आर्थिक 📈

अब नयाँ स्टक एक्सचेञ्जको चुक्ता पुँजी ३ अर्ब हुनुपर्ने

काठमाडौं, २८ भदाै । अब नयाँ खुल्ने स्टक एक्सचेञ्जको चुक्ता पूँजी ३ अर्ब हुनुपर्ने भएकाे छ । साथै कम्पनीले सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्नुपर्ने भएकाे छ । नियमावली दोस्रो संशोधनपछि यस्ताे व्यवस्था गरिएकाे हाे । यसका बारेमा नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ सार्वजनिक गरेको छ । धितोपत्र ऐन २०६३ को दफा ११६ ले दिएको अधिकार प्रयोग गरी सरकारको स्वीकृति अनुसार नियमावलीलाई सार्वजनिक गरेको हो । नियमावली अनुसार अब नयाँ स्टक एक्सचेञ्जको चुक्ता पूँजी… पुरा पढौ

उखुमा रेड रड रोगको समस्या, किसानलाई लाखाै नोक्सानी

कञ्चनपुर, २८ भदौ । बेलौरी नगरपालिका ८ का किसानले रोपेका उखुखेतीमा रेड रड(रातो सडन) रोग समस्या देखा परेकोछ । किसानले ६० विगाह बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो । पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखा परेको नगरपालिकाको कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए। “किसानले रोपेको १५ विगाह बढीको उखु पुरै सखाप भएको छ” उनले भने, “अरु किसानको १० प्रतिशत देखि ८० प्रतिशत सम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ २३८ र सिओ २०८ जातको… पुरा पढौ

‘कोशेलीमा मुस्ताङकाे स्याउ’ : बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा बढ्याे स्याउको माग

बागलुङ, २७ भदौ । भदौको अन्तिम साता सुरु भएसँगै मुस्ताङको स्याउ बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा देखिन थालेको छ। चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ । चाहे मुस्ताङ बसेर गाउँ फर्किने हुन् वा देशविदेशमा रहेका दसैँका बेला गाउँ फर्किने किन नहुन् ! गाउँघरमा एउटै आशा हुन्छ, ‘कोशेलीमा मुस्ताङी स्याउ छ, छैन ।’ दसैँलगायतका चाडपर्वको छेको पारेर मुस्ताङी… पुरा पढौ

नेप्सेमा लगातार गिरावट, नबिल बैंकले गर्याे ४ कराेडकाे काराेबार

काठमाडौं, २७ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सेयरबजारको ओरालो यात्राले निरन्तरता पाएको छ । लगातार नेप्सेमा आएको गिरावटले लगानीकर्तालाई चयनले कारोबारमा सरिक हुन बाधा उत्पन्न गरिहेको छ । जसको कारण उनीहरुको मनोबल घटेकाे छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.५९ अंकले घटेर १९१२.६९ विन्दुमा झरेको छ । नेप्सेमा ०.७१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इन्डेक्स २.३९ अंकले घटेर ३७२.३४ विन्दुमा रहेको छ। यसदिन कुल २२५ कम्पनीको सेयर कारोबार भएको छ। २६ लाख १३ हजार… पुरा पढौ

४ अर्ब लगानीकाे देशकै ठूलो सौर्य फार्मबाट २५ मेगावाट विद्युत् उत्पादन

त्रिशूली, २७ भदौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर विसं २०७५ वैशाख १४ गते शिलान्यास गरिएको फार्मबाट साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युत्को परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए। उनका अनुसार विभिन्न सात ब्लकमा स्थापना गरिएका सौर्य फार्मबाट सुरु भएको परीक्षण उत्पादन सफल ठहरिएको छ । “फार्मबाट पछिल्लो दुई सातादेखि २५ मेगावाट विद्युत् उत्पादनको… पुरा पढौ

प्रि-ओपन सेसन : नेप्से परिसूचक १९२६.४५ विन्दुमा उक्लियाे

काठमाडौं, २७ भदाै । साताको सेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सेयर बजारकाे प्रि-ओपन सेसन सकारात्मक देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.१६ अंकले बढेको छ । यसरी बढेकाे नेप्से परिसूचक १९२६.४५ विन्दुमा उक्लिएकाे छ। ३७ हजार ४८३ रुपैयाँकाे सेयर कारोबार भएको छ । साे अवधिमा ६ कम्पनीको १७५ कित्ता सेयर खरिदबिक्री भएको छ । ५ वटा कम्पनीकाे कारोबार भएकोमा ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ वटाको सेयरमूल्य घटेको छ… पुरा पढौ

राष्ट्र बैंककाे १० अर्बको ट्रेजरी बिलकाे बाेल कबाेल आज

काठमाडौं, २७ भदाै । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेकाे छ । केन्द्रीय बैंकले २८ दिन र ९१ दिने अवधिको लागि साे ट्रेजरी बिल जारी गर्ने भएकाे हाे । भाेलि मंगलबार जारी गरिने साे ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुँदैछ। ५ अर्ब रुपैयाँको ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ । यसकाे अवधि २८ दिन रहेकाे छ । यस्तै राष्ट्र बैंकले जारि गर्ने अर्काे ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिलकाे अवधि ९१ दिनकाे… पुरा पढौ

सुनको भाउ घट्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा केहि तलमाथि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले गिरावट भएको छ । सेतो धातु चाँदीको भाउ स्थिर रहेको छ । यसदिन छापावाल सुन तोलामा रुपैयाँ ३०० ले गिरावट भई तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले… पुरा पढौ

३६ हजार ८५९ जनाले पाए श्रीजनशील लघुवित्तको सेयर

काठमाडौं, २७ भदाै । श्रीजनशील लघुवित्तको सेयर बाँडफाँड आज सम्पन्न भएकाे छ । जसबाट ३६ हजार ८५९ जना सर्वसाधारण लगानीकर्ता सेयर प्राप्त गरेका छन् । उनीहरु हरेकले १० कित्ताका दरले सेयर पाएका हुन्। कम्पनीकाे सेयरमा १८ लाख ३८ हजार ७५१ जना लगानीकर्ताले आवेदन पेश गरेका थिए । उनीहरुमा १ हजार ३१५ जनाको आवेदन रद्द भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार लघुवित्तले भदौ १५ गतेदेखि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता… पुरा पढौ

एनआईसी एशिया बैंकको ‘भिडियो केवाईसी’ सेवा सुरु

काठमाडौं, २७ भदाै । एनआईसी एशिया बैंकले ‘भिडियो केवाईसी’ सेवा सुरु गरेकाे छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने ‘भिडियो केवाईसी’ सेवाको शुभारम्भ गरेको बैकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिएका छन् । बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडियाे कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न… पुरा पढौ