले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । पच्चीस खेलाडी सहभागी म्याराथनमा पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा १८… पुरा पढौ