मुख्य समाचार

१ अर्ब १० करोड रुपैयाँ मुद्धति निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको कुल १ अर्ब १० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागेको जानकारी दिएकाे छ । राष्ट्र बैंकले १ अर्ब १० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने सूचना जारी गरेकाे हो। राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा साे रकम मुद्दति निक्षेपमा राखिनेछ । बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ८८ करोड लगानी गर्ने जनाएकाे छ । यस्तै ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकका… पुरा पढौ

भ्रष्टाचार नियन्त्रण गर्न सरकार दृढ छः प्रधानमन्त्री ओली

काठमाडौं, २२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै किसिमका भ्रष्टाचार रोकथाम, नियन्त्रण र अन्त्य गर्ने प्रतिबद्धतामा सरकार दृढ रहेको बताएका छन्। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनको उद्देश्य र कारणबारे प्रस्ट्याउँदै उनले भ्रष्टाचार निर्मूल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको दोहोर्याए । प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ । म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न ।”… पुरा पढौ

नेप्सेमा उच्च अङ्ककाे गिरावट, २३ अर्ब ७१ करोड बढीकाे काराेबार

काठमाडौं, २२ साउन । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा उच्च अङ्ककाे गिरावट भएकाे छ । काराेबार रकम भने हालसम्मकै बढी भएकाे छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १ सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ… पुरा पढौ

माछापुच्छ्रे बैंकको नाफामा गिरावट

काठमाडौं, २२ साउन । माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा घटेको छ। बैंकले यस अवधिमा १ अर्ब २५ करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशत कम हो । समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ६..७६ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट… पुरा पढौ

काँक्रोको बीउ बचेर किसानले २ करोड भित्र्याउन सफल

पर्वत, २२ साउन । जलजला गाउँपालिका–७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर रु दुई करोड भित्र्याउन सफल भएका छन् । व्यावसायिक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बीउ उत्पादन गरेका हुन् । उनीहरुले भक्तपुर लोकल जातको काँक्रोखेती गरेका थिए । यसवर्ष यहाँ करिब दुई हजार किलोभन्दा बढी काँक्रोको बीउ उत्पादन भएको अगुवा किसान एकनारायण पौडेलले जानकारी दिए । गत वर्षभन्दा यसवर्ष उत्पादित बीउले राम्रो मूल्य पाएको उनले बताए। यहाँका किसानले विगत दुई दशकदेखि व्यावसायिक रुपमा काँक्रोको… पुरा पढौ

कञ्चनपुरमा भएको अति भारी वर्षा-‘तराई क्लाउडब्रष्ट’

काठमाडौं, २२ साउन । जल तथा मौसम विज्ञान विभागले गत असार २३ गते कञ्चनपुरलगायत क्षेत्रमा भएको अति भारी वर्षाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो वर्षाको प्रणालीहरुको सम्मिश्रण प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडब्रष्ट’ नामाकरण गरिएको छ । विभागले जिल्लाका दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरुको स्थलगत परीक्षण गरी दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था मापदण्ड भित्रै रहेको र प्राप्त तथ्याङ्क… पुरा पढौ

लगातारकाे वर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

काठमाडौँ, २२ साउन। गएराति देखिको लगातारकाे वर्षाका कारण काठमाडौं उपत्यकाको जनजीवन प्रभावित भएकाे छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ । सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छ भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ । रामशाहपथस्थित राष्ट्रिय जीवन बीमा कम्पनी… पुरा पढौ

वर्षाले भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित, टर्किस एयरलाइन्स र एयर इन्डियाको विमान डाइभर्ट

काठमाडौँ, २२ साउन । गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार बिहान टर्किस एयरलाइन्सको जहाज भारतको लखनउ र एयर इन्डियाको विमान बनारस ‘डाइभर्ट’ भएको छ । अन्तर्राष्ट्रिय उडानका आकाशमै ‘होल्ड’ भएका विमान अहिले अवतरण भइसकेका छन् । आन्तरिकतर्फ वर्षाले नियमित उडान प्रभावित भएको छ । निर्धारित उडान केही समय पछि… पुरा पढौ

लक्ष्मी सनराइज बैंकले २ अर्ब २८ करोड खुद मुनाफा कमायाे

काठमाडौं, २२ साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडको खुद नाफा बढेको छ। बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको रिपाेर्टमा उल्लेख गरिएकाे छ। सोही अवधिसम्ममा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.७९ प्रतिशत बढी हो। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। सोही अवधिमा बैंकको याे आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर १३ रुपैयाँ ९ पैसा पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८० पैसा र… पुरा पढौ

एचआईडिसिएलकाे १ करोड ६८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं, २२ साउन । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले संस्थापक समूहको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीका अनुसार अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्री नभएको सेयर बिक्री गर्न लागिएकाे हाे । यसका लागि व्यक्ति, संस्था वा कम्पनीले बोलपत्र पेश गर्न पाउने भएका छन्। लगानी गर्न चाहने लागनीकर्ताले साउन २९ गतेदेखि भदौ ६ गतेसम्म बोलपत्र पेश दिनुपर्नेछ। न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकोमा लगानीकर्ताले सोहि दर वा त्याेन्दा… पुरा पढौ