आर्थिक 📈

उकालाे लाग्दै सेयर बजार, लगानीकर्ता उत्साहित

काठमाडौं, ११ असाेज । लगातार ओरालो लागेको सेयर बजारमा मंगलबार दोहोरो अंकको बृद्धि भएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । १३ उपसमूहमध्ये दुईमा बाहेक बाँकी ११ वटामा हरियो लागेको छ । नीतिगत समस्या, बैंकहरुको ब्याजदर तथा सरोकार राख्ने निकायहरुबीचको आपसी अन्तरविरोध लगायतका घटनाक्रमले प्रभावित हुँदै आएको सेयर बजारको आजको सकारात्मक लयले लगानीकर्ताहरुमा केहि होला कि भन्ने आशा बढाएको छ । अर्काेकुरा पछिल्लाे पटक अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले लिइरहेकाे ब्याजदरमा… पुरा पढौ

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र

रसुवा, ११ असोज । उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्ररूपले अगाडि बढेको छ । एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट चरणबद्वरूपमा अगाडि बढेको सो आयोजनाको सुरूङ खन्नेलगायतका संरचना निर्माण गरी उपकरण जडानलाई उच्च प्राथमिकता दिइएको हो । आयोजना आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानकार्य ६० प्रतिशत पूरा भएको र बाँकी काम २०७९ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । उपकरण जडानका लागि दैनिक एक… पुरा पढौ

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भएको छ । सेतो धातु चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ४०० ले घटेर तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ४००… पुरा पढौ

सिक्लेस हाइड्रोकाे सेयर बाँडफाँड सम्पन्न, १४ लाखकाे हात रित्तै

काठमाडौं, ११ असाेज । सिक्लेस हाइड्रोपावरकाे सेयर बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको १० लाख ५८ हजार कित्ता सेयर आज बिहान बाँडफाँड गरेकाे हाे । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार १ लाख ५ हजार ८०० जना लगानीकर्ता प्रत्येकले १० कित्ताका दरले सेयर हात पाररेका छन् । सेयरमा निवदेन पेश गरेका १४ लाख ६ हजार ७३७ जना लगानीकर्ताकाे हात रित्तै भएकाे छ। सिक्लेस हाइड्रोपावरकाे सेयरमा कुल १५ लाख ३८ हजार ८३८ वटा निवेदन… पुरा पढौ

‘रिथिङ्किङ टुरिज्म नाराकासाथ विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौं, ११ असोज । आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो । ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोभिडपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन्… पुरा पढौ

दिनदिनै नयाँ रेकर्ड बनाउँदै डलरकाे भाउ, पुग्याे १३०‍.९० रुपैयाँ

काठमाडौं, ११ असाेज । अमेरिकी डलरको भाउ लगातार उकालाे लाग्ने क्रम राेकिएकाे छैन । आज पनि अमेरिकी डलरकाे भाउले नयाँ उचाई कायम गरेकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ। राष्ट्र बैंकले यसदिन अमेरिकी डलरको भाउ १ काे खरिद दर १३० रुपैयाँ ९० पैसा पुगेको जनाएकाे छ। यसकाे बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेकाे छ। नयाँ दर नआउँदासम्म अब १ डलर साट्नका लागि नेपाली रुपैयाँ १३० रुपैयाँ ९० पैसा तिर्नुपर्नेछ । यहीबीचमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याज बढाएको छ । जसकाे… पुरा पढौ

सहकारीलाई उद्दमशिलतामा जाेड दिन जिसस कास्की प्रमुख पौडेलको आग्रह

पोखरा ११ असोज । पोखरा पोखरा महानगरपालिका वडा नं १७, डेविड फल्स छोरेपाटनमा अबस्थित कृस्ती-पोखरा मिलन सहकारीको नबौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनको जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए। पौडेलले सहकारीहरूलाई उद्दमशिलता सृजनामा केन्द्रीत हुन आग्रह गर्दै उत्पादनशिल कार्यको प्रबर्द्धन सहकारीहरूको अर्को लक्ष्य हुनु पर्ने बताए। उनले आयात प्रतिस्थापनको नीति उत्पादनमुखी नितिबिना संभब नहुने भन्दै सो को लागि उत्पादनमुखी स्वरोजगार युबा बनाउन आफ्ना कार्यक्रम केन्द्रीत बनाउन सहकारीलाई आग्रह गरे। सो… पुरा पढौ

२ महिनामा २८ अर्बको निर्यात, विराटनगर नाकाकाे प्रगति उच्च

काठमाडौं, १० असोज । सरकारले चालु आर्थिक वर्षको शुरुवाती २ महिनामा २८ अर्ब बराबरको निर्यात गरेको छ । देशभरका २६ ओटा नाकाबाट आयात गरिएको छ। भदौ मसान्तसम्म १५ ओटा नाकाबाट २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरकाे सामान निर्यात गरिएको छ । यीमध्ये विराटनगर नाकाबाट सबैभन्दा बढी ८ अर्ब ८७ करोड बराबरको निर्यात भएको छ । सबैभन्दा कम निर्यात हुने नाकामा गौतमबुद्ध विमानस्थल रहेको छ । यहाँबाट २ महिनामा २८ लाख ३४ हजार बराबरको मात्र निर्यात भएको… पुरा पढौ

कागती खेतीमा भविष्य खोज्दै युवाहरू

ढोरपाटन, १० असोज । “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेलले पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आएका छन् । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गरेका उनले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आएका छन् । उनले पाँच वर्ष अगाडि स्थानीय जातका डेढ सय कागतीका बिरुवा लगाएका थिए । ती बिरुवाले अघिल्लो वर्षदेखिनै फल दिन थालेका छन्… पुरा पढौ

साइपालका च्याङ्ग्रा पोखरामा-‘लैजाँदाकाे कष्ट भनिसाध्य छैन’

महेन्द्रनगर, चैनपुर, १० असोज । आइतबार राति बझाङको साइपालबाट भेडा÷च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए। साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उनी हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने गर्छन्। तीन, चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उनले काठमाडौँ÷पोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताए। “बाटो–बाटोमा वनपखेरामा च्याङ्ग्रा चराउँदै आउनुपर्छ ।” उनले भने, “सुदूरपश्चिम बाहिर यसरी बिक्री वितरणका लागि जान… पुरा पढौ