समाचार

पाल्पामा निषेधाज्ञा जेठ मसान्तसम्म

पाल्पा, २३ जेठ । पाल्पामा जारी निषेधाज्ञाको समयाबधि पुनः एकहप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पुर्‍याइएको छ। जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द रहेका वाणिज्य बैंकहरु बिहान ७ वजेदेखि १० सम्म खोल्ने निर्णय गरेको छ । अन्य वित्तीय संस्थाका सेवा भने पूर्ण रुपमा बन्द गरिने जनाइएको छ । कोभिड विरुद्धको खोप लगाउने स्थान पालिका भित्रका सबै वडामा व्यवस्थापन गर्ने र खोप लगाउने उमेर समूह… पुरा पढौ

समयमै अस्पताल आए मात्र उपचार सम्भव : डा. बास्तोला

काठमाडौं, २३ जेठ। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डा अनुप बाँस्तोलाले बिरामीलाई समयमै अस्पताल पुर्‍याउन अनुरोध गरेका छन्। उनले कोरोना संक्रमितलाई सिकिस्त हुनुअघि नै अस्पताल पुर्‍याउन अनुरोध गरेका हुन्। ‘बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ’, उनले भने, ‘तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुनसक्छ। श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं।’ अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको भएपनि काठमाडौबाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम चलिरहेकाे भन्दै उनले गाउँ-गाउँमा सिकिस्त बिरामी… पुरा पढौ

मन्त्रिपरिषद बिस्तार विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २३ जेठ। मन्त्रिपरिषद बिस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले काम चलाउ सरकारले मन्त्रिपरिषद बिस्तार गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन्। उनले मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्य बिभाजन गैरसंवैधानिक, कपटपूर्ण एवं संबिधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेको बताए। त्रिपाठीको रिट निवेदन जस्ताको त्यस्तै : मंत्रिपरिषद बिस्तार बिरुद्द सर्वोच्च अदालतमा रिट पेश मंत्रिपरिषदमा गरिएको नया नियुक्ति, हेरफेर तथा कार्य बिभाजन प्रथम दृष्टिमा नै गैरसंवैधानिक, कपटपूर्ण एवं संबिधान विपरीत भएको एवं… पुरा पढौ

बाँदरमुढे घटनाकाे १६ वर्ष पछि पनि पीडितको पीडा उस्तै

चितवन, २३ जेठ । सोह्र वर्ष अघि ४२ जनाको ज्यान जाने गरी माडीको बाँदरमुढेमा भएको घटनाका पीडितहरुले आफ्नो समस्या जस्ताको तस्तै रहेको गुनासो गरेका छन् । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई लक्षित गरी विस्फोट गराउँदा ७५ जना घाइतेसमेत भएका थिए । घटना स्थलमा ३९ जनाको मृत्यु भएको थियो । उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो । मृतकमध्ये तीन जना नेपाली सेना रहेका थिए । विसं २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुरका लागि आउँदै गरेको यात्रुवाहक बसलाई बाँदरमुढे खोला… पुरा पढौ

एनआरएनए कोरियाको पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण

सउल, २३ जेठ । एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न सङ्घसंस्था र नेपालीबाट सङ्कलित रकमबाट करीब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल पठाई हस्तान्तरण गरिएको छ । दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल पुगेको कोरियन एयर ११२ यात्रुसहित कोरोनाको राहत सामग्री लिएर जुन ४ तारिख काठमाडाैं पुगेको हो । उक्त विमानमा एक लाख मास्क, ३०० पिपिई सेट, २४० बोतल स्यानिटाइजर, ५०० थान अक्सिमिटर र विभिन्न औषधि नेपाल पठाइएको एनआरएनए कोरियाका महासचिव बिमल सुवेदीले बताए ।… पुरा पढौ

पार्टी एकता जोगाउन महासचिव पोखरेलको आह्वान

काठमाडौं, २३ जेठ । सत्तारूढ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको एकतामा सङ्कट देखापरेकाले यसबाट जोगाउन आह्वान गरेका छन् । उपप्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिएपछि आफू पार्टीको काममा चुनौतीको सामना गर्न थप सक्रिय हुने जनाउँदै उनले राष्ट्रिय राजनीतिमा अस्थिरताका आशङ्काले मानिसमा त्रास उत्पन्न भई आर्थिक विकास र समृद्धि अभियान तथा राष्ट्रिय स्वाभिमान एवं स्वतन्त्रताको विषयलाई कमजोर बनाउने दुष्प्रयत्न भएकाले यसलाई परास्त गर्न आग्रह गरे । यही जेठ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । “मुलुकलाई अराजकता र… पुरा पढौ

