समाचार

मलको ठेक्का सरकारले तोड्यो, धरौटी रकम पनि जफत हुने

काठमाडौं, २१ भदौ । सरकारले मल आपूर्ति सम्बन्धी ठेक्का तोडेको छ । मलको ठेक्का लिएर समयमै उपलब्ध नगराएको भन्दै सरकारले ठेक्का तोडेको हो । प्रचण्डका घरबेटी सारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र काँग्रेस नेता होमनाथ अधिकारीको होबिको मल्टिपल कम्पनीले मल ल्याउने ठेक्का पाएको थियो । तर तोकिएको समयावधीमा दुबैले मल ल्याउन सकेनन् । धरौटी राखेको पाँच पाँच करोड रुपैयाँ पनि जफत गर्ने निर्णय सरकारले गरेको छ । सम्झौता अनुसार मल नल्याउने यी दुबै कम्पनीलाई कालोसूचिमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई… पुरा पढौ

लमजुङमा एम्बुलेन्स चालकलाई कोरोना

पोखरा, २१ भदौ । लमजुङमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ । यो सहित गण्डकी प्रदेशमा संक्रमित संख्या २ हजार ५ सय ३१ पुगेको छ । लमजुङको सुन्दरबजारका २ जना सरसफाइ कर्मचारीहरु ३८ र ५२ वर्षीया पुरुषमा संक्रमण देखा परेको छ । यस्तै, वेसीसहरस्थित मुक्तिनाथ विकास बैंकमा कार्यरत ४१ वर्षीय पुरुष, मस्र्याङ्दी २ का ५८ वर्षीय एम्बुलेन्स चालक (पुरुष) मा पनि संक्रमण देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार साँझ विज्ञप्तिमार्फत पुष्टि गरेको हो । यस्तै भारतबाट फर्केका सुन्दरबजारका ३८… पुरा पढौ

नयाँ संक्रमित ९८० थपिए , निको भए १,८१४

काठमाडौं, २१ भदौ । बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको परिक्षणमा ९८० जनामा कोरोना संंक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ३८२ नमूना परीक्षण गरिएकोमा ९८० जनामा संक्रमण पोजेटिभ देखिएको बताए । उनिहरुमा २९० जना महिला तथा ६९० पुरुष रहेका छन् । आज थपिएका ९८० जना संक्रमितसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । कुल संक्रमितमध्य अहिलेसम्म २८९… पुरा पढौ

व्यवसायीलाई जाेगाउन निषेधाज्ञाको विकल्प मिलाउ:राष्ट्रिय व्यापार संघ

काठमाडौं, २१ भदौ । राष्ट्रिय व्यापार संघले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायीलाई व्यवसाय गर्ने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं समक्ष माग गरेको छ । संघको एक टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलालसंग भेट गरी कोरोनाको संक्रमणको कारण निषेधाज्ञा लम्बिदै गर्दा व्यवसायी निकै मर्कामा परेको जानकारी गरायो । टोलीले यहि अवस्था हुने हो भने व्यवसाय चौपट हुने भन्दै प्रशासन समक्ष निषेधाज्ञाको विकल्पमा के हुन सक्छ, विकल्प खोज्न माग गरेको हो । संघका महासचिव बैकुण्ठ दाहालले कोरोनाको कारण उत्पन्न… पुरा पढौ

किशाेरीमाथि बलात्कार अभियोगमा पक्राउ

पाेखरा, २१ भदाै । किशाेरी बलात्कार अभियाेगमा पोखरामा एक युवक पक्राउ परेका छन् । गएराति पौने ९ बजेको समयमा जंगलको बाटोमा एक्लै हिंडिरहेकी १८ वर्षकी किशाेरीलाई डर, त्रास देखाएर बलात्कार गरेको आरोपमा पोखरा २० बस्ने ३५ वर्षीय गणेश खत्री पक्राउ परेका हुन् । पेसाले ट्याक्सीचालक खत्रीविरुद्ध जवरजस्ती करणी उद्योगसम्बन्धी कसूरअन्तरगत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए। पुरा पढौ

तेजाब पीडितलाई आर्थिक सहयोग

काठमाडौँ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्मदिनका अवसरमा तेजाब पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । उनले बालिकाको अध्ययनमा थप सहयोग पुगोस् भन्ने ध्येयले रु ५० हजार प्रदान गरेका हुन् । मन्त्री भट्टराईले बालिका र उनका बुबालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आज आमन्त्रण गरी सहयोग गरेका छन् । गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा बालिकामाथि दुई युवाले तेजाब प्रहार गरेका थिए । त्यसबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ… पुरा पढौ

गण्डकी प्रहरी प्रमुख डीआईजी अर्याललाई कोरोना

पोखरा, २१ भदौ । गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) घनश्याम अर्याललाई कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले कन्ट्याक ट्रेसिङ आधारमा नमुना परीक्षण गर्दा डीआईजी अर्यालमा कोरोना पुष्टि भएको बताए । डा. शर्माले सफल आवाजसँग भने, ‘डीआईजी सावलाई कोरोना पुष्टि भएको हो । उहाँ अहिले होम आइसोलेसनमै हुनुहुन्छ । स्वास्थ्य अवस्था राम्रो छ । हेल्दी एण्ड फिट हुनुहुन्छ । नेपाल प्रहरीको पोखरास्थित सशस्त्र गणमा कार्यरत प्रहरीहरुमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा… पुरा पढौ

विदेशमा ज्यान गुमाउने नेपाली २००

लण्डन, २१ भदौ । कोरोनाभाइरस संक्रमणको कारण हालसम्म विदेशमा २ सय नेपालीले ज्यान गुमाएका छन् । यो हप्ता यूएईमा ५ नेपालीको ज्यान गएसंगै मृतकको संख्या १६ देशका गरी २ सय पुगेको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाले जानकारी दिएका छन् । यो साता दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक कोरोना संक्रमण पोजेटिभ देखिएको एनआरएनए स्वास्थ्य समितिले बताएको छ । विश्वका ४० वटा देशमा ३४ हजार ९ सय ३९ नेपालीमा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना… पुरा पढौ

आज ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिदैं

काठमाडौं, २१ भदौं । दूरी कायम गरेर आज दिउँसो ३ वजे ‘वर्षा र सहकालका देवता’ का रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथ तान्ने तयारी गरिएको छ । यसवर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाबाट मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलसम्म लैजान सम्भव नभएकोले ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको छ । कोरोना भाइरसको महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा रथयात्रा गरी जावलाखेलसम्म पुर्याएर भोटोजात्रा गर्न पनि सम्भव भएको छैन । दुई मिटरको दूरीमा मानिसलाई राखेर रथ तान्ने तयारी भएको छ ।… पुरा पढौ

गण्डकीमा ६७ संक्रमित थप, पुगे २५१४ जना

पोखरा, २१ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो छ । आइतबार एकैपटक ६७ जना संक्रमित थप भएका छन् । पोखराको क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, भरतपुर अस्पतालमा गरिएको नमुना परीक्षणमा गण्डकीका थप ६७ जनामा संक्रमण देखा परेको हो । तीमध्ये स्याङ्जाका २२, कास्कीका २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १३ जना, तनहुँ ७, बागलुङ ३, लमजुङ २ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । संक्रमितमध्ये पोखराका… पुरा पढौ