मुख्य समाचार

कोरोनाबाट थप ४ जनाको मृत्यु, एकैदिन देखियो २२४ मा संक्रमण

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । गएको २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै मृतक संख्या ५६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको प्रेस ब्रिफिङक्रममा सोको जानकारी दिएको हो । मृत्यु हुने ४ जना सबै पर्साका हुन् । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार मृत्य हुनेमा वीरगञ्ज–११, श्रीपुरका ५६ वर्षीय पुरुष रहेका छन् । मुटु रोगी उनको बिहीबार राति ११ बजे मृत्यु भएको हो । उनलाई साउन ६ गते कोरोना पुष्टि भएपछि भोलिपल्ट गण्डक… पुरा पढौ

काेराेनाकाे त्रास बढ्दै, विराटनगरमा फेरि लकडाउन

विराटनगर, १६ साउन । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए । लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ । पुरा पढौ

संस्थागत सुशासनमा शून्य सहनशीलता

कोभिड १९ महामारीको मारमा परेका पेशा व्यवसायका ऋणी र बैंक वित्तीय संस्था दुवै पक्षलाई यथासंभव राहत मिल्ने गरी केन्द्रीय बैंकबाट मौद्रिक नीति २०७७-०७८ र यसको कार्यान्यवन निर्देशन आईसकेको छ । निर्देशनमा व्यवस्था भए अनुसार कर्जा भुक्तानी अवधिको म्याद कम्तिमा पनि ६ महिनासम्म कुनै किसिमको अतिरिक्त शुल्कहरु विना नै थप गर्न पाइने भएको छ । ऋणीको आवश्यकता र लिखित कार्य योजना अनुसार न्यूनतम १० प्रतिशत ब्याज असुल उपर गरी एक पटकको लागि कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिने भएको छ ।… पुरा पढौ

उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण

काठमाडौ‌‍ , १६ साउन । काठमाडौँ उपत्यकाका थप १८ प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालको सवारी शाखामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनको परीक्षणबाट आज बिहानमात्र थप १८ प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उपत्यकामा कोरोना पुष्टि भएका बिरामीलाई उपचारका लागि सशस्त्र प्रहरी बलको बलम्बु अस्पतालमा लगिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पुरा पढौ

अझै ल्याउन सकेनन् सिरहाका छ स्थानीय तहले बजेट

लहान, १६ साउन । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका छ स्थानीय तहले गत असार १० गतेसम्ममा ल्याउनुपर्ने चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्यौलता बढ्को छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिए पनि सिरहाका १७ स्थानीय तहमध्ये छ स्थानीय तहले निर्धारित समयभित्र बजेट ल्याउन असफल भएका हुन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० गतेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश… पुरा पढौ

जनकपुरका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

धनुषा, १६ साउन । उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो । तेस्तै, न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि निश्चित कामकारबाही बाहेक अन्य काम शुक्रबारदेखि ३१ गतेसम्मका लागि स्थगित गर्ने उच्च अदालत जनकपुरले गरेको छ । पुरा पढौ

जात्रा पर्वमा भीडभाड नगर्न आग्रह

काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ । ‘पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ । जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो,’ कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘शुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको संख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी… पुरा पढौ

ऋण तिर्न नसकेर अपहरणको अभिनय गर्दा …

अज्ञात व्यक्तिले अपहरण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन् । ऋण तिर्न नसकेपछि उनले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । अपहरणमा परेको खबर आएपछि प्रहरी परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपहरणमा नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । उनलाई अपहरणको नाटक गरी समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रज्वल महर्जनले जानकारी दिए । गत… पुरा पढौ

वीरगञ्जका मेयरलाई लाग्यो कोरोना भाइरस

वीरगञ्ज, १५ साउन । विरगञ्ज महानगरपालिका मेयर विजय सरवागीलाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । मेयर सरवागी आफैले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना भाइरस लागेको पुष्टि गरेका छन् । कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले स्टाटसमा उल्लेख गरेका छन् । वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए । पुरा पढौ

काठमाडौं प्रवेशमा फेरि कडाइ

काठमाडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो । उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए लगतै मन्त्रालयले यो कदम चालेको हो । पुरा पढौ