आर्थिक 📈

प्रि-ओपन सेसन : नेप्सेमा २.३२ अंककाे वृद्धि

काठमाडौं, २९ भदाै । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.३२ अंकले बृद्धि भएकाे छ । अघिल्लाे दिन मंगलबार २१.३० अंक बढेर १९३४.०५ विन्दुमा बन्द भएको नेप्से परिसूचक आजकाे प्रि-ओपन सेसनमा २.३२ अंकले बढेर १९३६.३७ विन्दुमा उक्लियाे। सेन्सेटिभ इण्डेक्स पनि ०.१६ अंक बढेको छ। यस सेसनमा १४ कम्पनीकाे ३ लाख ४ हजार ७११ रुपैयाँ ३० पैसा बराबरको ५०१ कित्ता सेयरकाे काराेबार भएकाे छ । यीमध्ये ११ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ । २ वटा कम्पनीकाे भने घटेको… पुरा पढौ

सुनको भाउ तोलाको ९२ हजार ८ सयमा झर्यो, चाँदीमा पनि गिरावट

काठमाडौं, २९ भदौ । सुनचाँदीको भाउमा गिरावट हुने क्रम रोकिएको छैन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिन रुपैयाँ १०० ले घटेको छापावाल सुनमा यसदिन रुपैयाँ ७०० ले गिरावट भएको छ । चाँदीमा पनि रुपैयाँ १० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाल सुनमा रुपैयाँ ७०० ले घटेर तोलाको रुपैयाँ ९२ हजार ८०० मा कारोबार भई रहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९३… पुरा पढौ

कृष्णपुरका किसानलाई परिचय पत्र वितरण

कञ्चनपुर, २९ भदौ । कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरुआत गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघको सहकार्यमा नगरपालिकाले किसानलाई बर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो । किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरणको कार्य थालनी गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताए। उनका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौतला किसान र ठुला किसानलाई अलग अलग श्रेणीमा बर्गिकरण गरी परिचय पत्र उपलव्ध गराउने कार्य भैरहेको छ ।… पुरा पढौ

सरकारद्वारा विश्व बैंकको ३५ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, २८ भदौ । सरकारले विश्व बैंकबाट उपलब्ध हुने ३५ अर्ब अर्थात् (दुई सय ७५ मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । उक्त रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने बताइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् वैठकले गरेको निर्णय आज सार्वजनिक गर्दै यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि सो ऋण स्वीकृत गरिएको बताए। सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरणका लागि एशियाली विकास बैंकबाट प्राप्त… पुरा पढौ

ग्लोबल आइएमई क्यापिटल पनि अब एनपीएसमा आबद्ध

काठमाडौं, २८ भदाै । ग्लोबल आइएमई क्यापिटलले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागु गर्न नेशनल पेमेन्ट स्वीच (NPS)को लागि सम्झौता भएको छ । सम्झौता पत्रमा जीआईसीएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । जीआईसीएलले विगत ६ वर्ष देखि प्राविधिक सदस्यको रुपमा एनसीएचएल आईपीएस प्रणालीको प्रयोग गर्दै आएको छ । एनपीएसको उक्त… पुरा पढौ

नेपालमा २ खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी : केन्द्रीय बैंक

काठमाडौं, २८ भदौ । नेपालमा हालसम्म २ खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको पाइएको छ । यो आँकडामा संसारका विभिन्न ५५ देशको संलग्नता रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको हो । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । यसैगरी… पुरा पढौ

नेप्सेमा छायो हरियाली, कारोबारमा नबिल बैंक अब्बल

काठमाडौं, २८ भदौ । लगातार ओरालोकाे यात्रामा गएकाे नेपाली सेयर बजारमा आज भने नकारात्मक घेरा तोडेर सर्वत्र हरियाली छाएकाे छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाउनुका साथै अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सुधार भएको छ । तर कारोबार रकम भने करोड नाघ्न सकेन । मंगलबार नेप्सेमा छाएको हरियालीले लगानीकर्तामा उत्साह थपिएको छ । अब सेयर बजारले लय पकड्ने होकि भन्ने आकलन गरिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.३० अंकले… पुरा पढौ

सुनको भाउ १ सय रुपैयाँले घट्यो, चाँदीको बढ्यो

काठमाडौं, २८ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा केही उतारचढाव आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा १ सय रुपैयाँले गिरावट भएको छ । यसैगरी चाँदीको भाउ भने अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुन तोलामा १ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी… पुरा पढौ

प्रि-ओपन सेसन : नेप्सेमा सामान्य अंककाे वृद्धि

काठमाडौं, २८ भदाै । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लाे दिन सोमबार १३.५४ अंक घटेर १९१२.७४ विन्दुमा पुगेर राेकिएकाे थियाे । आज नेप्से परिसूचक प्रि-ओपन सेसनमा ०.६६ अंक बढेर १९१३.४१ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स भने स्थिर रहेकाे देखियाे। आजकाे प्रि-ओपन सेसनमा ८ कम्पनीकाे १ लाख १ हजार ७४२ रुपैयाँ बराबरको काराेबार भएकाे छ । १८० कित्ता शेयर खरिदबिक्री भएको छ। साे सेसनमा ४ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ । २ वटा कम्पनीकाे… पुरा पढौ

श्रृजनशील लघुवित्तको सेयर बाँडफाँड, ३६ हजार ८५९ जनाले पाए १० कित्ता

काठमाडौं, २८ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँट भएको छ । कम्पनीले गत भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्कासन गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा सोमबार बिहान बाँडफाँट गरिएको हो । बैंकका अनुसार नियमन निकायका प्रतिनिधिहरुको रोहबर तथा निष्कासन कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा ३६, ८५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३,६८,५९० कित्ता सेयर बाँडफाँट गरिएको हो । प्रति सेयर १ सय रुपैयाँ अङ्कित दरको ३,९३,७५० कित्तामध्ये कर्मचारी तथा… पुरा पढौ