मुख्य समाचार

दरबारमार्ग वृत्तका प्रमुख रञ्जन दाहाल जिम्मेवारीबाट हटाइए

१५ साउन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । १५ किलो ‘सुन’ भनी बरामद भएको पहेँलो धातु काण्डमा मुछिएपछि दाहाललाई त्यहाको जिम्वेवारीबाट हटाइएको हो । दाहाललाई घटनास्थल परिवर्तन गरेको र अभियुक्तलाई भगाएको आरोप छ ।हाल उनलाई पुलिस एकेडेमी महाराजगंजमा काजमा पठाइएको नेपाल प्रहरीका प्रबक्ता एसएसपी कुबेर कडायतले बताए । छानविनका लागि प्रहरी वृत्त दरवारमार्गको नेतृत्वबाट हटाइएको हो -प्रबक्ता एसएसपी कडायतले सफल आवाजलाई भने । दाहालको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ । घटनाकाे… पुरा पढौ

निर्मला हत्या प्रकरण: प्रहरी उपरीक्षकसहित ८ प्रहरीलाई सफाइ

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातना मुद्दा खेपेका प्रहरी उपरीक्षकसहित ८ जना प्रहरीले आज सफाइ पाएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको एकल इजलासले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट (हाल बर्खास्त) सहित आरोपित आठ प्रहरी अधिकृत तथा कर्मचारीलाई सफाइ दिएको हो । जिल्ला श्रेष्तेदार यदुराज शर्माले निर्मला हत्या प्रकरणमा उनीहरुले सम्बन्धित प्रमाणहरु नष्ट नगरेको देखिएकाले सफाइ पाएको बताए । ‘निर्मलाको घाँटी थिची हत्या भएको… पुरा पढौ

भदाै १ गतेदेखि विद्यालयले भर्ना लिन पाउने, विद्यालयबाट क्वारेनटाइन हटाइने

काठमाडौं, १५ साउन । सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय गरेको छ ।साथै विद्यालयले २०७६- ७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन गरिसक्न भनेको छ । भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क राख्ने, विद्यालय शिक्षकहरुलाई अभिलम्ब विद्यालय पु-याउने व्यवस्था गर्ने, क्वारेन्टिन बनाइएको विद्यालयबाट त्यसलाई हटाउने निर्णय गरेको छ । पुरा पढौ

पोखराका होटल १० प्रतिशतमात्र खुले

पोखरा, १५ साउन । कोभिड–१९ विरुद्ध आवश्यक मापदण्ड अनाएर पोखराका होटल रेष्टुराँमध्ये बिहीबारदेखि १० प्रतिशतमात्र खुल्न थालेका छन् । कोरोनाको प्रभावले शून्य बनेको पोखराको पर्यटन क्षेत्र होटल तथा रेष्टुराँ खुलेसँगै केही गति दिन सक्ने संकेत देखिन्छ । तर कोरोना भाइरस संक्रमण जोखिम नहटिसकेको, लामो दूरीका सवारीसाधन नचलेको, हवाई यातायात बन्द रहेको हुँदा पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड भने अझै सुनसान प्रायः छ । यहाँका करिब १० प्रतिशत होटलमात्र बिहीबारदेखि संचालनमा आएको पश्चिमाञ्चल होटल संघले जनाएको छ । संघका अध्यक्ष विकल… पुरा पढौ

सनराइजमा लफडा निम्ताउने सञ्चालकको त्यो चिठी…

काठमाडौं, १५ साउन । सनराइज बैंकमा देखिएको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको विवाद तत्कालका लागि समाधान भएको छ । सीईओ शर्मालाई हटाउनका लागि अन्तिम अस्त्र प्रहार गरिसकेपछि नेपाल राष्ट्र बैंकले सञ्चालकहरुलाई बोलाएको थियो । राष्ट्र बैंकले सीईओ नहटाउन भनेपछि अन्तिम अस्त्र पनि तत्कालका लागि रोकिएको छ । अर्थात बैंकका सीईओ जनकशर्मा पौड्याल तत्काल हट्ने छैनन् । निकै उत्कर्षमा आएको विवाद अब केहि समयका लागि समाधान भएको बैंकका सञ्चालकहरु बताउछन् । तर यो समाधान दीर्घकालिन भने नभएको उनीहरुको तर्क छ ।… पुरा पढौ

