मुख्य समाचार

तनहुँमा बाढी पहिरोका कारण १५६ घरपरिवार विस्थापित

तनहुँ, १९ साउन । बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् । घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् । असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिराका कारण ती घरपरिवार विस्थापित भएका हुन् । सयौ घरमा क्षति पुगेको छ । तनहुँमा चार नगरपालिका र छ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ… पुरा पढौ

सत्तारुढ नेकपाको आन्तरिक विवादः आज पुन: दुई अध्यक्षबीच छलफल हुँदै

काठमाडौं, १९ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि आज सोमबार दुई अध्यक्षबीच छलफल हुने भएको छ । सोमबार दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुने भएको हो । प्रधानमन्त्री ओलीलाई दुबै पदबाट हटाउनु पर्ने सचिवालयका सदस्यहरुले माग राखेपछि शुरु भएको विवाद लामो समय गुज्रिदा समेत समाधान हुन सकेको छैन । ओलीलाई पदबाट हटाउन प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतले… पुरा पढौ

अपडेडः मेलम्ची पहिरोमा ११ जना वेपत्ता, ५ जनाको शव भेटियो

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गएको पहिरोमा ११ जना पुरिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पुरिएका मध्ये ५ जनाको शव भेटिएको छ । शव भेटिएका मध्ये वीरगञ्ज निवासी प्रदीप चौरसिया र राजेश चौधरीको शव पहिचान भएको हो । अन्य मृतकको पहिचान हुन बाँकी छ । उनीहरु सबै कभर्ड हल निर्माणमा कार्यरत मजदुरहरु हुन् । कभर्ड हल निर्माणमा दुई भारतीय नागरिकसहित नौ जना मजदुर खटिएका थिए । उनीहरु बस्दै आएको टहरोलाई गएराति करिब दुई बजेतिर आएको पहिरोले पुरेको थियो । पुरा पढौ

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ बेपत्ता

काठमाडौं, १९ साउन । अविरल वर्षापछि पहिरो जाँदा सिन्धुपाल्चोकको मेलम्ची–११, मेलम्ची बजारमा ८ जना बेपत्ता भएका छन् । १ जनालाई भने प्रहरीले उद्धार गर्न सफल भएको छ । कभर्ड हल निर्माण गर्ने कामदार बसेको घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् । गएराति २ बजेतिर गएको पहिरोमा ३ घण्टाको प्रयासपछि १ जनालाई जिवितै उद्धार गर्न प्रहरी… पुरा पढौ

कोरोना त्रासबीच जनैपूर्णिमा मनाइँदै

आज साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा पर्व । चूडाकर्म गरेका आमतागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । तर विगत वर्षमा जस्तो यसपालिको जनपूर्णिमा पर्व मनाउन सहज छैन । किनकि हाम्रा सामु कोराना भाइरसको महामारी सकिएको छैन । कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा… पुरा पढौ

जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा जारी

जनकपुरधाम, १८ साउन । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनकपुरधाम उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले कडाई गरिने बताए । पुरा पढौ

थपिए २४६ जना कोरोना संक्रमण

काठमाडौं, १८ साउन । आइतबार नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको स्वाब परिक्षणको नतिजाबाट सो संख्याका संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्ममा कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन् । कोरोना संक्रमणका कारण आइतबारसम्म ५७ जनाको मृत्यु भएको छ । पुरा पढौ

विद्यालय पुनःसञ्चालन अधिकार स्थानीय तह र व्यवस्थापन समितिलाई दिन सुझाव

कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी सङ्घीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि ल्याउने तयारी गरेका बेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल र शिक्षा पत्रकार समाजले आज आयोजना गरेको भर्चुअल संवादमा सबै पक्षसँग छलफल नभएको स्थितिमा हतारमा कार्यविधि जारी नगर्न सुझाव दिइएको हो । स्वास्थ्य सुरक्षा जोखिम कायमै रहेकाले विद्यालय तत्काल खोल्दा… पुरा पढौ

अर्जुनधारा पाँच दिनका लागि लकडाउन

झापा, १८ साउन । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र बन्दाबन्दी (लकडाउन) गरेको छ नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी)को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको हो । केही दिनअघि अर्जुनधारा वडा नं १ का एक व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले सो निर्णय गरेको नगरप्रमुख हरि रानाले बताए । उनले सङ्क्रमित व्यक्तिसँग रहेकाहरूको कन्टयाक्ट ट्रेसिङ गर्न सहज होस् र थप समुदायमा नफैलियोस् भनेर बन्दाबन्दी नै गरेको जानकारी… पुरा पढौ

बारामा अनिश्चितकालीन निषेधाज्ञा सुरु, घरबाट बाहिर निस्कन नपाइने

कोरोना भाइरसको संक्रमित बढेसँगै बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको तथा बारामा पनि दैनिक संक्रमितको संख्या बढिरहेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । आइतबार बिहान ५ बजेदेखि स्थान निर्धारण गरी निषेधाज्ञा जारी गरिएपछि मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् । जसअनुसार अत्यावश्यक कामका बाहेक कोही पनि नागरिक भेला हुन तथा घर बाहिर निस्कन नहुने, अति आवश्यक सेवाको लागि दैनिक प्रयोग हुने… पुरा पढौ