अटाे 🚙

टीभीएसको एओजी राइड धनगढीमा

काठमाडौं, १३ भदौ । टीभीएसले धनगढी क्षेत्रमा आपाचे ओनर ग्रुप (एओजी) राइड आयोजना गरेको छ । उक्त राइड गत भदौ ११ धनगढीको वागेश्वरी अटोमोटिभ्स देखि स्टेट ७ होटल गोदावरीसम्म आयोजना गरिएको र कार्यक्रममा ४० जना राइडरको सहभागिता रहेको कम्पनीले जनाएको छ । उक्त राइडमा युट्युबर रुपेश विक, भ्लगर चिरञ्जिवी उपाध्याय र टिकटकर लोकेश ठकुरी लगायतले पनि सहभागिता जनाएका थिए । उनीहरुले धनगढी क्षेत्रमा हालसम्म यस किसिमको राइडको आयोजना नभएको बताउँदै टिभिएसको आयोजनामा यसपटक राइड आयोजना भएकोमा खुशी व्यक्त गरे ।… पुरा पढौ

टाटाको तीन मोडलका कार अब जेट संस्करणमा

काठमाडौं, १२ भदौ । टाटा मोटर्स इन्डियाले नेक्सन, ह्यारियर र सफारीको जेट एडिसन भारतमा सार्वजनिक गरेको छ । टाटाले जेट एडिसनमा ल्याएमध्ये सबैभन्दा सस्तो मोडल नेक्सन र महंगो मोडल सफारी भएको बताइएको छ । भारतमा नेक्सन जेट एडिशनको मूल्य १२ लाख १३ हजारदेखि सुरु भएको छ । जेट एडिसनका नेक्सन र सफारी जेट एडिसनमा ४-४ भेरियन्ट तथा ह्यारियरको भने दुई भेरियन्ट मात्रै उपलब्ध छन् । कम्पनीका अनुसार जेट एडिसन सफारी र ह्यारियरमा सुरक्षा फिचर थप गरिएको छ । यी गाडीमा… पुरा पढौ

सुपर सोको टीएस स्ट्रीट हन्टर नेपाल आउँदै, बुकिङ खुला

काठमाडौं, १० भदौ । सुपर सोकोको टीएस स्ट्रीट हन्टर विद्युतीय मोटरसाइकल नेपाल आउने भएको छ । कम्पनीका इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता डि लाइफ स्टाइलले टीएस स्ट्रीट हन्टरको बुकिङ खुला गरेको छ । कम्पनीका अनुसार टीएस स्ट्रीट हन्टर भदौको अन्तिम हप्तासम्म नेपालमा आइसक्ने र अहिले बुकिङ गरेकाहरुलाई असोजको सुरुवातमा डेलिभरी दिन सुरु गरिनेछ । नेपालमा आउँदै गरेको यो विद्युतीय मोटरसाइकल टीएस स्पोर्टस् डिजाइन मोटरसाइकल भएको कम्पनीको दावी छ ।  यसमा आर्कषक एलईडी डिआरएलसहितको हेडल्याम्प, ठूलो बुट स्पेस… पुरा पढौ

अशोक लेल्यान्डका गाडी किन्दा सिंगापुर टुर लगायतका उपहार

काठमाडौं, ९ भदौ । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्स प्रालिले ‘चाड पर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक योजना ल्याएको छ । योजना अनुसार नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक, टिपर किन्दा सिंगापुर टुर लगायतका विभिन्न आकर्षक उपहार पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी सवारी साधन किन्दा (याफ्ट जिस्पा इलेक्ट्रिक भेइकल, २४ क्यारेट सुन वा एक जोडीले सिंगापुर भ्रमण गर्न पाउने छन् । अशोक लेल्यान्डका यी सवारी साधन खरिद गर्दा… पुरा पढौ

