अटाे 🚙

नेपाली बजारमा चिनियाँ ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर

काठमाडौं, ५ भदौ । चिनियाँ विद्युतीय सवारी ब्रान्ड आइमाका इलेक्ट्रिक स्कुटर नेपालमा उपलब्ध भएका छन् । हालै आइमाको आधिकारिक वितरकको रुपमा हिमाल ईभी मोटर्स प्रालिले उक्त काठमाडौंको त्रिपुरेश्वरमा शोरुम सञ्चालनमा ल्याउँदै स्कुटरहरु उपलब्ध गराएको हो । कम्पनीले नेपाली बजारमा ४ वटा मोडल उपलब्ध गराएको छ । यी मध्ये एक्स६१२ ईईसीको मूल्य ५ लाख १५ हजार, एक्स६११ ईईसीको मूल्य ४ लाख ५८ हजार, टाइगर एस५ को मूल्य १ लाख ८४ हजार र माइन प्लसको मूल्य २ लाख ७४ हजार रुपैयाँ तोकिएको छ… पुरा पढौ

सुजुकी एभेनिस स्कुटर नेपालमा सार्वजनिक हुँदै, बुकिङ खुला

काठमाडौं, ३ भदौ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी सुजुकीले सुजुकी एभेनिस १२५ को बुकिङ खुल्ला गरेको छ । कम्पनीले यो स्कुटर आगामी भदौ ६ गते नेपालमा आधिकारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । बुकिङका लागि कम्पनीले सुजुकीको आधिकारिक शोरुममा सम्पर्क गर्न सकिने जनाएको छ । भीजी सुजुकीले एभेनिस १२५ को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ लिन सुरु गरेको हो । प्राविधिक हिसाबले यो स्कुटरमा १२४.३ सीसी २ भल्भ इन्जिन… पुरा पढौ

भन्सारमा रोकिएका ९ सय गाडीको जाँचपास खुल्याे

काठमाडौं, २ भदौ । भन्सारमा रोकिएका ९ सय गाडीको जाँचपास खुला हुने भएको छ । सरकारले विलासिताका १० वस्तुको आयातमा रोक लगाउने निर्णय लिनु अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भएका मालवस्तु भित्र्याउन पाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार १३ वैशाख २०७९ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भएको हकमा मालवस्तु पैठारी गर्न बाधा नपर्ने निर्णय भएको छ । पौने ५ अर्ब रुपैयाँ… पुरा पढौ

टीभीएसको नयाँ शोरुम स्याङजाको बद्खोलामा

काठमाडौं, १ भदौ । जगदम्बा मोटर्सले हालै स्याङजाको बद्खोलामा पूर्ण सुविधासहितको नयाँ टीभीएस शोरुम सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कुटरको बिक्री, सेवा र स्पेयर पार्टहरु सहज रुपमा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।  ‘टीभीएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको र त्यसलाई पुरा गर्न नयाँ शोरुम संचालनमा ल्याएका हौं’, नयाँ शोरुम सुरु गर्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले भने । स्याङका प्रमुख जिल्ला अधिकारी राजु पौडेलको प्रमुख… पुरा पढौ

कोमाकीले ल्यायो ‘फायरप्रुफ’ ब्याट्रीयुक्त नयाँ इलेक्ट्रिक स्कुटर – डीटी ३०००

काठमाडौं, ३१ साउन । युनिटी ट्रेडिङ कन्सर्नले नेपालमा 'फायरप्रूफ' ब्याट्रीयुक्त कोमाकीको नयाँ स्कुटर डीटी ३००० उपलब्ध गराएको छ । युनिटी ट्रेडिङ कन्सर्न कोमाकी विद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हो । कम्पनीका बिक्री प्रमुख उमेश अधिकारीका अनुसार यो स्कुटरलगायत भविष्यमा आउने अन्य सवारीमा 'फायरप्रूफ' ब्याट्रीयुक्त नै हुने कम्पनीको योजना रहेको छ । 'विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलहरुमा आगलागीको समस्या देखिएको परिप्रेक्ष्यमा कोमाकीले आफ्ना उत्पादनलाई 'फायरप्रूफ' बनाउन लागेको हो', उनले भने । हाई स्पिड सेग्मेन्टमा राखिएको यो इलेक्ट्रिक… पुरा पढौ