धनीले २१ दिनभित्र म्याद तामेल नगरे ललिता निवासको जग्गा सरकारी हुने

काठमाडौं, २३ जेठ। बालुवाटारमा रहेको ललिता निवासको जग्गा आफ्नो नाममा गरेका ४९ जनाले २१ दिनभित्र म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा नामसारी हुने भएको छ। भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौँले सूचना निकालेर ४९ जनलाई म्याद तामेलका लागि २१ दिने हद म्याद दिएको छ। अब उनीहरुले २१ दिनभित्र म्याद तामेल नगरे सो जग्गा सरकारी नाममा नामसारी हुने सूचनामा उल्लेख छ। ४९ जनाको घर ठेगाना पत्ता नलाग्दा म्याद तामेल हुन नसकेको भन्दै कार्यालयले सूचना निकालेको हो। सूचनामा मालपोत कार्यालयले जग्गाधनीलाई सो… पुरा पढौ

पर्यटन व्यवसायी गोपी र नरेश भट्टराईले अपाङ्गता भएकालाई उपलब्ध गराए तत्काल राहत

पोखरा २३ जेठ । पोखराका दुई पर्यटन व्यवसायीले निषेधाज्ञाकाे समयमा समस्यामा परेका १८ जना अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर तत्काल राहत सामग्री वितरण गरेका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले अपाङ्गता भएकाहरुलाई तत्काल राहत सामग्रीको आवश्यकता भएको जानकारी गराए लगत्तै माउण्ट कैलाश रिसाेर्टका सञ्चालक नरेश भट्टराइ र प्याराडिसो स्पोर्टस् एण्ड र बारका सञ्चालक गोपीबहादुर भट्टराईले तत्काल खाद्यान्न सामग्री उपलब्ध गराएको केन्द्रका महासचिव अन्जना केसीले बताइन । “कोरोना महामारीका कारण अहिले निषेधाज्ञा जारी छ सीपमूलक कामबाट जीवन चलाइरहेका पनि अहिले… पुरा पढौ

विश्व वातावरण दिवसमा तुलसी खेती

पोखरा, २३ जेठ। विश्व वातावरण दिवसकाे अवसरमा पोखरा महानगरपालिका ३३ काे भरतपोखरीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सहकार्यमा “खाद्य हरयिाली सहर कार्यक्रम” अन्तर्गत तुलसी खेती शुरू गरिएकाे छ । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले तुलसीको बिउ छरेर कार्यक्रमको उद्दघाटन गरेका थिए । उक्त स्थानमा तीन वटा टडेंलमा दुई किलो तुलसीको बिउ छरिएकाे बताइएकाे छ । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सेवा क्षेत्रका करीव दुई सय घरलाई प्रति घर ५० वोटा तुलसीका बिरुवा… पुरा पढौ

मुसहरलाई विपदमा धुर्मुस–सुन्तलीको साथ

महोत्तरी, २३ जेठ । कोभिड–१९ महाव्याधिले घरमै जकड्याएर राखेका बेला महोत्तरीको बर्दिबास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहरले धुर्मुस–सुन्तलीको साथ पाएका छन् । महाव्याधि छल्न जिल्लामा जारी निषेधाज्ञाबीच कतै काममा निस्कन नपाएर जकडिएका मुसहरलाई धुर्मुस सुन्तली फाउण्डेशनले खाद्यान्न राहत पुर्‍याएर दुःखमा साथ दिएको हो । शनिबार साँझ फाउण्डेशनका अध्यक्ष हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले ७० परिवार मुसहरलाई तत्कालको राहतका लागि खाद्यान्न वितरण गरे । दुःखकष्टले जीवन धानेका यस बस्तीका ५० परिवार मुसहर र अन्य समुदायका दुई परिवारले विसं २०७४… पुरा पढौ