आर्थिक 📈

यस्तो छ विश्वमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाहको अवस्था

काठमाडौं, ३० भदौ । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलन (यूएनसीटिएडी)ले प्रकाशन गरेको विश्व लगानी प्रतिवेदन २०२२ (वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट) २०२२ का अनुसार विश्वमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २०२१ मा ६४.३ प्रतिशतले बढेको छ । प्रतिवेदन अनुसार सन् २०२० मा विश्वको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ९६३.१ बिलियन अमेरिकी डलर रहेकोमा सन् २०२१ मा आइपुग्दा उक्त आँकडा ६४.३ प्रतिशतले बढेर १ हजार ५८२.३ बिलियन अमेरिकी डलर पुगेको छ । उस्तै प्रकृतिका अलग अलग संस्था एक आपसमा गाभिने वा स्वामित्व ग्रहण गर्ने… पुरा पढौ

प्रि-ओपन सेसन-नेप्से परिसूचक १.७७ अंकले बढ्याे

काठमाडाै‌, ३० भदाै । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.७७ अंकले बढेको छ। अघिल्लाे दिन बुधबार नेप्से परिसूचक ४७.४४ अंक बढेर १९८१.४८ विन्दुमा चढेर बन्द भएको थियाे । बिहिबार नेप्से सोहि सेसनमा १.७७ अंक बढेर १९८३.२६ विन्दुमा उक्लिएकाे छ। ठूला कम्पनीहरुकाे काराेबार मापन गर्ने परिसूचक ०.०६ अंकले बढेको छ। यसदिन प्रि-ओपनमा १९ वटा कम्पनीकाे २ लाख २२ हजार २५६ रुपैयाँ बराबरको काराेबार भएकाे छ। ३६५ कित्ता सेयर खरिदबिक्री भएको छ। १३ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ ।… पुरा पढौ

घट्यो सुनको भाउ, चाँदीमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३० भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले घटेर तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनमा रुपैयाँ ७०० ले गिरावट भई तोलाको ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ३००… पुरा पढौ

आईएमईआई दर्ता नभएका मोबाइल आजबाट नचल्न‍े

काठमाडौं, ३० भदौ । नेपालमा आजबाट आईएमईआई दर्ता नगरिएका अवैध मोबाइल फोन नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमकाे सफट् लन्च तोकिएकै मितिमा गर्ने भएपछि अवैध मोबाइलले काम नगर्ने भएको हो । प्राधिकरणका अनुसार यो प्रणाली कार्यान्वयनमा आएपछि नेपाल भित्रने मोबाइल अनिवार्य दर्ता हुनुपर्नेछ । विदेशबाट ल्याइएका मोबाइल पनि दर्ता गराएर मात्रै चलाउन पाइनेछ । तर भदौअघि नै भित्रिसकेका मोबाइलको भने दर्ता गर्नु नपर्ने प्राधिकरणले जनाएको छ । सफ्ट लन्च भए पनि यसको पूर्णरुपमा कार्यान्वयनमा आउन… पुरा पढौ

देशकै ठूलो २५ मेगावाट क्षमताको सोलार प्लान्टबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

त्रिशूली, ३० भदौ । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको देवीघाटमा देशकै ठूलाे साेलार प्लान्ट निर्माण गरेकाे छ । उक्त प्लान्टकाे २५ मेगावाट विद्दुत उत्पादन गर्ने क्षमता रहेकाे प्राधिकरणले जनाएकाे छ । आयोजनाबाट अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन गरेर केन्द्रीय प्रशारण प्रणालीमा जडान गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ । पुरा पढौ

नेपाल लगानीमैत्री देशका रुपमा स्थापित: विदेशी लगानीकर्ता

काठमाडाैं, २९ भदाै । भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहजरुपमा काम गर्ने वातावरण बनाउन स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११ वर्ष लागेको अवसरमा दिगो लगानी पूर्वाधार फोरम–२०२२ को आयोजना गरियो । एक दिवसीय फोरममा बोर्डले संयोजन गरेका परियोजनाका प्रमुख तथा पदाधिकारीको बाक्लो उपस्थिति थियो । उनीहरुले नेपाल लगानीमैत्री देशका रुपमा स्थापित भएको भन्दै प्रसन्नता मात्र व्यक्त गरेनन्, थप लगानीका लागि आफूहरु आतुर रहेको समेत बताए । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले ठूला पूर्वाधार तथा परियोजनामा सहज तवरले लगानीको… पुरा पढौ

नेप्सेमा ४७.४४ अंकको वृद्धि, कारोबारमा नबिल बैंक अब्बल

काठमाडौं, २९ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ । यसदिन नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । लगातार दुई दिनको सकारात्मक लयले अब सेयर बजारको लय स्थायी हुन्छ कि भन्ने अपेक्षा गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७.४४ अंकले बढेको छ । यसरी बढेको नेप्से परिसूचक १९८१.४८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.१९ अंकले बढेर ३८५.३६ विन्दुमा पुगेको छ… पुरा पढौ

दसैंका लागि नयाँ नोट आजदेखि साट्न पाइने

काठमाडौं, २९ भदौ । सर्वसाधारणले आज भदौ २९ गते बुधबारका दिनदेखि दसैंका लागि नयाँ नोट साट्न पाउने भएका छन् । आजदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । दसैंलाई लक्षित गरेर राष्ट्र बैंकले विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थालाई केही दिनअघि नै नयाँ नोट उपलब्ध गराइसकेको बताइएको छ । यस हिसाबले नयाँ नोट साट्न राष्ट्र बैंक नै धाउन नपर्ने र  आजदेखि भने अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि उक्त सुविधा सर्वसाधाररणले पाउने भएका हुन्… पुरा पढौ

लाभांशका रुपमा २६ अर्ब बाहिरियो, सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रमा

काठमाडौं, २९ भदौ । आर्थिक वर्ष २०७७/७८ मा विदेशी लगानीकर्ताले लाभांशस्वरुप २६ अर्ब रुपैयाँ फिर्ता लगेका छन् । हालै नेपाल राष्ट्र बैंकले गरेको नेपालमा प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सर्वेक्षण अनुसार विदेशी कम्पनीहरुले नेपालमा लगानी गरी आर्थिक वर्ष २०७७/७८ मा २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लगेका हुन् । यसरी फिर्ता लगिएको लाभांशको हिस्सा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रको रहेको छ भने त्यसपछि उत्पादन तथा बिजुली, ग्यास, वाष्प तथा एयर कन्डिशनिङ क्षेत्रमा परेको तथ्याङ्कले देखाएको छ । यसपछि… पुरा पढौ

सहकारीमार्फत सामूहिक कृषिमा जोडिदै पुम्देली

पाेखरा, २९ भदौ । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका अवस्थामा पोखरा महानगरपालिका–२२ पुम्दीका किसान भने सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिएका छन् । गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई सय ४० शेयर सदस्यलाई नै कृषि उत्पादनसँग जोड्ने योजनाका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ । घर–घरमा भैँसीपालनमा जोड दिँदै सहकारीले गाउँमै राँगो खरिद गरिसकेको पुम्दीभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बरालले जानकारी दिए। राँगो खरिदसँगै भैँसीका लागि राँगो खोज्न भौतारिनुपर्ने अवस्था अन्त्य भएको… पुरा पढौ