नेपालमा विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दो

काठमाडौँ, ३० साउन । देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्ने र यसप्रति चासो देखाउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले पनि पछिल्लो समयमा विद्युतीय सवारी साधन प्रवर्द्धनमा विशेष व्यवस्था गरेको छ । नीतिगत रुपमा प्रष्टता तथा बिजुलीको सहज उपलब्धताका कारण पेट्रोलियम सवारी साधन छाड्दै क्रमश: विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्ताको आकर्षण बढेको तथ्य एवम् तथ्याङ्कले पनि देखाएको छ । यातायात व्यवस्था विभागको हालैको एक तथ्याङ्कअनुसार मुलुकभर झण्डै ४० लाख सवारी साधन दर्ता भएका… पुरा पढौ

टेस्लाले मोडल वाई कारमा बीवाईडीको ब्याट्री प्रयोग गर्ने

काठमाडौं, २९ साउन । अर्बपति इलन मस्कको अटो कम्पनी टेस्लाले आफ्नो मोडल वाई कारमा चिनियाँ कम्पनी बीवाइडीको ब्लेड ब्याट्री प्रयोग गर्ने भएको छ । हालै सार्वजनिक भएको रिपोर्ट अनुसार जर्मनीको बर्लिनमा रहेको टेस्लाको सबैभन्दा पछिल्लो प्लान्टबाट उत्पादन हुने गाडीमा बीवाईडीका ब्लेड ब्याट्री प्रयोग हुने भएको हो । समाचार संस्थाहरुका अनुसार टेस्लाले आफ्नो जर्मनीको बर्लिनमा रहेको प्लान्टमा सुरुमा मोडल ‘वाई’ एसयूभी  उत्पादन र यसमा बीवाईडीको ब्लेड ब्याट्री प्रयोग हुने निश्चित भएको छ । हालै एउटा अन्तर्वार्ताका क्रममा बीवाईडीका उपाध्यक्ष तथा अटोमोटिभ… पुरा पढौ

नाडा इभि एक्सपो-२०२२ असोज ६ गतेदेखि काठमाडौंमा हुने

काठमाडौ, २७ साउन । नाडा अटाेमाेबाइल्स एसाेसिएसन अफ नेपालले ईभी एक्सपो–२०२२ आगामी असोज ६ गतेदेखि असोज ९ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा गर्ने भएकाे छ।  नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको आठौं बैठकले पहिलोपटक नाडा ईभी एक्सपो आयोजना गर्ने निर्णय गरेको हाे ।   सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।  नाडाका अनुसार २०७९ भाद्र १ गते देखि ५ गतेसम्म स्टल… पुरा पढौ

बागमती प्रदेश: बढ्यो लाइसेन्सको दैनिक आवेदन दिने कोटा

काठमाडौं, २७ साउन । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि छुट्याइएको आवेदन दिन सकिने सङ्ख्या (कोटा) बढाएको छ । मन्त्रालयले लाइसेन्सका लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई ध्यानमा राख्दै त्यसको व्यवस्थापनका लागि आज शुक्रबारदेखि आवेदन दिन सकिने कोटामा वृद्धि गरेको हो । मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गरी आज २७ गते शुक्रबार अपराह्न ४:३० बजेदेखि लागू हुने गरी बागमतीका विभिन्न ५ ओटा यातायात व्यवस्था कार्यालयमा यो सङ्ख्या थप गरिएको जानकारी… पुरा पढौ

रेनोका गाडीहरु भदौ ४ गतेसम्म टेस्ट ड्राइभ गर्न पाइने

काठमाडौं, २६ साउन । फ्रान्सेली गाडी कम्पनी रेनोका गाडीहरु आगामी भदौ ४ गतेसम्म टेस्ट ड्राइभ गर्न पाइने भएको छ । उक्त कम्पनीको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइल प्रालिले मनसुन टेष्ट ड्राइभ नामक अफरमार्फत् यस्तो सुविधा ल्याएको हो । यो अफर आगामी भदौ ४ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीले यो टेष्ट ड्राइभ अफरको सुविधा देशभर रहेका आफ्ना सबै डिलर र शोरुममा उपलब्ध गराएको छ । कार्यक्रम अन्तर्गत रेनोका क्वीड, डस्टर, क्याप्चर, काइगर जस्ता मोडलहरु टेष्ट ड्राइभ गर्न… पुरा पढौ