समाचार

पोखरा वडा ७ मा एकैपटक १६ संक्रमित फेला

पोखरा, ३ भदौ । पोखराको एउटा वडामा एकैपटक १६ जना संक्रमित फेला परेका छन् । वडास्तरमा एकैपटक यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको पहिलो हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार साँझ विज्ञप्ति जारी गरी पोखरा वडा ७ मा १६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । वर्ष २३ देखि ३६ वर्षसम्मका उनीहरु सबैजना प्रहरी रहेको खुलेको छ । यसैबीच, स्वास्थ्य कार्यालय कास्कीका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले दंगा प्रहरी उनीहरु हालै स्याङ्जाबाट फर्केर क्वारेन्टाइन बस्दै आएको बताए ।… पुरा पढौ

प्रेस काउन्सिलमा श्रेष्ठकै निरन्तरता

काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नै कामकाज गर्न दिने गरी अन्तरिम आदेश दिएको छ । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पत्रकार दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो। काउन्सिलको ऐनविपरीत सरकारले नियमावलीमा एक बुँदा थपेर भण्डारीलाई कार्यवाहक अध्यक्ष बनाएकोमा काउन्सिलको ऐन बाझिने गरी सरकारले नियमावली संशोधन गरेकोविरूद्धमा काउन्सिलतर्फबाट सदस्य चेतनाथ धमलाले सर्वोच्चमा दिएका थिए। सो रिटको सुनुवाइ गर्दै बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अहिलेका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई हटाउने कार्य… पुरा पढौ

दुर्घटनाका घाइते प्रहरी हवल्दारको पनि मृत्यु

पोखरा, ३ भदौ । पोखराको मालेपाटनमा गएराति भएको मोटरसाइकल दुर्घटनामा घाइते अर्का प्रहरी हवल्दारको पनि मृत्यु भएको छ । यसअघि मोटरसाइकल चालक प्रहरी जवान चन्द्रबहादुर बगालेको मृत्यु भएको थियो । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा–५, मालेपाटनमा गएराति करिब १ बजे बागलुङ बसपार्कबाट जिरोतर्फ आउँदै गरेको ग २ च २६२६ नम्बरको बोलेरो जीपले प्रहरी सवार ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी वडा प्रहरी कार्यालय बैदाममा कार्यरत पाल्पाका २० वर्षीय चन्द्रबहादुर बगालेको मृत्यु भएको थियो । यस्तै, मोटरसाइकल… पुरा पढौ

नेपालमा थपिए ६ सय ८१ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौं, ३ भदौ । नेपालमा बुधबार ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन । तीमध्ये २ सय ६१ महिला छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन । नेपालमा मंगलबार १ हजार १६ जनामा संक्रमण देखा परेको थियो । प्रवक्ता गौतमका अनुसार ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा १ सय २० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन ।… पुरा पढौ

सांसदकाे लाेगाे सचिवालयमा फिर्ता

काठमाडौं । संघीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा। रोजनाथ पाण्डेले आज जारी गर्नुभएको विज्ञप्तिमा ब्याच पिनमा समस्या आएकाले सुधार र परिमार्जनका लागि मङ्गलबार फिर्ता गरिएको उल्लेख छ । ब्याच पिन तयार गर्ने कार्यालयबाट नेपालको अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त भएको विज्ञप्तिमा उल्लेख छ । नयाँ प्रतीक चिह्नमा साविकमा प्रयोग भएको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखी सङ्घीय… पुरा पढौ

गण्डकीमा थपिए ५ संक्रमित, कुल १७८८ पुगे

पोखरा, ३ भदौ । गण्डकी प्रदेशमा थप ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको नमुना परीक्षणमा तनहुँ देवघाट ५ का २७ वर्षीय पुरुष, गोरखाको पालुङटारर ४ का ५० वर्षीय पुरुष, बागलुङको बडिगाड घर भइ लमजुङमा कार्यरत २२ वर्षीय पुरुष, धादिङ गंगाजमुना घर भइ लमजुङमै कार्यरत ३२ वर्षीय र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती घर घइ लमजुङमै कार्यरत… पुरा पढौ

प्रभु क्यापिटलमा निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप

काठमाडौं, २ भदौ । प्रभु क्यापिटलले ३ वर्षे निःशुल्क डिम्याट योजना भदौ मसान्तसम्म थप गरेको छ । साउनभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि कम्पनीले ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरिरहेकोमा सो सुविधा भदौ मसान्तसम्म समय थप गरेको हो । नेपाल सरकार र नेपाल धितोपत्र बार्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार क्यापिटलले अनलाइन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ । सो योजनामा प्रभु क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी तथा प्रभु बैंकको नेपालभरी रहेका… पुरा पढौ

शुद्ध पानी उपलब्ध गराउन उच्च अदालतको आदेश

उच्च अदालत पोखराको बागलुङ इजलासले नगरवासीलाई शुद्ध पानी खुवाउन आदेश दिएको छ । मङ्गलबार भएको बहसपछि अदालतले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नाउँमा शुद्ध पानी खुवाएर जनताको जीउधनको सुरक्षा गर्न भनेको हो । सात दिनभित्र नाली, खेतलगायतको पानी वितरण पूर्णरूपमा रोकेर शुद्ध खुवाउनसमेत आदेश दिएको हो । साथै सो अनुरूप शुद्ध पानी खुवाए नखुवाएका बारे प्रमुख जिल्ला अधिकारी र बागलुङ नगरपालिकाले अनुगमन गर्न पनि आदेश दिइएको छ । अदालतले १० दिनभित्र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई… पुरा पढौ

पहिरोले घर पुरिदा ४ जना गम्भीर घाइते

बैतडी । बैतडीमा पहिरो खसेर घर पुरिदा ४ जना गम्भीर घाइते भएका छन । जिल्लाको सुर्नया गाउपाँलिका वडा नम्बर ५ मडैगाउँमा घर माथिबाट खसेको पहिरोले पुरै घर पुरिदा एकै घरका ४ जना गम्भीर घाइते भएका हुन् । गत रातिको अविरल वर्षासँगै खसेको पहिरोले बुधबार विहान घर भत्किएको थियो । पहिरोले घर भत्किदा पहिरोमा परि घाइते भएकाहरुलाई उपचारको लागी डडेल्धुरा अस्पताल पठाइएको मडै रहेका रौलेश्वर प्रहरी चौकीका ईन्चार्ज धनसिंह धामीले जानकारी दिए । पुरा पढौ

गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण

पोखरा, ३ भदौ । गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । योसहित कुल संक्रमित संख्या १ हजार ७ सय ७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ । गएको २४ घण्टामा क्षयरोग उपचार केन्द्र र भरतपुर अस्पताल चितवनमा गरिएको नमुना परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ र तनहुँका २ गरी १४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । जसमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोनी नगरपालिका वडा २ का वर्ष २२, २६, ४९ र ५४ का वर्षीय… पुरा पढौ