मुख्य समाचार

बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी

काठमाडौं, २२ साउन । बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो । केन्द्रीय सुरक्षा समितिको बैंठकको निर्देशनबमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् । नेपाल प्रहरीका प्रवक्ता… पुरा पढौ

नारायणी नदी तटबन्धनमा बजेट अभाव, ठेकेदारले पाएनन् ४० करोड भुक्तानी

चितवन, २२ साउन । नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो । गत वर्षको कामको भुक्तानी यस वर्ष विनियोजन भएको बजेटबाट आंशिक गरिएको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार गत वर्षको भुक्तानी गर्नुपर्ने रु एक अर्ब १३ करोड ६४ लाखमध्ये रु ५७ करोड भुक्तानी गरिएको छ । पेश्कीसहित हिसाब मिलान गर्दा गत वर्षको रु… पुरा पढौ

कोशी, मधेश,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

काठमाडाैं, २२ साउन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित छ । हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ । साउन २२ गते (मंगलबार) दिउँसोː देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा  मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,… पुरा पढौ

नेप्से २८ सयको विन्दु नजिक, २१ अर्ब ८६ करोडको कारोबार

काठमाडौं, २१ साउन । बिहिबार करेक्सन भएको सेयर बजार आज भने उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारको सकारात्मक लयले लगानीकर्ताहरु चलायनमान भइरहेकाे संकेत गरेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.४७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स भने ०.९७ अंकले घटेर ४९१.७८ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको… पुरा पढौ

अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनु सरकारकाे मुख्य चुनौती होः अर्थमन्त्री पौडेल (अन्तरवार्ता)

काठमाडौं, २१ साउन । राजनीतिक अस्थिरताको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको तथ्य कसैबाट लुकेको छैन । पटकपटक भएका सरकार परिवर्तनका कारण विकास र समृद्धिका मुद्दा सधैँ ओझेलमा रहे । अस्थिर राजनीतिले मुलुकको समग्र विकास एवं समृद्धिमा कसरी असर गरिरहेको छ र त्यसको मूल्य हामीले चुकाइरहेका छौँ भन्ने उदाहरणका रुपमा चालु आर्थिक वर्षको बजेटलाई लिन सकिन्छ । बजेटका सिद्धान्त र प्राथमिकता एउटा अर्थमन्त्रीले र वार्षिक बजेट अर्कै अर्थमन्त्रीले ल्याए । बजेट कार्यान्वयन गर्ने समयमा पुनः सरकार परिवर्तन भयो र मुलुकको अर्थतन्त्रको बागडोर… पुरा पढौ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढ्यो

काठमाडौं, २१ साउन । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफामा बृद्दी भएकाे छ। बैंकले यसअवधिमा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। सो अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.७१ प्रतिशत बढी हो । ३४ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप १३.८३ प्रतिशत बढेको छ भने कर्जा १.५४ प्रतिशत मात्र… पुरा पढौ

प्रभु बैंकको खुद नाफामा उछाल, यस्ता छन अन्य सूचक

काठमाडाैं, २१ साउन । प्रभु बैंककाे नाफामा उल्लेख्य बृद्धि भएकाे छ। बैंककाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य बृद्धि भएकाे देखिएकाे छ। असार महिनाकाे अन्त्य सम्ममा बैंकले ४ अर्ब ४८ करोड खुद नाफा गरेकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १४९९.०४ प्रतिशतले धेरै हो । बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेपछि र इम्पेयरमेन्ट चार्ज भारी मात्रामा घटेकाेले नाफामा भारी मात्राकाे उछाल देखिएकाे हाे… पुरा पढौ

कास्कीका नयाँ उद्योगहरूमा २ अर्ब लगानी थपियाे

पाेखरा, २१ साउन । गत बर्ष कास्की जिल्लाका नयाँ उद्योगहरूमा २ अर्ब लगानी थपिएकाे छ । ती उद्योगहरूमा १ अर्ब ९१ करोड ८४ लाख ५२ हजार पुँजी लगानी भएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख महराज ढकालले जानकारी दिएका छन। गत १ वर्षकाे अवधिमा ६ सय ४९ नयाँ उद्योग दर्ता भएकाे समेत प्रमुख ढकालले बताए। पर्यटन तथा उद्योग कार्यालय कास्कीमा दर्ता भएका उद्योगमध्ये लघु उद्योग १३ र साना ६ सय ३६ वटा छन् । पोखरामा बढी मात्रामा पर्यटन क्षेत्रलगायतको सेवामूलक व्यवसाय… पुरा पढौ

सुनको भाउमा नयाँ रेकर्ड-तोलाको डेढ लाख, चाँदीको स्थिर

काठमाडौं, २१ साउन । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन साेमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । यसदिन सुनचाँदीको कारोबारको इतिहासमै पहिलोपल्ट सुनको भाउ बढेर डेढ लाख पुगेको हाे । चाँदीकाे भाउ ने स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर हालसम्मकै नयाँ रेकर्ड बनाउदै तोलाको १ लाख ५० हजारमा कारोबार भईरहेको जनाएाे छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

लुम्बिनीकाे सम्पदा संरक्षणमा स्थानीय सरकार र कोषबीच सहकार्यको खाँचो

लुम्बिनी, २१ साउन । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ । लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेको खाँचो छलफलका सहभागीले औँल्याएका थिए । कार्यक्रममा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने जनाउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाको साथ र सहयोग आवश्यक छ भने। उनले… पुरा पढौ