काठमाडौँमै पहिराेको जोखिम, तीन घर स्थानान्तरण गरियो

काठमाडौँ, १५ साउन । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पु¥याएपछि सुरक्षित स्थानमा सारिएको छ ।        केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पु¥याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।        बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र… पुरा पढौ

हिमालपारिको जिल्ला मुस्ताङसँगको सम्पर्क टुट्यो

बलेवा, १५ साउन । बाढीले जमिनको बाटो बगाएको २६ औँ दिनभयो । आकाशको मार्गसमेत मौसमका कारण चार दिनदेखि खुलेको छैन । बजारको भाउ, अत्यावश्यक वस्तु तथा सेवाको उपलब्धता सामान्य समयमा जस्तो छैन हिमालपारिको जिल्ला मुस्ताङमा । सबै विकल्प बन्द भएपछि जिल्लावासीलाई जिल्लामा उपचार हुन नसक्ने गरी बिरामी पर्दा के गर्ने भन्ने चिन्ताले नराम्ररी पिरोल्न थालेको छ । यहाँका सर्वसाधारणलाई यस वर्षको वर्षाले निकै दुःख दियो । हिउँदमा भारी हिमपातका कारण खेतीपाती र पशुचौपायाको क्षति व्यहोर्दै आएका यहाँका किसानले वर्षामा बाढी… पुरा पढौ

बाढी बस्तीमा पस्दा चार बेपत्ता, सतर्कता अपनाउन विभागकाे आग्रह

कैलाली, १५ साउन । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रका धेरैजसो भूभाग जलमग्न भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुबानमा परेका छन् भने चार जना बेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरक÷फरक ठाउँमा चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिका–८ सोनाफाँटा क्षेत्रका चार जना बगेर बेपत्ता भएका छन् । भजनी–८ सोनाफाँटाका… पुरा पढौ

नेपाल–चीन युगौंदेखिको सम्बन्ध : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

पाेखरा, १४ साउन । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँं वार्षिकोत्सवमा नेपाल–चीन हिमालमैत्री समाज नेपालले बुधबार पोखरामा प्रदेशस्तरीय कार्यक्रम गरेको छ । प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिमेकी मुलुकसँगको सम्बन्धलाई सुमधुर बनाउँदै राष्ट्रको विकासमा जोड्नुपर्ने आवश्यकता औंल्याए । उनले नेपाल र चीनबीच युगौंदेखि सामाजिक एवं सांस्कृतिक रुपमा सम्बन्ध बढेको बताए । प्राकृतिक स्रोत र साधनले नेपाल सम्पन्न भएपछि उचित सदुपयोग गर्न नसक्दा विकसित मुलुकको दाजोमा पुग्न नसकेको उनको गुनासो थियो । उनले विदेशी मुलुकबाट आउने आर्थिक सहयोगका लागि एकतावद्ध हुनुपर्नेमा… पुरा पढौ

सेयर बजारमा पहिराे, नेप्से परिसूचक २३ अंकले घट्याे

काठमाडौं,१४ साउन । सेयर बजारमा आज २३.३६ अंकको गिरावट आएको छ । यद्यपि, कारोबार भने १ अर्ब ६८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । समग्रमा बजार १.६१ प्रतिशतले घटेको हो । बुधबार १८७ कम्पनी कारोबारमा आएका थिए । ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर कारोबार भएको छ । सबै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी जिव बिमा कम्पनी १९०.८२ अंकले घटेको छ । निर्जिवन बिमा कम्पनी १५९.८७ अंकले घटेको छ । होटल समुह ५९.५ अंकले घटेको… पुरा पढौ