समाचार

निर्वाचन प्रणालीमा एकदमै सुधारको खाँचो छः पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, २ असोज । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ठूलो बलिदानीपछि प्राप्त समावेशी संविधानको कार्यान्वयन, लोकतन्त्रको स्थायित्व र मुलुकको समृद्धिको यात्रामा जुट्न तीन तहकै सरकार, नेपाली जनता र सबै राजनीतिक दललाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै उनले असल अभ्यास र जनताप्रति दायित्वबोधका साथ संविधान कार्यान्वयन र मुलुकको समृद्धि यात्रामा एकाकार हुन समाजका सवै तह र तप्कासँग आग्रह गरे । अध्यक्ष रेग्मीले भने, “संविधान दिवसलाई स्मरणीय बनाउने भनेकै जनताले बनाएका संविधानको दिगोपन र स्थायित्व,… पुरा पढौ

नयाँ रेल नेपालमा आयो

काठमाडौं, २ असोज । आज दिउँसाे नयाँ रेल नेपालमा आएकाे छ । नेपाल सरकारले भारतमा निर्मित नयाँ रेलको बडी र इन्जिन नेपाल ल्याएको हाे । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि उक्त रेल सेट आज जनकपुर स्टेशनमा आइपुगेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन् । लामो समयदेखि बन्द नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइएको हो । यो रेल विशेष रूपमा डिजाइन गरिएको छ । भारतको आर्थिक र प्राविधिक सहयोगमा… पुरा पढौ

बहकाउमा नभई औचित्यका आधारमा संविधान संशोधन गर्न तयार:प्रधानमन्त्री

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा बहकाउमा नभई औचित्यका आधारमा संशोधनका लागि तयार रहेको बताएका छन । संविधान दिवसको पूर्वसन्ध्यामा काठमाण्डू स्कुल अफ ल र साउथ एसिया ट्रष्टद्वारा प्रकाशित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल’ पुस्तकको आज प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन । विश्वकै तुलनामा सम्भवतः बढी मौलिक हकहरुको प्रबन्ध गरिएको नेपालको संविधान एक गतिशील दस्तावेज भएको उल्लेख प्रधानमनत्री ओलीको भनाई थियो । उनले… पुरा पढौ

एलपी ग्यास उद्योग संघले खाली सिलिण्डरको नयाँ मूल्य तोक्यो

काठमाडौं, २ असोज । नेपाल एलपी ग्यास उद्योग संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ । संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य रु दुई हजार एक सय तोकिएको हो । ‘यसअघि नयाँ सिलिण्डरसहितको ग्याँस खरिद गर्दा उपभोक्ताले चार हजार ५०० रुपैयाँसम्म तिरेको गुनासो आएको थियो अब उपभोक्ता ठगिन पाउँदैनन्,’ अध्यक्ष भण्डारीले भने । सिलिण्डरको फ्याक्ट्री लागत एक हजार ९५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर १००… पुरा पढौ

नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा

काठमाडौं, २ असोज । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ । श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौँबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन् । कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् । सो अवसरमा उनले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युत्बाट सवारी साधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको… पुरा पढौ

भोलिसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, २ असोज । मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, २, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिमप्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मनसुन बाहिरिने औसत समय… पुरा पढौ

राष्ट्रसङ्घको ७५ औँ महासभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभालाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले बताएकाे छ । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभा आजदेखि न्युयोर्कमा शुरु भएको छ । महासभाअन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजैदेखि प्रारम्भ भएका छन् । यो वर्षको महासभाको छलफलको विषय ‘हामीले खोजेको भविष्य र हाम्रो अपेक्षाको संयुक्त राष्ट्रसङ्घ:प्रभावकारी बहुपक्षीय क्रियाशीलताको माध्यमबाट कोभिड–१९ सामना, बहुपक्षीयताप्रति हाम्रो सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि रहेको छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आगामी सोमबार… पुरा पढौ

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन,२ असोज। आज पनि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाे छ । चितवनको केराबारीमा बिहान खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हाे । केराबारी भरतपुर महानगरपालिका–२९ मा पर्छ । अहिले पहिरो हटाउने काम भइरहेको छ । अझैं केहि घन्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताएका छन् । पुरा पढौ

११ संक्रमित थपिँदा गण्डकीमा कुल संक्रमित झण्डै ३३ सय

पोखरा, २ असोज । गण्डकी प्रदेशमा शुक्रबार ११ जना कोरोना संक्रमित थप भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गरी नवलपुरमा ८, तनहुँका २ र स्याङ्जाका १ गरी ११ जना संक्रमित थपिएको जनाएको हो । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ३ हजार २ सय ९१ पुगेको छ । पुरा पढौ

सहकारीको साधारण सभा अब अनलाइनबाटै गर्न सकिने

काठमाडौं, २ असोज । सहकारी संघ संस्थाहरुको साधारण सभा अनलाइनबाटै गर्न सकिने भएको छ । सहकारी विभागले नयाँ व्यवस्था गर्दै कोरोना महामारीको त्रास अझै बाँकी रहेको भन्दै अनलाइनबाट गरिएको साधारणसभालाई मान्यता दिने बताएको छ । साधारणसभा गर्दा सामाजिक सञ्जाल वा स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिने व्यवस्था विभागले गरेको छ । यद्यपि सहकारीले तोकिएको समयमै साधारणसभा गर्नुपर्ने भएको छ । सहकारी विभागले कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न भनेको हो । कोभिड–१९ ले समस्या… पुरा पढौ