नाडा ईभी एक्सपोमा ४० भन्दा बढी स्टल रहने

काठमाडौं, ८ भदौ । आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंमा हुने विद्युतीय सवारी (ईभी) एक्सपो-२०२२ मा ४० भन्दा बढी स्टल रहने भएका छन् । २२ वटा ईभी अटो ब्राण्डहरुले भाग लिने उक्त मेलाको आयोजक नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका अनुसार आज बुधबारसम्म ८ वटा ४ पाङ्ग्रेसहित १४ वटा दुई पाङ्ग्रे ईभी सवारीले स्टल बुकिङ गरेका छन् । यसबाहेक थप १८ वटा अटो स्पेयर पार्टस्, टायर, ट्युब तथा लुब्रिकेन्ट कम्पनीहरुले समेत एक्सपोमा सहभागिताका लागि स्टल बुकिङ गरिसकेका नाडाले जनाएको छ ।… पुरा पढौ

साउनमा ६२ करोडभन्दा बढीका बिजुली गाडी आयात

काठमाडौँ, ८ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनभर नेपालमा विभिन्न देशबाट ६२ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरका २११ थान विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० साउन मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्कमा उक्त आँकडा उल्लेख गरिएको छ । तथ्याङ्कअनुसार साउन महिनाभरी आएका २११ विद्युतीय गाडीहरु चीन, भारत, दक्षिण कोररिया तथा अमेरिका गरी ४ देशबाट आएका पाइएको छ । तीमध्ये सबैभन्दा बढी भारतबाट १२५ थान १०० किलोवाट क्षमता… पुरा पढौ

अब प्रहरीले पेट्रोल पम्पलगायत २५ ठाउँमा चार्जिङ स्टेशन राख्ने

काठमाडौं, ७ भदौ । अब प्रहरी कल्याण कोषले सञ्चालन गरेको ५ वटा पेट्रोल पम्प, प्रस्तावित ४ वटा पेट्रोल पम्प तथा प्रहरी कार्यालयहरुका अन्य उपयुक्त स्थानहरु गरी २५ ठाउँमा चार्जिङ स्टेसन स्थापना हुने भएको छ । यसका लागि नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बिच नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर… पुरा पढौ

लाइसेन्स परीक्षामा शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ

सुर्खेत, ७ भदौ । सुर्खेतमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ गरेको हो । गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्र परीक्षाको (लिखित-मौखिक) प्रवेशपत्रमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको किर्ते सही र छाप गरेर पास (उत्तीर्ण) लेखिएको शङ्कास्पद प्रवेशपत्र भेटिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यातायात कर्मचारीले शङ्कास्पद प्रवेशपत्र देखेपछि… पुरा पढौ

टोयोटाको चाडपर्वलक्षित फेस्टिभ अपग्रेड क्याम्प सञ्चालनमा

काठमाडौं, ६ भदौ । नेपालको लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले यही भदौ ५ देखि आइतबारदेखि फेस्टिभ अपग्रेड क्याम्प सञ्चालन गरिरहेको छ । काठमाडौंको आनन्दनगरमा रहेको कम्पनीको शोरुममा आयोजित उक्त फेस्टिभ अपग्रेड क्याम्प आगामी भदौ ८ गते बुधबारसम्म चल्ने कम्पनीले जनाएको छ । आउँदै गरेको बडा दशैँ २०७९ लाई लक्षित गरेर आयोजना गरिएको यो इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज तथा अन्य उपहारहरु समेत पाउने युटिएसले जनाएको छ । यसबाहेक दशैँ नजिकिँदै गर्दा निर्धक्कका साथ टेस्ट… पुरा पढौ

बागमती प्रदेशमा परीक्षणकालीन लाइसेन्स बितरणमा अन्योल

काठमाडौँ, ५ भदौ । परीक्षणकालीन सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बाँड्न शुरु गर्ने भनिएको महिनौं बित्दा पनि अझै अन्योल रहेको छ । सवारी चालक अनुमतिपत्र छपाई तथा वितरणमा ढिलाइ भइरहेका बेला विकल्पका लागि भनेर सरकारले परीक्षणकालीन अनुमतिपत्रको अवधारणा ल्याए पनि शुरुवात हुन भने सकेको छैन । यसअघि सङ्घीय सरकारले चालक अनुमतिपत्रको परीक्षा पास भएको एक वर्षपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र प्रदान गर्ने भने पनि बागमती प्रदेश सरकार त्यतातिर अघि बढेको पाइएको छैन । सङ्घीय कानुनअनुसार विभागले स्मार्ट चालक अनुमतिपत्रको विकल्पमा जानुपर्ने हुन्छ… पुरा पढौ