मुख्य समाचार

तारे होटलको तयारी तीव्र: व्यावसायिक प्रतिस्पर्धा मुख्य चुनौती

काठमाडौँ, १८ साउन । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् । सरकारले साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अपनाइ आवश्यकताअनुरुप जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी गरेका हुन् ।        चार महिना प्रायः ठप्प होटलको विजनेश विदेशी पर्यटकमा निर्भर रहने हुँदा अझै केही समय समस्यामा पर्ने देखिएको छ । खासगरी तीन तारेदेखि पाँचतारे होटललाई समस्या हुने देखिन्छ । एकातिर पर्यटक कम आएमा व्यवसाय बढ्ने अवस्था… पुरा पढौ

गाईमा नयाँ भाइरस सङ्क्रमण देखियो

भरतपुर, १८ साउन । चितवनका गाईमा नयाँ किसिमको सङ्क्रामक रोग देखिएको छ । पहिचान हुन नसकेको सो रोगले अहिले पूर्वी चितवनका गाईहरु थलिन थालेका छन् । दुई दर्जन गाईमा यस्तो सङ्क्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले जानकारी दिएको छ ।     गाईमा नयाँ किसिमको सङ्क्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकहरूले बताएका छन् । लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्कने) जस्तै देखिने रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका प्रमुख डा दयाराम चापागाईंले जानकारी… पुरा पढौ

बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १०४ पुग्यो

काठमाडौँ, १७ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर पनि २ रुपैयाँले वृद्धि गरेको छ ।      निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो । यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ ।… पुरा पढौ

‘इनफ इज इनफ’ अभियानमा काँग्रेस सभापति देउवाको एक्यवद्धता

काठमाडौँ, १७ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । शतप्रतिशत पिसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’ का अभियन्तालाई आज वसन्तपुरमा भेटेर उनले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् । सभापति देउवाले भने, “अनशनकारीको मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ, मान्छेलाई मर्न दिन हुँदैन, वर्तमान सरकारले तुरुन्तै आफ्नो मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ, सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गर्न खोजेको छ, म यसको… पुरा पढौ

बढ्यो कोरोना संक्रमण, एकैदिन ३१५ संक्रमित थप

लकडाउन अन्त्यसँगै कोरोना संक्रमितको दर भने बढ्दो छ । साउन ७ देखि सरकारले लकडाउन हटाएकोमा यसबीचको ११ दिनमा २ हजार ९२ जना संक्रमित थपिएका हुन् । ५८ हजार १ सय ७४ नमुना परीक्षणमा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमूना परीक्षणमा २.८ प्रतिशत अर्थात १ हजार ३ सय ४५ जनामा संक्रमण देखिएको थियो । यस्तै, गएको २४ घण्टामा थप ३ सय १५ जनामा संक्रमण पुष्टि भएको… पुरा पढौ

वि.सं. २१०० मा नेपाल

नेपालले २१ औं शताब्दी समाप्तिसँगै २२ औं शताब्दीको स्वागत गरेको छ । दुई दशकदेखि नै उच्च आर्थिक वृद्धिसहित विकासमा महत्वपूर्ण फड्को मार्दै संसारभरका सञ्चारमाध्यमको ध्यानाकर्षण गर्न नेपाल सफल रह्यो । नेपालबारे लेखिएका केही समाचार यसप्रकार छन् - १. दुई दशकदेखि उच्च आर्थिक वृद्धि हासिल गर्दै नेपाल विश्वमा एक समृद्ध देशको रुपमा स्थापित हुन सफल ।१८ वर्षदेखि दोहोरो अंकको आर्थिक वृद्धि । २. नेपाल अब कृषिप्रधान देशमात्र रहेन, वार्षिक २ करोडभन्दा बढी पर्यटक भित्र्याएर संसारकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यमा स्थापित हुन… पुरा पढौ

मेयरपछि सांसदलाई पनि कोरोना, बढ्दैछ संक्रमण खतरा

पर्सा, १७ साउन । पर्सामा कोरोनाको खतरा बढेको छ । विरगञ्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई कोरोना संक्रमण देखिएको ३ दिन वित्न नपाउदै सांसदमा समेत कोरोना संक्रमण देखिएको छ । प्रतिनिधिसभा सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् । सांसद यादवसँगै उनको सवारी चालक र पीएसओ पनि संक्रमित भएका हुन्… पुरा पढौ

आज बकर इद मनाउँदै, कसरी सुरु भयो पर्व ?

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) शनिबार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन… पुरा पढौ

नेपाल-चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष

काठमाडौँ, १७ साउन । आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेका छन् । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । राष्ट्रपति सीले गत अक्टोबरमा गर्नुभएको नेपालको ऐतिहासिक… पुरा पढौ

पहिराले एकै घरका चार जनाको ज्यान गयो

गुल्मी, १७ साउन । गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की बीना, उनका छोराहरु वर्ष १० का हेमन्त, वर्ष ७ का सागर र दश महिनाकी छोरी विनिता रहेको रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए । शुक्रबार बेलुकी ५ बजेदेखि अविरल वर्षा भइरहेको कारण राति घर माथिबाट ठूलो… पुरा पढौ