मुख्य समाचार

बाढीले पुल जोखिममा, सडक अवरुद्ध, खेती र जलविद्युत् आयोजनामा क्षति

पाँचथर, २० साउन । आधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ । आइतबार रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीका कारण २५ मिटर लम्बाइको पुलको पश्चिमपट्टिको जमिनको क्षेत्रमा क्षय हुँदा पुल जोखिममा परेको हो । मुख्य पिलर पछाडिको जमिन आधाभन्दा बढी भत्किएपछि पुल जोखिममा परेको हो । बाढीले उक्त पुल आसपासको क्षेत्र तथा फिदिम नगरपालिका–१ को मालबाँसेका विभिन्न स्थानमा… पुरा पढौ

सुनको मूल्य तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम

काठमाडौं, २० साउन । सुनको भाउ दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ९९ हजार ८०० पुगेको हो । यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ । पुरा पढौ

मेची अस्पतालमा कोभिड–१९ को उपचार शुरु

झापा, २० साउन । मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ । अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पिसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो । प्रयोगशालामा भइरहेको कोभिड–१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः… पुरा पढौ

साँगा नाकाबाट उपत्यका प्रवेश गर्ने १३ जनामा कोरोना पुष्टि

काभ्रेपलाञ्चोक, २० साउन । एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पोजिटिभ देखिएको हो ।        लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने तीन नाका काभ्रेपलाञ्चोकको साँगासँगै, ललितपुरको फर्पिङ र काठमाडाँैको थानकोटबाट काठमाडौँ प्रवेश गर्ने यात्रुको कोरोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो । साँगा–नाकामा… पुरा पढौ

संक्रमित बढेपछि सप्तरीमा एक साताका लागि निषेधाज्ञा

कोरोना संक्रमण बढेपछि सप्तरीमा आजदेखि लागू हुने गरी निषेधाज्ञा सुरु गरिएको छ । साउन २० देखि २६ गतेसम्म अत्यावश्यकबाहेक आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाभरिमा हालसम्म ५ सय ३१ जनामा कोरोना संक्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको… पुरा पढौ

आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई… पुरा पढौ

लगानी बोर्डको सिईओमा भट्ट नियुक्त

साउन १९ काठमाडौं, लगानी बोर्डको सिईओमा सुशील भट्ट नियुक्त भएका छन। सुशील ज्ञवाली,दिपकराज जोशी लगायतलाई पछि पार्दै योजना आयोगकाे सदस्य समेत रहेका भट्ट नै अन्तत लगानी बोर्डको सीईओ बने । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे । कैलालीमा जन्मेका भट्ट हाल राष्ट्रिय योजना आयोगको सदस्य थिए । महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि यो पद रिक्त थियाे । पुरा पढौ

थप ४१८ जनामा कोरोना पुष्टि

नेपालमा सोमबार थप ४ सय १८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कूल सङ्क्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ७ हजार ६ सय ३७ पिसिआर नमूना परीक्षण गर्दा गएको २४ घण्टामा ४ सय १८ जनाम ासङ्क्रमण पुष्टि भएको बताएका हुन्। काठमाडौँ उपत्यकामा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ५८ जना व्यक्ति सङ्क्रमणमुक्त… पुरा पढौ

खोइ सरकार ? खोइ जनता ?

सर्वत्र राजनीति छ, शासन कतै छैन । टोल टोलमा पार्टी छ, सरकार कहीं छैन । गाउँपिच्छे नेता छन, समाजको नेतृत्व गर्ने अगुवा छैनन । घरघरै कार्यकर्ता छन्, जनता कोही छैनन ।राजनीतिले केन्द्रदेखि गाउँसम्म हरेक वर्ग, समुदाय र निकायलाई पक्ष विपक्षमा विभक्त गरेको छ । सिंगो समुदायको हितमा काम गर्ने निष्पक्षता कसैमा छैन । समग्रमा तमाम विकृतिले पुरै देश अशक्त छ । देशलाई सशक्त ढंगले चलाउन सक्ने आशालाग्दो कोही छैन । वर्षौंसम्म ऐना पुछिरहें तर मैलो मेरो अनुहारमै रहेछ भन्ने चेत… पुरा पढौ

प्रदेश १ का मुख्यन्यायाधिवक्ता आचार्यलाई कोरोना संक्रमण पुष्टि

मोरङ, १९ साउन । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडानम्बर ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यका परिवारका तीनजना सदस्यमा पनी कोरोना पोजेटिभ देखिएको हो । आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । तीनैजनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने तयारी छ । पुरा पढौ