म्याग्दी, १९ साउन। म्याग्दीका अधुरा आयोजनालाई पूर्णता दिन जनप्रतिनिधि र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूको टोलीले प्रधानमन्त्री र विभागीय मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन। नेकपा (एमाले) म्याग्दीका नेता तथा एमालेबाट जिल्लामा निर्वाचित भएका जनप्रतिनिधिको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत मन्त्रीहरूलाई आज भेटेर ११ बुँदे मागपत्र बुझाएका हुन् । विपदबाट क्षति पुगेका सडक मर्मत तथा वैकल्पिक सडक, मोटरेबल…
पुरा पढौ